2026-06-27 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कपुरकोटका किसानलाई मिनि टिलर वितरण

2019-02-21

फागुन ९, सल्यान । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन सल्यानको कपुरकोट गाउँपालिकाले किसान समूहलाइ मिनि टिलर वितरण गरेको छ ।

५० प्रतिशत अनुदान र ५० प्रतिशत रकम किसान समूहले ब्यहोर्नेगरि खेतबारि जोत्ने मेसिन (मिनि टिलर) वितरण गरिएको गाउँ पालिकाको कृषि शाखाले जनाएको छ । गाउँपालिकाभित्रका ६ वटा किसान समूहलाइ एक एक वटाको दरले मिनी टिलर वितरण गरिएको हो ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले किसानलाई मिनी टिलर हस्तान्तरण गरेका थिए । कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई मिनी टिलर वितरण गरेको उनले बताए ।

‘हामी अझै पनि खेतबारी गोरुबाट जोत्दै आएका छौं’, अध्यक्ष सेनले भने, ‘अब कृषिमा आधुनिकीकरण गर्न जरुरी छ । हाम्रो ठाउँमा ठूला ट्याक्टरले जोत्न सम्भव छैन । त्यसैले यस वर्ष ६ थान मिनी टिलर वितरण गरेका छांै ।

हरेक वडाबाट आवेदन संकलन गरी वास्तविक किसानलाई मिनी टिलर वितरण गरिएको उनले बताए । बाँझो जमिनबाट उत्पादन लिन मिनी टिलर सहयोगी हुने अध्यक्ष सेनको विश्वास छ । गत वर्ष पनि किसानलाइ मिनि टिलर वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी