२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्धारा एसईई मोडलमा कक्षा आठको परिक्षा

१० चैत्र २०७५, आईतवार १४:४९

चिसाङ शेर्पा | चैत्र १० खोटाङ | एसईई परिक्षा सुरु भएको दिनबाट नै खोटाङमा एक गाउँपालिकाले पालिकास्तरीय कक्षा ८ को परिक्षा सञ्चालन गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आधारभुत र माविगरी १९ वटा विद्धालयमा अध्ययनरत कक्षा ८ का विधार्थीलाई एसईई मोडलमा परिक्षा सञ्चालन गरेको हो । जिल्लामै पहिलो पटक उक्त गाउँपालिकाले होम सेन्टर नराखी परिक्षा सञ्चालन गरेका हुन् ।

शिक्षालाई थप मजबुत बनाउनका लागि तीनवटा विद्धालयमा दुई÷दुई र अन्यमा एक–एक  परिक्षा केन्द्र निर्धारण गरेर परिक्षा सुरु गरिएको छ । १९ विद्धालयका ४ सय ७२ विधार्थीले आईतबारबाट आफ्नो विद्धालयभन्दा अन्यत्र विद्धालयमा गएर फरक ढंगले परिक्षा दिएका छन् । परिक्षाका लागि विषयगत समितिबाट नमुना प्रश्नपत्र जम्मागरी पुनः त्यसबाट पनि छनौट गरेर गाउँपालिकाले निर्माण गरेको प्रश्नपत्रमै परिक्षा सञ्चालन गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका शिक्षा संयोजक तुलसी कुमार खड्काले बताए । 

परिक्षाका लागि महेन्द्रोदय मावि ओख्रेमा, महेन्द्रोदय मावि याम्खा र पञ्चकन्या आधारभुत विद्धालय बोफ्लु डाडाँगाउ, जनता मावि बतासेमा, राम्चे निकेतन मावि इजारा बतासे र महेन्द्रतारा आधारभुत विद्धालय मुलाबारी बतासे तथा शान्ती मावि छोरम्बुमा, याङसोला मावि छोरम्बु र शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बुका विधार्थीले परिक्षा दिएका छन् । अन्यमा भने होम सेन्टर नरहनेगरी परिक्षा सञ्चालन भईरहेको छ ।

आगामी १८ गते परिक्षा सकिनेछ । १९ गते उत्तरपुस्तिका संकलन, २० गते उत्तर पुस्तिका कोडिङ, डिकोडिङ र २१ गतेदेखी विषयगत शिक्षकलाई राखेर उत्तर पुस्तिका परिक्षण गरिनेछ । उत्तर पुस्तिका परिक्षणका लागि ७ सदस्यीय परिक्षा उपसमिति गठन गरिएको छ । परिक्षा उपसमितिले शिक्षकलाई खटाउनेछ । शिक्षा संयोजक खड्काले भन्नुभयो, ‘उत्तर पुस्तिका जाँच गर्ने शिक्षकले कुन विद्धालयको कुन विधार्थीको उत्तर पुस्तिका भन्ने नै थाहा पाउदैन सो कारण पनि परिक्षाको नतिजामा गडबढी हुन्न ।’ 

परिक्षालाई चुस्तदुस्त राख्नका लागि उत्तर पुस्तिकामा गाउँपालिकाको छाप लगाइएको छ । भौगोलिक विकटता र फोन सम्पर्क हुन नसक्दा परिक्षा अनुगमनको रिपोर्ट लिन समस्या भएको र परिक्षामा संलग्न छात्र छात्राको संख्या खुलाउन नसकिएको शिक्षा संयोजक खड्काको भनाई छ । परिक्षामा उतिर्ण विधार्थीलाई गाउँपालिकाले प्रमाणपत्र दिने व्यवस्था मिलाएको छ ।


माथिको तश्वीरमा: महेन्द्रोदय मावि याम्खामा कक्षा ८ को परिक्षा दिदैं विधार्थी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता