२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षालाई सुधार्न शैक्षिक क्यालेण्डरको तयारी

२०७५, ११ चैत्र सोमबार १५:४१

चिसाङ शेर्पा | चैत्र ११, खोटाङ | लफ्याङभित्रका विद्धालयमा लागू हुनेगरी गत शैक्षिक सत्रबाट प्रकाशन गर्दै आएको शैक्षिक क्यालेण्डर अन्तरगत यसवर्षको लागि नयाँ शैक्षिक क्यालेण्डरको तयारी सकिएको छ । वडाभित्रका शिक्षालाई सुधारोन्मुख दिशातर्फ लैजान तथा विद्धालय, शिक्षक र विधार्थीमैत्री वातावरण तयार गर्न शैक्षिक क्यालेण्डरको तयारी सकिएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका जनप्रतिनिधि, शिक्षक, विद्धालय व्यवस्थापन समिति अध्यक्ष, सरोकारवालाको संयुक्त सहमतिपछि शैक्षिक क्यालेण्डर प्रकाशन गर्दै आएको वडा शिक्षा समिति लफ्याङले नयाँ शैक्षिक सत्रका लागि थप परिस्कृत ढंगले शैक्षिक क्यालेण्डर प्रकाशन गर्न लागेको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । प्रकाशन हुने क्यालेण्डरले पाँच विद्धालयमा एकै समयमा बर्खे बिदा, हिउदे बिदा, परिक्षा समय, नतिजा प्रकाशन, अभिभावक/शिक्षक अन्तरक्रियाजस्ता कार्यक्रमको पुर्व जानकारी दिनेछ ।


वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा गत शैक्षिक सत्रबाट शैक्षिक क्यालेण्डरमा भएको वर्षदिने कार्य तालिका अनुसार विद्धालयहरु सञ्चालन हुंदै आएको श्रीमावि वाँसबोटे लफ्याङका विद्धालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए । विधार्थीहरुले आफ्नो विद्धालयमा कहिले के कार्यक्रम हुन्छ शिक्षकलाई सोधिरहनु पर्दैन शैक्षिक क्यालेण्डर हेरे पुग्छ । त्यही मोडेलमा क्यालेण्डर बन्नेछ । विव्यास अध्यक्ष राईले भने । ‘वडा शिक्षा समितिकै सक्रियतामा लफ्याङका पाँच विद्धालयमा कक्षा एकदेखी पाँचसम्म अध्ययनरत बालबालिकाको निरन्तर मुल्याङकन र विद्धालय अनुगमन गर्ने गरेको छ । शिक्षाबिना केही संम्भव नभएकाले शिक्षालाई लफ्याङले मुल विषय बनाएको छ ।’ 

केही दिनमै छापिने नयाँ शैक्षिक क्यालेण्डरमा यसपाली एकवटा नगर स्तरीय कार्यक्रम पनि थप समाबेश गरिएको छ । यसैविच, नयाँ शैक्षिक सत्रबाट लफ्याङका प्रावि तहका विद्धालयमा एकै किसिमको प्रश्नपत्र बनाईने वडा शिक्षा समितिले जनाएको छ । यसवर्षको लागि भने, आगामी चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार वितरण लगायतका कार्यक्रम बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु