2026-10-26 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

६ महिना देखि कर्मचारी बिहिन पशु कार्यालय

इन्द्र बुढाथोकि | चैत १६, सल्यान | पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर पशु सेवा कार्यालय देवस्थल कर्मचारी बिहिन भएको छ । 

गत कार्तिक महिना देखि कार्यालयमा ताला लगाएको छ । भने स्थानीय सरकार बेखबर बनेको छ । कार्तिक महिनामा तत्कालीन नाप्राशा दिल ब पुन सरुवा भएर सिम्तागाउपालिकामा गएको र त्यस ठाउमा अहिले सम्म पनि कुनै कर्मचारी आएका छैनन् । उता नगरपालिकाकै वडा न ५ मा रहेको पशु सेवा कार्यालय भने बिगत  १ वर्ष देखि कार्यालय सहयोगीको भरमा चल्दै आएको छ । 

कर्मचारी नहुदा कार्यालय सहयोगिको भरमा कार्यालय खुल्ने गरेको छ भने उक्त कार्यालय सहयोगी खिमे ब चन्दले भने ९ महिना देखि तलब बिहिन भएका छन । २०७०/०७/०५ गते देखि करार नियुक्ति जिल्ला पशु सेवा कार्यालय सल्यानबाट लिएर तलब खाएर त्यस कार्यालयमा सेवा गर्दै आएको र साउन देखि पशु सेवा कार्यालय सल्यानले अब नगरपालिका बाट तलब पाउने भनेर निर्देशन गरि सके पछि  अहिले सम्म नगरपालिकाले तलब नदिएको कार्यालय सहयोगी चन्दले दुखेसो गरेका छन । 

दशै तिहार तलब नपाएर ऋण कारेर जसो तसो गुजारा गरेर कटाइयो अब त दैनिक गुजारा गर्ने देखि अब अर्को चैत्रकोदशै आउन लाग्दा सम्म पनि तलब खाना नपाउदा। समस्या भएको बताएका छन । दिनमा कहिले ८/९ वटा पशुहरु आउने तिनीहरुको उपचार गरेर पठाउने गरेको कार्यालय सहयोगी चन्दले बताएका छन । कार्यालयमा गत बैशाखमा पठाएको केही औषधि छ त्यही औषधि अनुसार दिएर पठाउछु खासै कार्यालयमा पनि औषधि पनि छैन ।  यता नगर प्रमुख गोविन्द कुमार पुनले भने तत्काल कार्यपालिकाको बैठकबाट निर्णय गरेर अर्को प्रमुख प्रशासकिय अधिकृत आए लगत्तै तलबको व्यवस्थापन गर्ने बताएका छन । 

 कार्यालय सहयोगि चन्दले भने ५ न वडा अध्यक्ष कमल बिकले नगरकार्यापालिकाको बैठक बसे पछि तलबको बारेमा पहल गर्छौ भने आश्वासन दिए पछि अहिले काम गरिरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने