Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ चैत १६ गते, साँझ ७:४६ बजे कृषि गतिबिधी, सल्यान - SLN

६ महिना देखि कर्मचारी बिहिन पशु कार्यालय

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

इन्द्र बुढाथोकि | चैत १६, सल्यान | पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर पशु सेवा कार्यालय देवस्थल कर्मचारी बिहिन भएको छ ।

गत कार्तिक महिना देखि कार्यालयमा ताला लगाएको छ । भने स्थानीय सरकार बेखबर बनेको छ । कार्तिक महिनामा तत्कालीन नाप्राशा दिल ब पुन सरुवा भएर सिम्तागाउपालिकामा गएको र त्यस ठाउमा अहिले सम्म पनि कुनै कर्मचारी आएका छैनन् । उता नगरपालिकाकै वडा न ५ मा रहेको पशु सेवा कार्यालय भने बिगत  १ वर्ष देखि कार्यालय सहयोगीको भरमा चल्दै आएको छ ।

कर्मचारी नहुदा कार्यालय सहयोगिको भरमा कार्यालय खुल्ने गरेको छ भने उक्त कार्यालय सहयोगी खिमे ब चन्दले भने ९ महिना देखि तलब बिहिन भएका छन । २०७०/०७/०५ गते देखि करार नियुक्ति जिल्ला पशु सेवा कार्यालय सल्यानबाट लिएर तलब खाएर त्यस कार्यालयमा सेवा गर्दै आएको र साउन देखि पशु सेवा कार्यालय सल्यानले अब नगरपालिका बाट तलब पाउने भनेर निर्देशन गरि सके पछि  अहिले सम्म नगरपालिकाले तलब नदिएको कार्यालय सहयोगी चन्दले दुखेसो गरेका छन ।

दशै तिहार तलब नपाएर ऋण कारेर जसो तसो गुजारा गरेर कटाइयो अब त दैनिक गुजारा गर्ने देखि अब अर्को चैत्रकोदशै आउन लाग्दा सम्म पनि तलब खाना नपाउदा। समस्या भएको बताएका छन । दिनमा कहिले ८/९ वटा पशुहरु आउने तिनीहरुको उपचार गरेर पठाउने गरेको कार्यालय सहयोगी चन्दले बताएका छन । कार्यालयमा गत बैशाखमा पठाएको केही औषधि छ त्यही औषधि अनुसार दिएर पठाउछु खासै कार्यालयमा पनि औषधि पनि छैन ।  यता नगर प्रमुख गोविन्द कुमार पुनले भने तत्काल कार्यपालिकाको बैठकबाट निर्णय गरेर अर्को प्रमुख प्रशासकिय अधिकृत आए लगत्तै तलबको व्यवस्थापन गर्ने बताएका छन ।

कार्यालय सहयोगि चन्दले भने ५ न वडा अध्यक्ष कमल बिकले नगरकार्यापालिकाको बैठक बसे पछि तलबको बारेमा पहल गर्छौ भने आश्वासन दिए पछि अहिले काम गरिरहेको बताएका छन ।