2026-10-26 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अनुदानका लागि कृषक छनोट

चैत २७, गोरखा |  गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।

अनुदान छनोटमा परेकामध्ये नमूना कृषि फार्मतर्फ १३, फ्रेसहाउसतर्फ २२ र कषि यान्त्रिकीकरणतर्फ २७ रहेका उहाँले बताउनुभयो । अनुदानका लागि छनोटमा परेका कृषकले निवेदनका क्रममा प्रस्ताव गरेका योजनाका आधारमा केन्द्रमार्फत मन्त्रालयले पठाएको ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने प्रमुख डा ठाकुरले जानकारी दिनुभयो ।

“केन्द्रले तीन चरणमा कृषकलाई अनुदान उपलब्ध गराउने गरी कार्यविधि निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा ४० प्रतिशत र बाँकी दुई चरणमा ३०÷३० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।” छनोटका क्रममा प्राविधिकहरु निवेदकको घरघरमा पुगेर पहिले सम्बन्धित क्षेत्रमा काम गरे÷नगरेको, गरेका भए कति गरेको, घाँसखेती भएको वा नभएको अथवा द्वन्द्वपीडित वा भूकम्पपीडित के हो भन्ने विषयलाई समेत प्राथामिकतामा राखेको उहाँको भनाइ छ । छनोटमा परेका कृषकसँग चैतभित्र सम्झौता गरी आउँदो असारसम्ममा कार्यक्रम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने