पढ्न करिब 5 मिनेट लाग्छ

बैशाख २०, धादिङ। निलकण्ठ नगरपालिका १४ चिन्नेखर्कमा रहेको जनकल्याण आधारभुत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण एवं उत्घाटन गरिएको छ । संघीय सांसद धादिङ क्षेत्र नम्बर २ का खेमप्रसाद लोहनीले उक्त भवनको बैशाख १२ गते भूकम्प स्मृति दिवसका दिन उद्घाटन गरेका हुन् ।

२०७२ सालको भूकम्पका कारण भत्किएको उक्त विद्यालय भवनको जापान सहयोग नियोग (जाइका) को २ करोड ५ लाख रुपैयाँ सहयोगमा राष्ट्रिय पूनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले पूनर्निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो। उक्त लागतमा आधारभूत विद्यालयको ८ कोठे भवन निर्माण गरिएको हो।

भवनको उत्घाटन गर्दै संघीय सांसद खेमप्रसाद लोहनीले भने “भवन निर्माण पश्च्यात एउटा राम्रो कामको सुरुवात भएको छ, अब यो विद्यालय जोगाउने जिम्मा तपाईहरु सबैको हो।’’ भवन निर्माण भएर मात्र हुँदैन स्कुलमा पढ्ने विधार्थी पनि हुनुपर्छ लोहनीले भने “शिक्षाको गुणस्तर सुधार गरि स्कुलमा विधार्थी टिकाउने जिम्मा शिक्षकले पनि लिनुपर्छ अन्यथा स्कुल भवन बनेर मात्र केहि हुँदैन।’’

उत्घाटन कार्यक्रममा विशेष अतिथिहरु केन्द्रीय कार्यान्वयन इकाईका भविष्य न्यौपाने, जिल्ला आयोजना कार्यान्वयन इकाइका का.मु. प्रमुख राजेश्वर पराजुली, जिल्ला कार्यान्वयन इकाइका इन्जिनियर निर्मल वोगटी, सोहि विद्यालयका संस्थापक तथा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद रिमाल, समितिका पुर्व अध्यक्षहरु कुलप्रसाद रिमाल, वेदबहादुर रिजाल, वेनबहादुर सापकोटा, विचारी सापकोटा, बलराम रिजाल, तमैरातमाटे मा.वि. रातमाटेका प्र.अ. तोकजंग शाह, सहायक प्र.अ. नारायण शाह, नामरङ् आधारभूत विद्यालयका प्र.अ. हरि प्रसाद रिजाल, गौरीशंकर आधारभूत विद्यालयका प्र.अ. घनश्याम श्रेष्ठ, प्रकाश मावि. का प्र.अ. शंकर अधिकारी, शिक्षक, विधार्थीहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा निलकण्ठ नगरपालिका वडा नम्बर १४ का कामु वडा अध्यक्ष शिव कुमार श्रेष्ठ, सोहि वडाका वडा सदस्य श्यामबहादुर शाह, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ का कामु वडा अध्यक्ष डालमाया तामाङको उपस्थिति थियो ।

कार्यक्रममा विधालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु तथा नेपाल सरकार राष्ट्रिय पुननिर्माण केन्द्रिय आयोजना कार्यान्वयन इकाई र जिल्ला कार्यान्वयन इकाईका कर्मचारीहरुलाई सम्मान गरिएको छ। त्यस्तै पुन निर्माण कार्यान्वयन इकाईका (डीआरई) भविष्य न्यौपानेले विद्यालायको साँचो र प्रमाण पत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी रिमाललाई हस्तान्तरण गरे।

कति छन् विधार्थी ?

५ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ४१ जना मात्र विद्यार्थी अध्ययनरत छन्। गत वर्ष ३५ जना विद्यार्थीले अध्ययन गरेका थिए। भूकम्प जानु अघि भने उक्त विद्यालयमा ६५ जना विद्यार्थीले अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक शालिक राम सापकोटाले बताए।'हरेक वर्ष १० देखि १२ जना विद्यार्थी घटिरहेका छन्।' प्रधानाध्यापक सापकोटाले भने, '१ कक्षामा भर्ना नभएपछि २ वा ३ कक्षा पढ्न अन्यत्रबाट विद्यार्थी आउँदैनन्। बरु अलि ठूला भएभने भएका विद्यार्थी पनि अन्यत्र पढ्न जान्छन्, अहिले कक्षा १ मा नै विद्यार्थी आउन छोडेका छन्। मुहाननै सुक्दै गएको छ।'

विद्यालयमा ४१ जना विद्यार्थीको लागि ३ जना शिक्षक छन्। २ जनाको स्थायी दरबन्दी छ, भने १ जना नीजि स्रोतबाट अध्यापन गराइरहेका छन्। विनाशकारी भूकम्प अघिसम्म भने नीजि स्रोतबाट ३ जना शिक्षकले पढाई रहेका थिए।

यसरी स्थापना भएको थियो विद्यालय

२०४७ सालसम्म चिन्नेखर्कका बालबालिका पढ्नको लागि तमैरातमाटे स्कुल जाँदा करिब १ घण्टा समय लाग्ने गरेको थियो। स्कुल टाढा भएका कारण सानो उमेरमा पढाई सुरु गर्न सकिंदैन थियो। ८/९ वर्ष नभइ स्कुल जान नसकिने र १५/१६ वर्ष पुगेपछि विवाह बन्धनमा बाधिने अवस्था आउने हुनाले चिन्नेखर्कका बालबालिका पढाई बाट वञ्चित हुँदै आएका विद्यालयका संस्थापक कृष्ण प्रसाद रिमाल बताउँछन् ।

आफुले जस्तो आउने नयाँ सन्ततिले दु;ख नपाउन भनेर विद्यालय निर्माणको पहल गरेको रिमालले बताए। रिमालकै पहलमा २०४७ पौष १० र ११ गते जाँतेखर्क, चिन्नेखर्क, कात्तिकेटार र नन्दछाप गाउँका स्थानीयहरुलाई खबर गरि पौष १२ गते स्थानीयको सहभागिता र जग्गादाता स्थानीय सन्तबहादुर तामाङ (लामा) को सहयोगमा जाँतेखर्कका स्थानीय वयोवृद्ध गोविन्द प्रसाद सापकोटाको हातबाट विद्यालय स्थापनाका लागि भवनको शिलान्यास गरिएको थियो। स्थानीय कुल प्रसाद रिमाल अध्यक्ष, एक बहादुर रिजाल उपाध्यक्ष, माधव प्रसाद रिमाल सचिव र सदस्यहरु दयाराम लामिछाने, सप्तऋषि सापकोटा, धन बहादुर गुरुङ, टंक प्रसाद सापकोटा, सान्दीप प्रसाद रिमाल,वेन बहादुर सापकोटा, सन्त बहादुर तामाङ (लामा), धन कुमारी लामिछाने, प्रेम प्रसाद रिजाल, कृष्ण प्रसाद रिमाल लगायत अन्य सदस्यहरु समेटेर उक्त भवन निर्माण कमिटि गठन गरिएको थियो। सो पश्च्यात काम शुरु गरि ढालेकटुसको सेउलाद्वारा छाना छाई १ महिनामा भवन निर्माण सम्पन्न गरि तत्कालीन सरस्वती निमाबि धुवाँकोटको सहयोगमा शिक्षक डिल्लीप्रसाद घिमिरेद्वारा कक्षा १ मा पठनपाठन शुचारु गरिएको रिमाल बताउँछन् । पठनपाठन शुरु भएको केहि महिना पछि धुँवाकोटका शिक्षक खेमनारायण श्रेष्ठले पठनपाठन गराउनु भएको थियो ।

उक्त स्कुलको सुरुवातमा ३ कक्षासम्म मात्रै पढाई हुने भएपनि १०० जना भन्दा बढी विद्यार्थी पढ्ने गरेका थिए। तर पछिल्लो समय बसाईसराई, वैदेशिक रोजगारी र भौतिक सुविधा खोज्दै मानिसहरु बाहिरिएपछि विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको विद्यालयका संस्थापक रिमालले बताए। विद्यालयलाई जोगाईराख्न स्थानीय अभिभावक, शिक्षक, राजनीतिक प्रतिनीधि, समाजसेवीको सहयोगको खाँचो रहेको रिमालले बताए।

विद्यालयमा नीजि स्रोतबाट अध्ययपन गराइरहेका शिक्षक/शिक्षिकाहरु पनि बच्चा जन्मिसकेपछि राम्रो स्कुलमा पढाउन भन्दै सदरमुकाम र राजधानीतिर लाग्ने गरेको स्थानीयहरु बताउँछन्।