2026-10-26 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीय बढ्दै

वैशाख २१, सिन्धुली (रासस) | सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो ।

कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो परीक्षण गरेको थियो । जिल्लामा सञ्चालनमा रहेका पकेट ब्लक कार्यक्रमअन्तर्गत माटो परीक्षण गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कृषिप्रसार अधिकृत विजय मण्डलले जानकारी दिनुभयो ।

सिन्धुलीको दूधौली नगरपालिकाको अरुण ठाकुर आमबोटे, हरिहरपुरगढी गाउँपालिकाको चैनपुर, क्यानेश्वरलगायतका स्थानमा माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । माटो परीक्षण गर्दा माटोमा अम्लियपना बढेको पाइएको उहाँको भनाइ छ । आम्बोटेमा १०६, अरुणठाकुरमा १२० र हरिहरपुरगढी गाउँपालिकामा ८५ वटा स्थानको खेतीयोग्य जमीनको माटो परीक्षण गरिएको थियो । 

परीक्षणमा माटो अम्लिय, नाइट्रोजन, फोसफोरस र पोटासको अवस्थाबारे बुझन पनि माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । ‘‘माटोमा नाइट्रोजन र फसफोरस कमी भएमा उत्पादन वृद्धि नहुने, पोटासको मात्रा कमी भएमा बालीको रोग प्रतिरोधात्मक क्षमता नहुने भएकाले यसकाबारे परीक्षण गरी किसानलाई जानकारी गराई माटोको उर्वरा शक्ति बढाउन माटो परीक्षण गरेका हौँ’’, उहाँले भन्नुभयो ।

माटो परीक्षणमा १४ पिएचमानसम्म परीक्षण हुने र ६.५ भन्दा कमी पिएचमान आएको माटोमा अम्लियपना हुने र ७.५ भन्दा बढी  पिएचमान आएमा उक्त माटोमा क्षारिय हुने कृषि प्रसार अधिकृत मण्डलको भनाइ छ । अम्लिय वा क्षारिय दुबै भएको माटोमा उब्जनी कमी हुने र तटस्थ माटोमा भने उब्जनी राम्रो हुने केन्द्रले जनाएको छ ।

माटो परीक्षण गर्दा महाभारत क्षेत्रको माटोमा अम्लिय नपाइएको र उत्पादनका हिसाबले पकेटक्षेत्र मानिएको दूधौली, कमलाखोच र मरिण क्षेत्रमा भने माटोमा अम्लिय भएको पाइएको छ । किसानले रासायनिक मलको बढी प्रयोग गर्नु तथा सन्तुलित मात्रामा प्रयोग नगर्नु नै माटोमा अम्लिय हुने मुख्य कारण रहेको भन्दै जथाभावि रासायनिक मलको प्रयोग नगर्न केन्द्रले किसानलाई आग्रह गरेको छ ।

माटो परीक्षण गर्न नसक्ने ग्रामीण क्षेत्रका किसानले माटोमा अम्लिय भएको शङ्का लागेमाप्रति कठ्ठा १० केजी कृषि चुन प्रयोग गर्नसक्ने केन्द्रले जनाएको छ । किसानले कृषिचुन प्रयोग गर्दा कृषि चुन छर्ने र जमीन जोत्नुपर्ने हुन्छ ।

 यसरी कृषि चुन प्रयोग गरी जोतेको जग्गामा एक महीनासम्म कुनै पनि बाली लगाउन नहुने कार्यालयले जनाएको छ । कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार/पाँच वर्षमा माटो परीक्षण गरी कृषि चुन प्रयोग गर्नुपर्ने केन्द्रको किसानलाई सल्लाह रहेको छ ।

नेपाल सरकारको सहयोगमा माटो परीक्षण गर्ने उपकरण कृषि ज्ञान केन्द्रमा आइसकेको भए पनि प्राविधिक नहुँदा किसानले माटो परीक्षण समयमा नै गर्न सकेका छैनन् । सङ्घीयता र कर्मचारी समायोजनले भएका प्राविधिक सरुवा भएर जाँदा प्रयोगशाला प्रभावित भएको छ । 

जिल्लाको महाभारत क्षेत्रमा अझै प्राङ्गारिक मलको प्रयोग गर्दै आए पनि अन्य स्थानमा प्राङ्गारिक मलको प्रयोग नभई रासायनिक मलको मात्र प्रयोग हुँदा माटोमा अम्लिय भएको भन्दै कृषि प्राविधिकको सल्लाहमा रासायनिक मलको प्रयोग गर्न केन्द्रले आग्रह गरेको छ । कृषि चुनको प्रयोगले पनि माटोमा अम्लिय नहटेमा माटो नै कटान गरी फाल्नुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने