७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

क्याम्पस भवन उद्घाटन

५ जेष्ठ २०७६, आईतवार ०३:३२

जेठ ५, उदयपुर | उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

भारतीय दूतावासको रु दुई करोड ९० लाखको  सहयोगमा सो दुईतले १८ कोठे नयाँ भवनको   निर्माण भएको हो । 

विसं २०७३ को भदौबाट औपचारिकरूपमा सम्झौता भई निर्माणकार्य शुरु गरेको उक्त नयाँ भवन वैशाखमा सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रेम कार्कीले बताउनुभयो ।

भवनमा लाइब्रेरीको सुविधा, कम्युटर कोठासहित गोष्ठी हलको समेत व्यवस्था रहेको क्याम्सस प्रशासनले बताएको छ । विसं २००७ का नेपाली काङ्ग्रेसका प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको नाममा निर्माण गरिएको उक्त क्याम्पस भवनमा कक्षा १२ सम्म सरकारी विद्यालयको पठनपाठन हुने गरेको र स्नातक तहसम्म क्याम्पस तहको समेत पठनपाठन हुँदै आएको  क्याम्पस प्रमुख ध्रुवकुमार राईले बताउनुभयो ।  सांसद डा खड्काको पहलमा भारतीय दूतावासको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल