२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

६ जेष्ठ २०७६, सोमबार १४:३४

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको अन्त्यपछि प्रदेशको अर्थतन्त्र चालू आवमा सकारात्मक दिशातर्फ बढेको पाइएको छ । 

 केन्द्रीय तथ्याङ्क विभागले प्रदेश नं ५ ले चालू आवमा ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ । प्रदेशमा चालू आवको ६ देखि नौ महीनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्याङ्कअनुसार कूल गार्हस्थ्य उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ७ दशमलव ३७ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । 

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीयक र सेवा क्षेत्र गरी तथ्याङ्क विश्लेषण गर्दा विगत दुई वर्षमा प्राथमिक क्षेत्रको कूल गार्हस्थ्यमा योगदान केही घट्न गए पनि द्वितीयक र सेवा क्षेत्रको योगदान बढेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रदेशमा चालू आवकोे कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र अर्थात् कृषि तथा वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्रले ३१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । 

अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ६ दशमलव ३ प्रतिशत हुने अनुमान छ । यस्तै द्वितीयक क्षेत्रअन्तर्गत निर्माण, उद्योग, विद्युत्, ग्यास र पानीको १८ प्रतिशत योगदान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि दर ८ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ ।

सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेण्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रको ५२ प्रतिशत योगदान रहेको अनुमान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ७ दशमलव ७ प्रतिशत हुने अनुमान छ ।

औद्योगिक वर्गीकरणअनुसार चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले ३१ प्रतिशत तथा गैरकृषि क्षेत्रले ६९ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन क्षेत्रले ३० दशमलव १८ प्रतिशत योगदान दिएको छ । यस क्षेत्रको मूल्य अभिवृृद्धि वार्षिक वृद्धिदर ६ दशमलव २८ प्रतिशत रहने विभागको अनुमान छ । प्रमुख बाली धान, गहुँ, मकैलगायतको  उत्पादनमा वृद्धि भएकाले वार्षिक वृद्धिदर बढेको हो । यस प्रदेशमा चालू आवमा आधिकांश कृषि क्षेत्रको उत्पादन बढ्ने अनुमान गरिएको छ । मत्स्यपालन क्षेत्रले ० दशमलव ७५ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको ० दशमलव ६९, उद्योग क्षेत्रले ६ दशमलव ४६, विद्युत्, ग्यास र पानीले ० दशमलव ७४, निर्माण क्षेत्रले ९ दशमलव  ६८, थोक तथा खुद्रा व्यापार क्षेत्रले १० दशमलव ३९, होटल तथा रेष्टुरेण्ट क्षेत्रले १ दशमलव ७३ तथा यातायात, सञ्चार र भण्डारण क्षेत्रले ७ दशमलव ०५ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । 

वित्तीय मध्यस्थताअन्तर्गतका बैंक तथा बीमा कम्पनी, सामाजिक सुरक्षा योगदान क्षेत्रले ४ दशमलव ४४, रियल स्टेट तथा व्यावसायिक सेवा क्षेत्रले ६ दशमलव ८४, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा ३ दशमलव २३, शिक्षा क्षेत्रको ८ दशमलव ८४, स्वास्थ्य क्षेत्रको २ दशमलव ४३ तथा अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रले ६ दशमलव ५५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका अधिकृत अवधेशकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले कृषि, उद्योग र पर्यटनका हिसाबले प्रदेश अगाडि रहेकाले आर्थिक वृद्धिदर अझै बढ्ने विश्वास व्यक्त  गर्नुभयो । “प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी तथा ठूला होटल खुल्ने क्रम बढ्दो छ । त्यसैले सेवा र खानी तथा उत्खनन क्षेत्रको योगदान बढी हुनुपर्छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने