खतिवडा योगेन्द्र | उति बेला जति बेला ०५४/०५८ तिर  हिंसा र द्वन्द्वको खेती गर्ने तथा समुदायबीच झ्गडा चर्काउनेहरू हातेमालो गर्न तत्काल आइपुग्दथे, हतियारका दला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खतिवडा योगेन्द्र | उति बेला जति बेला ०५४/०५८ तिर  हिंसा र द्वन्द्वको खेती गर्ने तथा समुदायबीच झ्गडा चर्काउनेहरू हातेमालो गर्न तत्काल आइपुग्दथे, हतियारका दला"/>
2026-07-25 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म यो बन्दलाइ यसकारण नाजायज भन्न सक्दिन !

खतिवडा योगेन्द्र | उति बेला जति बेला ०५४/०५८ तिर  हिंसा र द्वन्द्वको खेती गर्ने तथा समुदायबीच झ्गडा चर्काउनेहरू हातेमालो गर्न तत्काल आइपुग्दथे, हतियारका दलालहरू हिंसाको गन्ध सुँघ्दै घुमिरहेका हुन्थे, विभिन्न स्वार्थी समूहहरू यस्तै कुनै मौकाको ताकमा हुन्थे, राजनीतिक शक्ति र क्षमताले भ्याउन सकेन भने देश र जनता तिनै अदृश्य दलालको बन्दी हुन पुग्छन् र ‘क्रान्तिका संवाहक’हरू मदारीको बाँदर झैँ नाच्न विवश हुन्छन् हो आज त्यही भएको छ  । 

यो सबैको दोष प्रचण्ड बाबुराम कै हैन र ?

भ्रष्टाचार, गरिबी, अशिक्षा, विभेद, शोषण र उत्पीडन मात्रै पनि हिंसाको बलियो कारण हुन सक्दैनन् । यी सबै एक ठाउँ जुटेपछि पनि पछाडिबाट कोही न कोही मदारीले मनचिन्ते झेली फैलाएर नचाएपछि मात्रै हिंसाको डढेलो सल्किन्छ । 

आजको बन्द प्रचण्ड कै फिलिङ्गो होकि हैन !?

२००७ को सशस्त्र आन्दोलन, २०४६ र २०६३ को जनआन्दोलनमा मानवसागर उर्लिनु अपवादजन्य परिस्थिति सधैँ आउँदैन । यसैकारण हिंसा आज पनि कुनै न कुनै विदेशी इशारामा चल्छ र दलाल नभएसम्म कुनै हिंसा व्यापक हुन असम्भव छ ।

आजको बन्दको सम्पुर्ण क्षति प्रचन्डले बेहोर्नु पर्दैन ??

लोकतन्त्रमा पदार्पण गरिसकेको पार्टी फुट्नुहुँदैन; फुट्दा देश, जनता र लोकतन्त्रलाई घाटा हुनसक्छ । तर, माओवादी नेताहरू अब राजनीतिक नैतिकताको दृष्टिले पनि एक ठाउँ जुटिरहन सक्दैनन्, किन ? 

किनकी, यिनिहरु त  एउटा पक्षले दलाल भनिरहने र अर्को पक्षले दलाली स्वीकार गरेको अभिनय गरिरहने, एउटाले भारतीय गुप्तचर एजेन्ट भनिरहने र अर्को पक्षले त्यसलाई सहिरहने, एउटाले क्रान्तिलाई विसर्जन गरेको हल्ला मच्चाउने र अर्कोले शान्तिका नाउँमा त्यसलाई स्वीकार गरिरहने, एउटा पक्षले भ्रष्टाचारीको आरोप लगाउने र अर्को पक्ष मुस्कुराएर बस्ने हो भने आरोप लगाउने र आरोपित मध्ये को सही छुट्याउन कठिन हुन्छ, दुवैलाई सही ठान्नुपर्ने हुन्छ । यस्तै विवादले माओवादीमा एकताका आधार समाप्त भएको थियो  र विभाजनको बाटो समाउन बाध्य पारिएकाहरुबाट आज निर्दोस जनता को ज्यान किन गैरहेको ?  

यस्को जवाफ प्रचन्डले दिन पर्छ कि पर्दैन ?

अझै हेर्दा,

जब-जब एउटै आमाका तीनछोरा जवान हुँदै जाँदा अंश मुद्दामा फस्छन् नि, तिनिहरु एक अर्कामा अज्ञानताका कारण काटमार गर्नसम्म पछि पर्दैनन्, त्यतिबेलासम्म जतिबेला आफूले चाहेको हिस्सा परिवारबाट पाँउदैनन्, अब त्यो घरको कलहले पुरै टोल समाज र  छिमेकी समाज समेत प्रताडित हुन्छ, जबसम्म ती आफै मिल्दैनन् ! अनि अरुले मिलाइ दिएपनि दिगो समाधान पाँउदैनन्, हो आज देश त्यस्तै मोडमा छ, अब भन्नोस यो दोष प्रचण्डको होकि बिप्लबको ?

त्यसैले यो बन्द, यो तरिका अनि यो ज्यादती सब जायज छन्, बडे भैयाले जे सिकाएर आफुले अधिकार लिई आज मैसासुर झै असरल्ल आफ्ना पंजा फिजाएर बस्या छ नि, हो पक्कै पनि छोटे भैयाले घरमा शान्ति हुन कसरी दिन्छ ? अन्त्यमा बम काण्डमा मर्ने नेपाली नागरिक होइनन्, विप्लव कार्यकर्ता हुन्: भन्ने गृहमन्त्री थापालाई प्रश्न छ कि ‘यी कुन देशका नागरिक रहेछन् गृहमन्त्री ज्यु ?’ 

गृहमन्त्री  ज्यु,  तपाँई  र प्रचण्डले हिजो  ‘अयोग्य लडाकू’ घोषणा गरेका हजारौं नौजवानको बारे त्यतिबेलै सोचेको भए आज यस्तो बोली न तपाँइले बोल्न पर्थ्यो न बिप्लब्ले उदन्ड मच्चाउन पाँउथे, भनिन्छ नि, ‘गर्ने भन्दा गराउने बढी दोषी हुन्छ’ भनेर सत्य हो नि हैन र ? 

तिनै अयोग्य लडाकु आज, विप्लवका शक्ति भए !

स्मरण रहोस, यस्तै अवस्था रहे सबै नेपाली भोलि तपाँइकै भाषामा नेपाली नागरिक नै हैनन् भनि घोषणा त गर्नु हुन्न ? यदि यो शासन पद्धति  लोकतान्त्रिक हो भने जनता त बोल्छन नै होला हैन ? तपाईं र यो सरकार बिरुद्द बोले यस्तो सजाय दिने अधिकार कस्ले दियो कमरेड बादल ? कँहाबाट पाँउनु भयो यो अधिकार ?  आज तपाँई  हिजोकै बिद्रोही सक्तिको तालुकदार भएर बोल्दै हुनुहुन्छ, वा एउटा सार्बभौमसत्ता सम्पन्न मुलुकको गृहमन्त्रीको हैसियत लिएर ? कन्फ्युज भएको छु,  धन्यबाद । 

खतिवडा योगेन्द्र 

तेह्रथुम । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक