डायमण्ड म्याग्देली | २०६२/२०६३ को जनआन्दोलन सुरु हुदै गर्दा तत्कालिन एमालेका नेता तथा अहिले नेपालका प्रम केपी ओलीकै शव्द सापटी लिएर भन्नुपर्दा आज वयलगाडा चढेर अमेरिका पुगेको दिन अर्थात १२औं गणतन्त्र दिवश । संयोगले अहिले केपी ओली नै देशको प्रम हुनुहुन्छ र उहांकै नेतृत्त्वको वर्तमान सरकारले जनताले आफ्नो गास काटेर तिरेको करवाट जम्मा भएको राज्यको ढुकुटी को करोडौं खर्च गरेर निकै ठुलो तामझाम सहित टुडिंखेलमा गणतन्त्र दिवश मनाएको छ । तर आम गरिव, शोषित, पिडित नागरिकलाई यो राष्ट्रिय पर्व/गणतन्त्र दिवशले पटक्कै छुन सकेको छैन । गरिव निमुखा जनताको लागी यो दिवश "काग लाई वेल पाक्यो हर्ष न विस्मात" भनेजस्तै भएको छ ।
हुन त यस्ता विभिन्न खाले दिवशहरु गणतन्त्र स्थापना हुनु अघि पनि मनाईने गर्थे । जस्तै प्रजातन्त्र दिवश । राजा/महाराजाहरुको जन्मको अवसर पारेर त्यस दिनलाई राष्ट्रिय दिवश तथा उत्सवको रुपमा मनाईन्थ्यो तर आम नागरिकलाई त्यस्ता उत्सवहरुले खासै छुन्थेन । यद्यपी अहिले देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको छ ।
माओवादी ले सञ्चालन गरेको १० वर्षे जनयुद्द र त्यसैको जगमा भएको २०६२/२०६३ को जनआन्दोलन पछी जसरी २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य भयो । त्यो मोर्चामा आम नागरिकको जुन सक्रिय सहभागिता रह्यो त्यस अर्थमा यो दिवश अलिक भिन्न हुनुपर्ने हो । आम नागरिकले महशुस गर्ने खालको हुनुपर्ने हो तर त्यसो हुन सकेन । जनयुद्द र जन आन्दोलनमा सहभागी हुने आम नागरिक, योद्दाहरु, वलिदान दिने हजारौ हजार शहिदहरु, वेपत्ता वनाईएका हजारौ योद्दाहरु, हजारौ घाईते/अपांग योद्दाहरु र आ-आफ्नो स्थानवाट सहयोग गर्ने आम जनसमुदायको सपना र अपेक्षा हिजोभन्दा अलि भिन्न र वढी हुनु अस्वभाविक पटक्कै हैन तर हिजो र आजको शासकको चरित्र र शासन प्रणालिमा जनताले खासै भिन्न महशुस गर्ने अवस्था वन्न सकेको छैन ।
त्यसो त झट्ट हेर्दा २४० वर्ष पुरानो निरंकुश एकात्मक शामन्ती राजतन्त्र को अन्त्य भई सघिंय गणतन्त्र पनि स्थापना भएको छ । नयाँ सविंधान पनि घोषणा भएको छ । त्यहि अनुसार देश संघियतामा गएको, हिजो नारायणहिटी राजदरवार र सिंह दरवारमा केन्द्रित शक्ति र अधिकार जनताको घर/आगनमा पुगेको भ्रम छरिदै छ । त्यै देखाएर जनता लाई जनयुद्द र जनआन्दोलनको आधारभुत उदेश्य पुरा भयो । राजनितिक क्रान्ति सम्पन्न भयो अव विकाश र समृद्दीको मुल फुटाउनुपर्छ । आर्थिक क्रान्तिमा लाग्नुपर्छ भन्ने मिठो सपना देखाईएको छ तर आम नागरिक को मन मस्तिष्कमा अनेकौ अनुत्तरित प्रश्नहरु उव्जिरहेका छन ।
यदी साच्चै आम नागरिकको लागी गणतन्त्र आएको हो भने महामहिम राष्ट्रपतिको जिवनशैली र हाउभाउ किन राजा/महाराजा हरुको भन्दा भिन्न हुन सकेन ? महामहिमको कतै सवारी हुदां आम सर्वसाधारण नागरिकले किन अनावस्यक तनाव र सास्ती खेप्नु परेको छ ? महामहिमले राज्यको सम्पत्ति स्वाहा पार्दै मठमन्दिर/ देवी, देवताको दर्शन, पुजा/आजा गरेर देशले के पाउँछ ?जनताले के पाउँछन के गरिव जनता को भोक मेटिन्छ ? जनताले एक पेट खान पाएका छैनन । महामहिमको लागी डेढ अर्वको हेलिकप्टर, १८ करोडको गाडी, सुविधा सम्पन्न शितलनिवास दरवार, विलासीपुर्ण जिवनशैली र भद्दा हाउभाउलाई गणतन्त्रको कुन कोटीको उपलव्धी मान्ने ? गणतन्त्र स्थापनाको १२ वर्ष पुग्दा झण्डै १ दर्जन पात्रको तस्विर प्रम को रुपमा सिंहदरवार मा झुण्ड्याउनु लाई अर्को विशेष उपलव्धी मान्ने कि ?
गणतन्त्र स्थापना पछीको १ दशकमा मात्रै भारतले हाम्रो देशको दर्जनौ स्थानमा सिमा मिचेको छ । दर्जनौ जंगे पिलर गायव पारेको छ । हजारौ हेक्टर जमिन कव्जा गरेको छ । सिमानामा वस्ने हाम्रो नागरिकले दिनहुजसो भारतिय सुरक्षाकर्मी को दादागिरी, ज्यादती र कुटपिट सहनुपरेको छ । भारतले निर्माण गरेको वाधँ र टटवन्धका कारण वर्षेनी तराईवासीले दुवान र जनधनको क्षति व्यहोर्नु परिरहेको छ । तर यो गणतन्त्र ले त्यो किन देख्दैन ? आफ्नो भुमिको रक्षा गर्न किन सक्दैन ?आफ्नो नागरिकको संरक्षण र सुरक्षा गर्न किन सक्दैन ?
जनताको झुपडीमा वसेर.तिनैको आधा भाग खाएर जनता को साथ सहयोगमा राजनितिक आन्दोलनमा सहभागी नेताहरु एक डेढ दशकको विचमा आलिसान महल, सुविधायुक्त विलासी गाडी, अरवौ बैंक व्यालेन्स, चल/अचल सम्पत्ति सहित सम्भ्रान्त जिवनशैली विताईरहदा गणतन्त्र ल्याउन साथ दिने जनताले एक पेट खाना, एकसरो नाना र एक ओट छाना किन पाउन सकेनन ? नेताहरु सामान्य विरामी पर्दा थाईलैण्ड, सिंगापुर, अमेरिका जाने हैसियत वन्यो तर गरिव जनताले सिटामल र जिवनजल सम्म पनि सजिलै पाउने अवस्था किन वनेन ?
गणतन्त्र स्थापना गर्नुको उदेश्य सामन्तवाद को अन्त्य गर्नु थियो तर त्यस्को सत्तामा हजारौं नवसामन्तहरु, राजा/रजौता हरु जन्माउनु थिएन । गणतन्त्र प्राप्तीको लागी गरिएको संघर्षको उदेश्य जनयुद्द, गणतन्त्र र अग्रगामी राजनितिक परिवर्तनका कट्टर विरोधीहरु लाई सत्तामा विराजमान वनाउन र ताला/चावी हस्तान्तरण गर्नको लागी थिएन । न त तिनै लाई राजा/महाराजा हरुलाई जस्तै अधिकार प्रदान गर्दै मान/सम्मान गर्न र जनतालाई फेरी रैटी वनाउनको थियो तर गणतन्त्रको यो अवधीसम्मको अभ्यास र गणतान्त्रिक शासकहरुको दृष्टिकोण, व्यवहार र चरित्रले पुरानो व्यवस्था र शासकहरुलाई समेट चकित पार्ने गरी प्रस्तुत भैरहेको दृश्य आम नागरिकले देखि/भोगी रहेका छन । यस्तो परिदृश्यको विचवाट ति पात्रहरुले देश र जनताको हितअनुकुल काम गर्छन भन्ने कुरा को कल्पना गर्नु नै अर्थहिन छ । वरु आफ्नो सेवा/सुविधा र अधिकारको दायरा लाई फराकिलो पार्दै जनताको अधिकार र स्वतन्त्रता लाई खुम्च्याउँदै छन् । राजा/महाराजा हरुको जस्तै भड्किलो र खर्चिलो जिवनशैली, हाउभाउ, तडक-भडक सहित गणतन्त्रको भरपुर उपयोग गर्दैछन । गणतन्त्र को उदेश्य केहि नेताहरुलाई सत्ता र शक्तिमा पुर्याउन र व्यवस्थापन गर्नको लागी थिएन । तिनका छोरी, वुहारी, ज्वाई, भाई, भतिज, साला, साली लगायत आफन्त, नातागोता आफ्ना भजनमण्डली समुहका मान्छेहरुलाई सांसद, मन्त्री, मेयर जस्ता जिम्मेवारी मा नियुक्त गर्नु तथा विभिन्न निकायमा/ लाभका पदहरुमा भर्ति गर्न को लागी पनि कदापी थिएन.तर यो १२ वर्षको गणतन्त्रको अभ्यासले प्रस्त रुपमा त्यस्तै देखाईरहेको छ ।
गणतन्त्र स्थापना, संविधान निर्माण त्यहि सविंधान अनुसार सम्पन्न नयां निर्वाचन पछी यतिवेला केपी ओली नेतृत्त्वमा २/३ तिहाई को उनिहरुकै भाषामा शक्तिशाली र स्थिर सरकार छ । तर अझै आफुलाई कम्युनिष्ट/वामपंथी भन्न रुचाउने हरुको नेतृत्वमा वनेको सरकारले जनताका अति न्युनतम समस्याहरु पनी सम्वोधन गर्न सकेको छैन । जनतालाई राहत दिने कुरा त परै जावस उल्टो ठाउँ-ठाँउमा चर्को कर असुलेर ढाड सेकिरहेको छ । दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । हरेक क्षेत्रमा कालोवजारिया/विचौलिया हरुको विगविगी छ । भ्रष्टाचार, कमिसन, अनियमितता त्यति नै मौलाएको छ तर त्यतातिर सरकारको ध्यान पुग्दैन, वलात्कारी, हत्यारालाई कारवाही गर्नुको सत्ता पुरै शक्ति लगाएर संरक्षण गर्नतिर लाग्छ । पछिल्लो समय निर्मला पन्त को वलात्कार र हत्या प्रकरण पछी विकसित घतनाक्रम ले त्यसैको पुष्टी गरेको छ.२/३ को वलियो सरकारले वलात्कारी हत्यारा लाई कारवाही गर्न सक्दैन । विचौलिया, कालोवजारी नियन्त्रण गर्न सक्दैन । महाभ्रष्ट लोकमानसिंह कार्की, चुडामणी शर्मा, गोपाल खड्काहरुलाई कठघरामा उभ्याउन सक्दैन । वाईड वडी खरिदमा भएको ६ अर्व ३५ करोड भष्टाचारको सत्य तथ्य सार्वजनिक गर्न सक्दैन ४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी गर्ने मुख्य नाईके लाई पक्रन सक्दैन । नेपाली सेना भित्र भएको भनिएको ठुलो भ्रष्टाचार वारे चुँ सम्म वोल्न सक्दैन । झण्डै ३ दशकदेखी मेलम्ची आयोजनालाई दुहुनो गाई वनाएर चुस्ने भ्रष्ट/विचौलिया हरुलाई ठेगान लगाएर मेलम्चीको पानी ल्याउन सक्दैन । एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्व लाभकर असुल्न सक्दैन । वालुवाटार.खुल्ला मञ्च लगायत सरकारी जग्गा हडप्नेहरुलाई कारवाही गर्न सक्दैन भने यो गणतन्त्रबाट अरु के आशा गर्ने?यो निकम्मा । नालायक सरकार र सिंगो व्यवस्था को विकल्प किन नखोज्ने ?
अन्तमा माथी उल्लेखित कारण हरुले यो गणतन्त्र असफल भैसकेको छ । यसका पहरेदार नेता तिनका आसेपासे सिमित कार्यकर्ता, भ्रष्ट, दलाल, तस्कर, माफिया, विचौलियाहरुको लागी यो उपयुक्त व्यवस्था हुन सक्छ तर देशको रक्षा, विकाश,समृद्दी, आम नागरिकको सवैखाले हक, अधिकारको सुनिश्चितता र सरंक्षणको लागी यस्को विकल्प खोज्ने कुरामा कुनै दुविधा राख्नु हुदैन । आज सम्म जे-जति परिवर्तनहरु आए ति वयलगाडा चढेर आएका पक्कै हैनन.आम नागरिकको उच्च वलिदान, त्याग र योगदानवाट नै सम्भव भएको हो त्यसैले सिमित पुराना तथा नयां शामन्त, पुजिंपती, दलाल, भ्रष्ट, माफिया, विचौलियाहरु जन्माउने र तिनैको संरक्षण गर्ने यो दलाल संसदिय गणतन्त्रको भ्रममा नपरौ.जनताको गणतन्त्र र समाजवाद निर्माण गर्ने वाटोमा दृढतापुर्वक अघि वढ्ने संकल्प गरौं जनताको संघर्षले हारेको ईतिहास कतै छैन । जनताको पक्षमा गरिने न्यायिक क्रान्तिको जित सुनिश्चित छ ।
लेखक: डायमण्ड म्याग्देली |