२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“सांस्कृतिक पहिचानका लागि आन्दोलन जरुरी”

१९ असार २०७६, बिहीबार ०८:०५

सचिन्द्र श्रेष्ठ | नेपालले हालका वर्षहरुसम्ममा विभिन्न राष्ट्रहरुबाट आर्थिक सहयोग पाइरहेको सबैलाई जानकार छ । नेपाल आफैमा गरिबीको रेखामुनि परेका कारण अरुमा निर्भर पर्दै आइरहनु पर्ने अवस्था छ । यसले गर्दा अन्तरराष्ट्रिय क्षेत्रको ध्यान नेपाल तर्फ लाग्नु स्वभाविकनै मानिन्छ । तर पनि नेपाललाई सोचे जस्तो फाइदा पुग्न सकिरहेको छैन् । जति नै सहयोग गरेता पनि राष्ट्र कमजोरनै भइरहेको छ । अन्य छिमेकी देशले आर्थिक, भौतिक सहयोगको जिम्मा लिए सरह नै सहयोग गर्दै आइरहेका छन् तर सहयोगको बदला उनीहरुले धेरैनै फाइदा उठाइरहेका छन् हामी झन–झन गरिबीको दलदलमा फसिरहेका छौ । हाम्रा सीप, क्षमता, दक्षता, आत्मविश्वाश, इमान्दारीलाई अरु देशमा बेचिरहेका छौ । अर्काको गुलाम भई लगाममा बाँधिएका छौँ ।

अर्को देशको भाषा, सस्कार, रहनसहन, रीतीरिवाज, परम्परालाई अनुसरण गर्दै आइरहेका छौँ । हाम्रो देशमा अरु देशले जरा गाँडेका छन् त्यहीलाई सर्वेहारा भनि आत्मसाथ गर्दैछौँ ।

म नजिकै साथीको पसलमा बसेको थिए, केही दिन अगाडी मात्र मेरो साथी सन्तोष पाठक अष्ट्रेलियदेखि आएको थियो । हामी बीच धेरै लामो भलाकुसारी पनि भयो सोही क्रममा एकजना इन्डिएन आयो र भन्यो–‘ए भाई इधर कवाडी सामान, बोत्तल मिलता है’ । मेरो साथी बोल्यो–‘नहि भाई मे अभी बाहर से आ रहा हु इधर नहि मिलता’ अनि ऊ गयो मैले तत्काल साथीलाई गाली गरे र भने–‘के हो तिमी आफनो देशमा आएर पनि हिन्दी बोल्छौ, आफनै भाषा नेपाली बोलन भनेर सम्झाए’ हो हामी आफनै देशमा विदेशी छौ अरु देशको भाषा, सस्कार मान्छौ । अरुले हामीलाई यस्तो भाषा सिकाएका छन् जसलाई हामी बिर्सन सक्दैनौ उनीहरुकै जय जयकार गर्न पनि पछि पर्दैनौ हाम्रो क्षमता, सामथ्र्य, सीपलाई नै बन्धनमा राखेका छन् । यसका कारण विदेशी हस्तक्षेप नेपालमा बढ्दो छ जो भविष्यका लागी भयंकर खतरा र डरलाग्दो बनेको छ । त्यो सामान्य इन्डिएनले पनि हामीलाई चुनौती दिएको छ । ऊ नेपालमा कामको खोजीमा आएको छ तर पनि उसले जानी नजानी नेपाली बोल्न पर्नेमा आफ्नै भाषालाईनै प्रयोग गरेको छ यसरी हेर्दा हामी कहाँसम्म पछि छौ ! हामी आफनो भाषा प्रति जिम्मेवार नै छैनौ भन्ने पुष्टि हन्छ । स्वयं पंक्तिकार नै पाँच वर्ष विदेश अनुभवमा नै थाहा भइसकेको छ त्यहाँ उनीहरु आफनै भाषालाई प्राथमिकता दिन्छन् । हामी उनीहरुसँग कुरा गर्दा उनीहरुकै भाषा प्रयोग गनु पर्दछ जहाँ जसोतसो बोल्नै पर्दछ यदि आफुलाई नआए अंग्रेजी सामान्य बोल्नु पर्दछ र सिक्दै गए पछि उनीहरुकै भाषालाई प्राथमिकता दिनु पर्दछ किनकि हामी उनीहरुकै देशमा कामको खोजीमा, उच्च शिक्षा हासिल गर्न जानु पर्ने बाध्यता छ । उनीहरु आफनै भाषा, सस्कारलाई सर्वमान्य ठान्छन् तर हामी यहाँ आफनो भाषा, सस्कार,रीतीरिवाजलाई नै भने लात मार्छौ यो कहाँ सम्मको राष्ट्रियता हो । आफनै देशमा विदेशी भाषा, सस्कारको प्रयोग गर्न पर्ने धत् नेपाली हुनुको बिडम्वना ।

नेपालको शिक्षा, स्वास्थ्य क्षेत्र कमजोर भयो भनेर पनि राम्रो शिक्षा दिक्षा, स्वास्थ्यको लागि विदेशीहरु भोलेन्टियरको रुपमा आएका अतिनै छन् । सामाजिक सेवाको लागि आएका विदेशीहरु पनि आफनै भाषा बोल्छन् तर हामी विदेशी देखे पछि जानी नजानी उनीहरुकै भाषामा कुरा गर्दछौं, उनीहरुकै अघि पछि दौडिन्छौ ता कि हामीलाई केही फाइदा होस् तर उसले हामीलाई अत्यन्त साँघुरो दृष्टीले हेर्दछ, नीच सम्झन्छ तै पनि उसको पछि लाग्न छाड्दैनौ । विदेशीले बाल सहयोग गर्छ भनि बालबालिकालाई नै शोषण, हिंसा गर्न पछि पर्दैन तर पनि उसको गुनगान गर्न छाड्दैनौ ।

छिमेकीको छोरोले पनि खुबै हिन्दी फिल्म, सिरीयल, कोरियन ड्रामा, एनिमेसन हेर्छ उसलाई विदेशी मनपर्छ र भन्छ–‘नेपाली सिनेमा, संगीत नुन नहालेको तरकारी जस्तो हन्छ,फेसन नै मन पर्दैन, धुन ताल नै हुदैन् ।’ आजकलका युवायुवतिले विदेशीनै मन पार्दछन्, विदेशी फेसनको सिको गर्दछन् । हाम्रो मौलिक संस्कृतिमा पनि पाश्चात्य नित्यको गन्ध छ । चाहे विवाह, ब्रतबन्ध होस् या देउसी भैलोमा उतैको सस्कृति अपनाउछौ । हाम्रो जातीय पहिचान झल्काउने लुगाफाटा, जातीय गीत, संगीत, नाच नाचदैनौ, मन पार्दैनौ अरुको अनुसरण गर्दछौ । यसले गर्दा हाम्रो भाषा, सस्कृति दिन दिनै लोप भइराखेको छ । हाम्रा सन्ततिले पछि गुनगुनाउने छन्, पहिले हाम्रा पुर्खाहरुको यस्तो भाषा थियो, संगीत थियो भनेर इतिहासमा मात्र सिमीत हुने अवस्था छ । त्यसैले आफनो सस्कृतिको जगेर्ना गर्नु पर्दछ, जातीय पहिचानको खोजी र अधिकारको लागि लड्नु पर्दछ यसका लागि आन्दोलनको खाँचो छ । हाम्रो घरको हरेक टि.भी.च्यानलमा विदेशीले प्रभुत्व जमाएको छ, सबैले अन्य भाषाको संगीतलाई आत्मसाथ गर्दछौ । बुद्ध भारतमा जन्मेका भनेर ठुलै तहल्का मच्चाए भारतीय च्यानलहरु बिज्ञापनका कारण केही दिन बन्द पनि भयो र पुनःसञ्चालनमा आयो । तर यसको लागि राजनीतिक दलले कुनै ठोस कदम उठाउन पनि सकेनन् यतिकै सकियो । तर हामीलाई त्यही च्यानल नभई पनि भको छैन् किनकी हाम्रा घरका गृहिणीलाई त्यही च्यानलका ‘उतरन, साथीया, हिटलर दिदी, पर्नविवाह, विगबोस’ जस्ता कार्यक्रम हेर्नु पर्ने अवस्था छ । काम गर्ने समय छैन, खाना पकाउने समय छैन् त्यही पनि टि.भी हेर्न पछि पर्दैनौ यो सब देन इन्डियाको हो तर हाम्रो नेपाली च्यानललाई मन पराउदैनौ । नेपालीलाई अर्काको सिको गर्ने बानी परेको छ, आफ्नोमा लाज लाग्छ तर उनीहरु आफनो अरुले सिको गरेकोमा गर्व गर्दछन् ।

नेपालीलाई अरु देशकाले मोहनीनै लगाएछन की क्या हो, जे पनि अर्काकै मन पर्ने । नेपालीको कपाल काट्ने दोकानमा कोही जान मान्दैनन्, दोकान नचलेर विदेशतिर लाए तर त्यही भारतीयको बाल काट्ने हजाममा भने लाइन लगाएर काट्ने पर्दछ, पान पसलमा धेरै भारतीयहरु रोजगारको लागि यहाँ आउँछन् र हाम्रो पैसा लिएर जान्छन् । उनीहरु भन्छन् ‘नेपाली काम गर्न लाज मान्छ, खटेर काम गर्न सक्दैन । तर हामी कामको खोजीमा दिनदिनै विदेशीएका छौँ । हामी आफनो ठाउँमा काम गर्न खोज्दैनौ र गर्दैनौ पनि अनि रिस गर्छाै र भन्छौ विदेशी हस्तक्षेप भयो । प्रसंग मासु काट्नेको जहा मुसलमान छन्–उनीहरुले काटेको हामी खान्छौ तर हामी हिन्दु धर्म मान्नेले काटेको उनीहरु खादैनन् कहाँसम्मको विभेद ? हामी आफनै धर्ममा विश्वास गर्दैनौ अर्काको धर्म मान्दछौ विदेशबाट आएका धर्मको विश्वास गर्दछौ । विदेशीले नेपालीलाई हरेक क्षेत्रमा पछाडी पारीराखेको छ उनीहरु आफनो धर्ममा कट्टर छन् हामी आफनो धर्ममा लचिलो छौ ।

तल्लो घरका काका पनि धर्म गर्ने भनेर केही दिनमा भारत तर्फ जादैछन् रे भनेर हाम्रा घरमा कुरा चल्यो । मलाई अचम्मै लाग्यो र सोधे जाने कहाँ हो ? उहाँले भन्नभयो–चार धाम, हरिद्धार, गंगा आदी । नेपालीलाई धर्म गर्न पनि उतै जान पर्ने कहाँको नियम हो, उनीहरु यता आउदैनन् । हाम्रै नेपालका पशुपतिनाथ, स्वयम्भू, बूढानिलकण्ठ, कुमारी, मुक्तिनाथ आदीलाई चारधाम बनाए हुदैन् लुम्बिनी आफै लोप हुँदै छ तर त्यसको सिको गरि भारतमा नक्कली लुम्बिनी बनाएको छ । हामी आफना धार्मिक स्थललाई वास्ता नगरी विदेशीलाई उचाल्न हजारौ पैसा खर्चिन्छौ यसले उनीहरुलाई फाइदा पुगेको छ भने हामीलाई घाटा भएको छ यो हामी बुझ्दैनौ यी सबका कारण हाम्रो देश कसैको गुलाम नभएर हो कि जसले कुनै पीडाको अनुभव नगरेरै हो उनीहरु आफनो राष्ट्रिय गीत, धार्मिक सहिष्णुता प्रति निष्ठावान छन् । उनीहरुलाई अन्य देशले पीडा दिएको छ, स्वतन्त्रता खोसेको छ, अर्काको अधिनमा बस्न परेको छ, अंग्रेजहरुको क्रुरुताको अनुभव गरेका छन् तर हाम्रो देश कसैको अधिनमा बसेको छैन, स्वतन्त्र भई रहिआएको हुँदा हामीलाई देश प्रेम, भाषाको महत्व बूझेका छैनौ । हामी आफनो पहिचान गुमाएका छौँ यसका लागि सबै एक ढिक्का भई आन्दोलन गर्नु जरुरी छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो