२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको मौसम पूर्वानुमान हेर्नुहोस

२०७६, १ श्रावण बुधबार ०६:३५

साउन १, काठमाडौँ  | आज देखि मनसुनी  गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापिय रेखा 

नेपालको  दक्षिणतिर अवस्थित भएकाले मनसुन कम सक्रिय भएको हो | 

आज देशको पूर्वी भेगमा सामान्य बदलि रहेको छ भने मध्य र पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहेको छ । अहिले पूर्वी भेगका थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ | 

बुधबार दिउँसो देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ | देशको एक वा दुइ स्थानमा भारि वर्षा  हुने सम्भावना  रहेको महाशाखाको अनुमान छ | राति भने  देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना र देशको एक वा दुइ स्थानमा भारि वर्षा  हुने सम्भावना छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा  देशको एक दूइ स्थानहरुमा भारी वर्षाको  सम्भावना छ र केहि स्थानहरुमा वर्षा हुने देखिन्छ। 

 यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केहि नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन आग्रह गरेको छ | हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सतर्कता अपनाउनुपर्ने जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी