2026-10-26 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा निधन भएकी अप्सरा कामीको शव चन्दा उठाएरै पठाईयो

प्रदिप नेपाली | साउन २०, कुवेत | कुवेतमा आगलागीमा परि ज्यान गुमाएकी अप्सरा कामीको शव चन्दा उठाएर स्वदेश पठाइएको छ । कुवेत स्थित नेपाली राजदुताबासले मृतक अप्सराको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,२६००० रुपियाँ) लाग्ने र उक्त रकम दुतावासले उपलब्ध गराउन नसक्ने बताएपछि चन्दा संकलन अभियान चलाइएको थियो ।

मृतक अप्सरा कामीको शव आइतबार (हिजो)राती कुवेतको समय ९:५० बजे कतार एयरलाइन्सबाट स्वदेश पठाईएको हो। अप्सराको शव सोमबार बिहान नेपाली समय १०:१५ बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारले बुझेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकका छोरा र भाईले शव बुझेका अभियान्ता माया बिकले बताइन थिए ।

आर्थिक अभावमा शव अलपत्र परेको र परिवारले उक्त रकम उपलब्ध गराउन नसक्ने शिर्षकको समाचार हाम्रोसंचारमा प्रकाशित भएपछी वैदेशिक रोजगार बोर्ड, कुवेत स्थित नेपाली संघसंस्था तथा समाजसेवीको ध्यानाकर्षण भएको थियो । त्यसलगत्तै नेपाल कुवेत साँस्कृतिक मञ्च, विश्वकर्मा समाज कुवेतले चन्दा संकलन अभियान चलाएका थिए । अभियानमा रुपेन हमाल, माया बिक, नेहा राई, अरुण थापा लगायतले बिशेष सहयोग गरेका थिए ।

संकलित रकम कुवेत साँस्कृतिक मंचका अध्यक्ष गोबिन्द बराल, बरिष्ठ संरक्षक टिकाराम आचार्य दूतावासमा पुगेर दुतावासका कर्मचारीहरुको उपस्थितिमा शव पठाउन लाग्ने ३५० केडि हस्तान्तरण गरिएको मंचका अध्यक्ष गोबिन्द बरालले बताए ।

अप्सराको शव स्वदेश पठाउन वैदेशिक रोजगार बोर्डले राजदूताबासमा पहिले पेश्की दिएको रकम बाँकी भएकोले त्यसबाटै लास झिकाउन लाग्ने रकम खर्च गरी खर्चको विवरण पठाउन भनेको वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भुसालले हाम्रोसंचारलाई जानकारी दिए । महानिर्देशक भुसालले भने, “यति खर्च लाग्छ भनेर राजदूतावासले पठाए बोर्डले पैसा पठाउछ । पैसा कति लाग्छ, राजदूतावासले हिसाब गरेर बोर्डसङ माग्ने हो ।” महानिर्देशक भुसालले थपे, “सो प्रयोजनका लागि वैदेशिक रोजगार विभागको महानिर्देशको हैसियतले मैले बोर्डमा निरन्तर पहलकदमी गर्नुको साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग पनि स्रोत व्यवस्थापनको सम्भाव्यताका बारेमा अनुरोध गरेको थिए । त्यसपछि निर्णय पनि भयो, निर्णय प्रमाणित हुन बाँकी भएको कारण पैसा जान बाँकी थियो तर यस केसमा अन्य सरकारी संयन्त्रबाट रकम व्यवस्थापन हुन नसकेकोले बोर्ड बैठकको बिशेष निर्णयबाट बोर्डले ब्यहोर्ने गरी यसअघि पठाइएको रकमबाट खर्च व्यवस्थापन गर्न भनिएको थियो, त्यसो भएन दुख लाग्यो ।”

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव पुर्याउन वैदेशिक रोजगार बोर्डले सहयोग गरेको छ ।

अप्सराको शव स्वदेश पठाउन सरकारी पहलको लागि प्रवासी नेपाली श्रमिक संघ जिफन्ट कुवेतले पहल गरेको थियो ।

४१ बर्षीया अप्सरा कुवेतमा गैरकानुनी रुपमा बस्दै आइरहेकी थिइन् । आर्थिक अवस्था सुधार गर्न र परिवारलाई खुसी राख्न भन्दै अप्सरा आठ बर्षसम्म स्वदेश फर्केकी थिइनन् ।

कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा केहिदिन पहिले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएको थियो । घटनामा पोखरा, लेखनाथ महानगरपालिका घर भएकी अप्सरा कामीसहित सर्लाहीका २९ बर्षिय बिजय बैंठा र गौरी दर्जिको मृत्यु भएको थियो ।

अप्सराको सम्पतिका नाममा केहि नभएको आफन्तहरु बताउछन् । उनको परिवार लेखनाथ महानगरपालिकाको सुकुम्बासी बस्तीमा सामान्य ज्याला मजदुरी गरेर बसेको छ । परिवारको लालनपालन गर्ने अप्सराको मृत्युपछी परिवार बिचल्लीमा परेको छ ।

शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सहयोगी, नेपाली राजदुताबास, दाजुभाइ, दिदीबहिनी, सामाजिक संघसंस्था तथा समाजसेवीहरुलाई मृतक अप्सराको परिवारले धन्यवाद दिएको छ ।

मृतक अप्सराका श्रीमान्, ३ छोरा र एक छोरी छन् ।

“परिवारको अवस्था नाजुक छ । बुढेसकालमा श्रीमानले साहारा गुमाए, छोराछोरीले आमा गुमाए । शव नेपाल पठाउन राज्यले सहयोग गरिदिए चन्दा उठाएको रकम परिवारलाई पठाउन सके थोरै भएपनि राहत मिल्थ्यो भनेर लागि परियो अभियान्ताहरुले भने ।”

यता विदेशमा नेपाली नागरिकको अकस्मात निधन भएमा त्यो शवलाई स्वदेशसम्म पुर्याउने जिम्मा राज्यको हो, चन्दा उठाउने बिषय हुँदै होइन । यस्ता घटनामा राज्य गम्भीर हुनुपर्छ । त्यसको पूर्ण जिम्मेवार राज्यले लिनुपर्छ भन्दै सामाजिक संजालमा कुवेतका बुद्धिजीवी तथा समाजसेवीहरुले चर्को बिरोध जनाइरहेका छन् ।

यस्तो छ ब्यबस्था

श्रम स्वीकृति नलिई अवैध तरिकाले जाने कामदारहरु अलपत्र परेमा कन्सुलर विभागले त्यस्ता व्यक्तिको उद्धारमा लाग्ने खर्च तथा विधि प्रकृयाका बारेमा पहल गर्छ । कम्पनीबाट लास फर्काउन रकम भराउन नसकेको अवस्थामा श्रोत व्यवस्थापन गर्छ । यस्तो केसमा अन्य सरकारी संयन्त्रबाट रकम व्यवस्थापन हुन नसकेको खण्डमा बोर्डको बिशेष निर्णयबाट बोर्डले ब्यहोर्ने र खर्च व्यवस्थापन गर्ने गर्छ ।

यसो भन्छ दुतावास

कुवेत स्थित नेपाली राजदूतावासका अनुसार अप्सरा कामी अवैध बाटो हुँदै कुवेत भित्रिएको र अवैध तरिकाले आउने कामदारहरु अलपत्र परेमा वा निधन भएमा आर्थिक उपलब्ध गराउन कुनै स्पष्ट कानुनी आधार नभएर समस्या भएको हो । राजदूतावासका एक कर्मचारीले भने, “अप्सराको केशमा बोर्डसँग सहकार्य गरेर शव पठाउन पहल गरिएको भएपनि कानुनी रुपमा रकम उपलब्ध गराउन नसकेकोमा दुखी छौ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने