(एजेन्सी) बेइजिङ | चीनको दक्षिण-पश्चिममा रहेको एक हिमाली गाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (एजेन्सी) बेइजिङ | चीनको दक्षिण-पश्चिममा रहेको एक हिमाली गाउ"/>
४ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कूल जान यतिसम्मको खतरा पार गर्नुपर्छ ! (हेर्नुहोस् फोटोफिचर)

१७ जेष्ठ २०७३, सोमबार ०५:१६

(एजेन्सी) बेइजिङ | चीनको दक्षिण-पश्चिममा रहेको एक हिमाली गाउँका विद्यार्थीहरुले विद्यालय जानका लागि यतिसम्मको जोमिख लिनुपर्छ कि आफ्नो ज्यानको समेत परवाह गर्नु हुँदैन । किनकी यस्तो नगरे शिक्षाको उज्यालोबाट बन्चित हुनुपर्ने हुन्छ ।

बिकसित राष्ट्र चीनको यो गाउँ यति दुर्गम छ कि यहाँका मानिसहरुको पहुँच कम छ । समाचार एजेन्सीहरुले ६ वर्षका बालकले सम्म जोखिमपूर्ण यात्रा गरेर शिक्षा लिनुपर्ने बाध्यतालाई तलको तश्विरमा देखाएका छन् । २ हजार ६ सय २४ फिट अग्लो ठाउँमा रहेको स्कुल पुग्न उनीहरुले पहाड चढेर जानुपर्ने हुन्छ । मे १४ मा खिचिएका यि तस्विरहरु चीनको पिपुल्स डेली अनलाईनसँग आबद्ध हुवानक्विले सार्वजनिक गरेको हो ।

रिर्पोटमा जनाइएअनुसार १५ विद्यार्थीहरुले २ घण्टासम्म भर्यांग चढ्नमै समय खर्चिन्छिन् । चीनको सिचुवान प्रान्तस्थित झाओजू काउन्टीका विद्यार्थीहरु यसरी नै भर्यांग चढेर जोखिमपूर्ण यात्रा गर्छन् । ६ देखी १५ वर्षबीचका विद्यार्थीहरु ठूला ब्यागहरु बोकेर विद्यालयको पोशाक माथि चढ्दैछन् र उनीहरुलाई तीनजना अभिभावकले नियालिरहेका छन् । उनीहरुको घर अतुल इयर गाउँमा छ र यो ४ हजार ६ सय फिट उचाईमा पर्छ । 


यस दुगर्म गाउँमा केवल ७२ जना परिवार बस्छन् । उनीहरुको आयआर्जनको बाटो खुर्सानी खेती हो । यहाँका बिद्यार्थीहरु एकपटक जोखिमपूर्ण यात्रा गरेर विद्यालय पुगेपछि दुई सातासम्म विद्यालयमै बस्छन् । उनीहरुलाई पहाड चढाएर स्कुल लैजाने काम आलोपालो उनीहरुको अभिभावकहरुले गर्छन ।


बालबालिकाहरुलाई स्कुल लाने क्रममा उकालो चढ्न २ घण्टा समय लाग्छ । सानो बिद्यार्थीको सुरक्षाका लागि डोरी बाँधिन्छ ।

तर पनि यो खतरा मुक्त छैन अलिकति केहि सन्तुलन गुमेको खण्डमा ज्यान गुमाउनुपर्ने हुन्छ । यस क्षेत्रका सचिव जिटीका अनुसार गाउँबाट पहाड चढ्ने क्रममा अहिलेसम्म झन्डै ८ जनाको ज्यान गइसकेको छ । कहिलेकाँही पानी र हिउँका कारण यात्रा निकै जोमिखपूर्ण हुने गर्छ ।


यस्तै जोखिमका कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई स्कुल नै पठाउँदैनन् । जिटीका अनुसार अन्य क्षेत्रको तुलनामा यो गाउँ अझै २ सय वर्ष पछाडी छ । तर यति धेरै समस्या भएतापनि खेतीयोग्य जमिन भएका कारण गाउँलेहरु धनी छन् । ७२ घरधुरी मात्रै भएको कारण यो गाउँमा सरकारले त्यति ध्यान दिंदैन ।

गाउँलेलाई उक्त गाउँबाट नजिकको शहरमा लैजादाँ बेरोजगार र जग्गा जमिन बिहिन हुन्छन | यदी सरकारले उक्त स्थानमा सडक बनाउने हो भने ६० मिलियन युआन खर्च लाग्छ । जुन जनसंख्याको आधारमा निकै ठूलो खर्च हो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ