(एजेन्सी) बेइजिङ | चीनको दक्षिण-पश्चिममा रहेको एक हिमाली गाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (एजेन्सी) बेइजिङ | चीनको दक्षिण-पश्चिममा रहेको एक हिमाली गाउ"/>
2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कूल जान यतिसम्मको खतरा पार गर्नुपर्छ ! (हेर्नुहोस् फोटोफिचर)

(एजेन्सी) बेइजिङ | चीनको दक्षिण-पश्चिममा रहेको एक हिमाली गाउँका विद्यार्थीहरुले विद्यालय जानका लागि यतिसम्मको जोमिख लिनुपर्छ कि आफ्नो ज्यानको समेत परवाह गर्नु हुँदैन । किनकी यस्तो नगरे शिक्षाको उज्यालोबाट बन्चित हुनुपर्ने हुन्छ ।

बिकसित राष्ट्र चीनको यो गाउँ यति दुर्गम छ कि यहाँका मानिसहरुको पहुँच कम छ । समाचार एजेन्सीहरुले ६ वर्षका बालकले सम्म जोखिमपूर्ण यात्रा गरेर शिक्षा लिनुपर्ने बाध्यतालाई तलको तश्विरमा देखाएका छन् । २ हजार ६ सय २४ फिट अग्लो ठाउँमा रहेको स्कुल पुग्न उनीहरुले पहाड चढेर जानुपर्ने हुन्छ । मे १४ मा खिचिएका यि तस्विरहरु चीनको पिपुल्स डेली अनलाईनसँग आबद्ध हुवानक्विले सार्वजनिक गरेको हो ।

रिर्पोटमा जनाइएअनुसार १५ विद्यार्थीहरुले २ घण्टासम्म भर्यांग चढ्नमै समय खर्चिन्छिन् । चीनको सिचुवान प्रान्तस्थित झाओजू काउन्टीका विद्यार्थीहरु यसरी नै भर्यांग चढेर जोखिमपूर्ण यात्रा गर्छन् । ६ देखी १५ वर्षबीचका विद्यार्थीहरु ठूला ब्यागहरु बोकेर विद्यालयको पोशाक माथि चढ्दैछन् र उनीहरुलाई तीनजना अभिभावकले नियालिरहेका छन् । उनीहरुको घर अतुल इयर गाउँमा छ र यो ४ हजार ६ सय फिट उचाईमा पर्छ । 


यस दुगर्म गाउँमा केवल ७२ जना परिवार बस्छन् । उनीहरुको आयआर्जनको बाटो खुर्सानी खेती हो । यहाँका बिद्यार्थीहरु एकपटक जोखिमपूर्ण यात्रा गरेर विद्यालय पुगेपछि दुई सातासम्म विद्यालयमै बस्छन् । उनीहरुलाई पहाड चढाएर स्कुल लैजाने काम आलोपालो उनीहरुको अभिभावकहरुले गर्छन ।


बालबालिकाहरुलाई स्कुल लाने क्रममा उकालो चढ्न २ घण्टा समय लाग्छ । सानो बिद्यार्थीको सुरक्षाका लागि डोरी बाँधिन्छ ।

तर पनि यो खतरा मुक्त छैन अलिकति केहि सन्तुलन गुमेको खण्डमा ज्यान गुमाउनुपर्ने हुन्छ । यस क्षेत्रका सचिव जिटीका अनुसार गाउँबाट पहाड चढ्ने क्रममा अहिलेसम्म झन्डै ८ जनाको ज्यान गइसकेको छ । कहिलेकाँही पानी र हिउँका कारण यात्रा निकै जोमिखपूर्ण हुने गर्छ ।


यस्तै जोखिमका कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई स्कुल नै पठाउँदैनन् । जिटीका अनुसार अन्य क्षेत्रको तुलनामा यो गाउँ अझै २ सय वर्ष पछाडी छ । तर यति धेरै समस्या भएतापनि खेतीयोग्य जमिन भएका कारण गाउँलेहरु धनी छन् । ७२ घरधुरी मात्रै भएको कारण यो गाउँमा सरकारले त्यति ध्यान दिंदैन ।

गाउँलेलाई उक्त गाउँबाट नजिकको शहरमा लैजादाँ बेरोजगार र जग्गा जमिन बिहिन हुन्छन | यदी सरकारले उक्त स्थानमा सडक बनाउने हो भने ६० मिलियन युआन खर्च लाग्छ । जुन जनसंख्याको आधारमा निकै ठूलो खर्च हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई