2026-07-09 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा धार्मिक युद्ध छिराउने गम्भीर षड्यन्त्र, भारतीय नागरिक मारिए

कात्तिक १४, काठमाडौँ | कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । 

कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताएका छन् । 


कृष्णनगरमा भएको  झडपलाई थप उत्तेजित बनाउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आंकलन गरेको राससमा समाचार छ । 

स्थानीयका अनुसार कृष्णनगरमा भएको प्रदर्शनका क्रममा सहभागी धेरै नागरिकको अनुहार अपरिचित रहेको बुझिएको छ । यस बिषयलाई नेपालमा धार्मिक द्वन्द छिराउने गम्भीर षड्यन्त्र भएको भन्दै गम्भीर भएर घटनाको छानवीन गर्नुपर्ने केहि स्थानीयले आफ्नो राय प्रकट गरेका छन् । स्थानीयका अनुसार हिजो साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो । झडप पछि केहि मूर्ति सेलाउन बाँकी रहेको छ । 

कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो । स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू