२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको सिमा अतिक्रमण बिरुद्ध माओवादी केन्द्रको बिरोध सभा

२०७६, २१ कार्तिक बिहीबार १५:४२

कात्तिक २०, काठ्माण्डौ | भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको भूभाग समेत आफ्नो नक्सामा पारेपछि त्यसको बिरोधमा नेकपा माओवादी केन्द्रले आजदेखि बिरोध कार्यक्रम शुरु गरेको छ ।


आज माओवादी केन्द्रले काठमाडौँ र सुदुरपश्चिमको अत्तरियामा बिरोध र्याली गरेको छ । काठमाडौँको गौशालामा माओवादी केन्द्रले आयोजना गरेको बिरोध सभामा नेताहरुले भारतको बिस्तारवाद बिरुद्ध चर्को आलोचना गर्दै सरकारले यस्तो असह्य बलमिचाईको प्रतिकार गर्नुपर्ने जोडदार माग गरेको छ । 


माओवादी केन्द्र पार्टिका नेताहरु नेवा-तामसालिङ्ग (प्रदेश ३ ) का इन्चार्ज राजन तिमल्सिना, अध्यक्ष पासाङ्ग लामा, अखिल ( क्रान्तिकारी ) केन्द्रिय अध्यक्ष आलोक रायमाझी, वाइसियल केन्द्रिय सचिव राज्य खम्बु लगायतले बिरोध सभामा भारतको हेपाइ आफूहरुलाई सह्य नहुने भन्दै धारणा राखेका थिए । 


यस्तै माओवादी केन्द्रले कैलालीमा पनि बिरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अत्तरीयामा पुत्ला दहन गरेका छन् । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको आयोजना भएको बिरोध कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताहरुले मोदीको पुत्ला दहन गर्नुका साथै नेपाली भूमि भारतमा देखिने भारत सरकारको नयाँ नक्सा समेत जलाएका हुन् । केन्द्रले नेपाली भूमि तुरुन्त फिर्ता गर्न चेतावनी दिदै भारतले हालै प्रकाशन गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत गाभेको भन्दै भारतीय दादागिरी अत्य गर !, नेपाली जमिन फिर्ता गर ! जस्ता नाराहरु समेत लगाएका थिए ।

भारतले केहि दिन अघि मात्रै सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएसंगै देश-बिदेशबाट भारतको बिरोधमा चर्को आलोचना भईरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना