2026-09-04 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसाइँसराइँ अभिलेख सार्वजनिकः आप्रवासी कामदारको कमाइ सदुपयोग गर्ने सुझाव

पुस २, काठमाडौँ । नेपालमा बसाइँसराइँको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको सिंहवालोकन सहितको आप्रावासीको अभिलेख सार्वजनिक भएको छ । नेपाल सरकारको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले तयार गरेको अभिलेख अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसर पारेर आज सार्वजनिक गरिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अभिलेख सार्वजनिक गरे । अभिलेख सार्वजनिक कार्यक्रममा बोल्दै श्रममन्त्री यादवले श्रम आप्रवासनलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरेको बताए । 

वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउँदै म्यानपावर कम्पनीलाई नियमन गरिने उनको भनाइ थियो । अभिलेखले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुराएको मन्त्री यादवको बुझाई छ । मन्त्री रायले सरकारले आफ्ना संयन्त्रमार्फत विगतदेखि नै आप्रवासी कामदारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उत्पादशनील क्षेत्रमा लगाउने सरकारको प्राथमिकताभित्र राख्नुपर्ने नेपाल सरकार, नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङलर बताएका छन् । सही तथ्याङ्क नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गर्दै उनले बसाइँसराइँ अभिलेखमा समोवश तथ्याङ्कका आधारमा नीति निर्माण तहमा वकालत गर्न सहयोग पुग्ने उनको भनाई छ । तथ्यमा आधरित अभिलेखलाई प्रयोग गरेर बसाइँसराइँसँग नीति निर्माण गर्न तथा कानून सुधार गर्न आइओएमको भूमिका रहेको उनको तर्क छ ।

यसैगरी, आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढङ्गबाट लैजान बसाइँसराइँ अभिलेख तयार गरिएको बताइन । आप्रवासनले स्रोत तथा गन्तव्य मुलुकलाई भलाइ गरोस् भन्ने नै आइओइमको चाहना रहेको उनले जानकारी दिइन ।

अभिलेखका सुझाव 

अभिलेखलाई चार भागमा विभाजन गरिएको छ । एक भागमा नेपालको बसाइँसराइँको प्रवृत्तिको बारेका तथ्याङ्क र विश्लेषण गरिएको छ । दोस्रो भागमा बसाइँसराइँले आर्थिक–सामाजिक तथा विकासका मुख्य सुचकमा परेको असरबारे विश्लेषण गरिएको छ । तेस्रो भागमा बसाइँसराइँलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीति निर्माताका लागि सुझाव दिइएको छ ।

सान्दर्भिक तथ्याङ्क प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयापुर्याउन र बसाइँसराइँलाई नेपालको विकास योजनामा मूलप्रवाहीकरण गर्ने उद्देश्यले अभिलेख सार्वजनिक गरिएको आइओएमले जनाएको छ । अभिलेखमा बसाइँसराइँका प्रकार, विशेषतासम्बन्धी तथ्याङ्कीय स्रोतको पहिचान गरी तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ । 

अभिलेखमा बसाइँसराइँलाई व्यवस्थित बनाउन २४ वटा सुझाव दिइएको छ । नेपालमा विभिन्न तहमा आप्रवासनको मुद्दा हेर्ने निकाय छन् । आप्रवासनसम्बन्धी एउटा वृहद नीति निर्माण गर्ने र संस्थागत समन्वय संयन्त्रको स्थापना गरी समन्वयात्मक ढङ्गबाट तिनीहरुको कामलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

अभिलेखले आप्रवासी कामदारको सुरक्षाको प्रयासलाई थप प्रभावकारी बनाउन तथा सुरक्षित वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्न सुझाव दिएको छ । अभिलेखमा वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप तथा क्षमताको पर्याप्त फाइदा लिन नसकिरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै लगानीका अवसर प्रदान गर्न र उचित रोजगारीको खोजी गर्नेतर्फ ध्यान दिन आग्रह गरिएको छ । 

विभिन्न सामग्रीको विस्तृत अध्ययन र विभिन्न तहका सरकारी निकाय, नागरिक समाज सम्बद्ध संस्था, ट्रेड युनियन, अनुसन्धानमुखी संस्था, राष्ट्रसङ्घीय निकाय र प्राज्ञिक व्यक्तित्वसँग विभिन्न चरणमा परामर्श गरी यो अभिलेख तयार पारिएको हो ।

अभिलेखमा समेटिएको तथ्याङ्क सरकारको आयोजनामा सम्पन्न भएका राष्ट्रिय जनगणना, आवधिक सर्वेक्षण, प्रशासनिक अभिलेखलगायत स्रोतबाट लिइएको हो । ८१ मुलुकमा बसाइँसराइँ अभिलेख तयार गरिएको पाइन्छ । नेपालको अभिलेखलाई विश्वमै उत्कृष्ट मानिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल