२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर, मस्को र जर्मर्नीद्वारा आलोचना

५ पुष २०७६, शनिबार १४:२१

पुष ५, वासिङ्टन (रासस/एएफपी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले फाइदा लिनसक्ने भन्दै चासो ब्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ग्यास पाइपलाइन निर्माणको जिम्मा पाएका कम्पनीहरूलाई प्रतिबन्ध लगाउनका पत्रमा हस्ताक्षर शुक्रबार गर्नुभएको हो ।

प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णयप्रति यूरोपेली संघ (इयू) ले असन्तुष्टि प्रकट गरेको छ । ट्रम्पले वासिङ्टन, डीसीबाहिर ‘जोइन्ट वेस एन्ड्रुज’ नामक वायुसेनाको शिविर स्थापना गर्ने विधेयक र रूस–यूरोप पाइपलाइन निर्माण कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णयमा एकैसाथ हस्ताक्षर गर्नुभएको हो ।

बाल्टिक सागरमुनि करिब ११ अर्ब अमेरिकी डलर लगानीमा निर्माणाधिन ‘नर्डस्ट्रिम टु पाइपलाइन’ को निर्माणपछि यूरोपको शक्तिशाली अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा रूसले आफ्नो ग्यास आपूर्तिलाई दोब्बर बनाउने लक्ष्य राखेको छ ।

अमेरिकी सांसदहरूले पाइपलाइनले दुश्मन शक्ति (रूस सरकार)लाई सम्पन्न बनाउने र यसबाट रूसी नेता भ्लादिमिर पुटिनको यूरोपमा प्रभाव बढ्ने निष्कर्षसाथ अमेरिकी दुबै सदनले प्रतिबन्धलाई अनुमोदन गरेको हो । कङ्ग्रेसका दुबै सदनले प्रतिबन्ध लगाउने कानूनलाई मङ्गलबार अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।

डेमोक्रेटिक प्रतिपक्षीद्वारा पुटिनप्रति नरम बनेको आरोप खेप्ने गरेका ट्रम्पले कानूनलाई अनुमोदन गर्नुको विकल्प कमै थियो । अमेरिकी कडा प्रतिरोधका कारण मस्को र इयू नराम्रोसँग चिढिएका छन् ।

जर्मनीका विदेशमन्त्री हेइको मासले निर्णयप्रति अमेरिकी समकक्षी माइक पोम्पेओसँग शुक्रबार फोनवार्ता गर्नुभएको छ । जसमा पोम्पेओले कडा विरोध जनाएको अमेरिकी विदेशमनत्रालय स्रोतले जनाएको छ ।

विदेशमनत्रालयका प्रवक्ता मोर्गान ओटगसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले पाइपलाइन निर्माणसम्बन्धी उक्त आयोजनाप्रति ‘कडा प्रतिवाद’ गरेको छ । 

यसैबीच अमेरिकाले आफ्नो आन्तिरिक मामिलामा हस्तक्षेप गरेको भन्दै जर्मनीले अमेरिकी उक्त कदमको विरोध गरेको छ । यसप्रति रूस र इयूले पनि अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।

ट्रम्पले प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेको एक दिनपछि मस्को र यूरोपेली यूनियनले प्रतिबन्धको आलोचना गर्दै शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ता उल्राइक डेमरले भन्नुभयो, “उनीहरूले हाम्रो आन्तिरिक मामिलामा गरेको हस्तक्षेपले जर्मन तथा यूरोपेली कम्पनीहरूलाई प्रभावित पार्नेछन् । यो हाम्रा लागि सह्य हुनसक्दैन ।”

त्यस्तै रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले विश्व व्यापारलाई प्रभावित तुल्याउने सिद्धान्तलाई अघि सारेको भन्दै आफ्नो फेसबुक पेजमा अमेरिकी कदमको विरोध गर्नुभएको छ । उहाँले व्यङ्ग्य गर्दै लेख्नुभएको छ, “कुनै दिन उनीहरूले हामीले स्वास फेर्न रोक्नुपर्छ भन्न सक्नेछन् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च