२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरिया युद्ध : नौ वर्षमा तीन लाख ८० हजारको मृत्यु

१९ पुष २०७६, शनिबार १५:५६

पुष १९, काठमाडौँ (रासस/एएफपी) | सिरियामा नौ वर्षदेखि जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार पुगेको र तीमध्ये एक लाख १५ हजार युद्धमा सहभागी नरहेका नागरिक रहेको युद्ध अनुगमनकारी सिरियाली मानवअधिकारवादी समूहले शनिबार सार्वजनिक नयाँ तथ्याङ्कमा उल्लेख गरेको छ ।‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ का अनुसार मारिनेमा २२ हजार बालबालिका र १३ हजार महिला रहेका छ ।

सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारविरोधी आन्दोलनले पछि सिरियाले कल्पना नगरेको गृहयुद्धमा पुगेको हो ।सिरियाली राष्ट्रपति बसर अल–असद विरोधी आन्दोलनलाई सरकारले कडारूपमा दवाउन खोजेपछि चारैतिर सशस्त्र द्वन्द्व चर्किएको थियो । जसका कारण सिरिया लगायत छिमेकी जिहादी समूह र विश्व समुदायको पनि त्यहाँ प्रवेश भएको थियो ।

सिरियामा जारी द्वन्द्वका कारण करिब एक करोड ३० लाख सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका उक्त संस्थाको तथ्याङ्क रहेको छ । युद्धका कारण सिरियामा अर्बोँ अमेरिकी डलर बराबरको भौतिक संरचना नष्ट भएका छन् ।

सरकारी तथा गैरसरकारी समूहतर्फ गरी जम्मा एक लाख २८ हजार सुरक्षाकर्मी वा लडाकू मारिएका पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । मारिनेमा आधाभन्दा बढी सिरियाली सैनिक रहेका बताइएको छ भने एक हजार ६८२ जना लेबनानी सिया समूह (हेजबुल्लाह) का सदस्य रहेका बताइएको छ । हेजबुल्लाह समूहले सिरियामा सन् २०१३ देखि लड्दै आएको छ ।

सिरियाको युद्धका कारण ६९ हजार विपक्षी समूह मानिने स्लामिक तथा कुर्दिस नेतृत्वका लडाकू पनि मारिएका विभिन्न मानव अधिकारवादी समूहले बताएका छन् । युद्धमा ६७ हजारभन्दा बढी स्लामिक स्टेट (आइएस) समूह र हायत तहरिर अल–साम (एचटीएस)सँग सम्बन्धित जिहादी लडाकूहरू रहेका उल्लेख छ । उक्त समूह सिरियामा मजबुत सङ्ठन बनाएको पूर्व अल कायदा समूहसँग सम्बन्धित रहेको छ । 

सिरियाली सरकारले नियन्त्रणमा लिई जेलमा दिइएका यातनाका कारण ८८ हजार व्यक्तिले ज्यान गुमाएका र युद्धका क्रममा विभिन्न समूहले अपहरण गरी हजारौँ व्यक्ति, सेना र लडाकूलाई वेपत्ता पारिएको छ ।

रूस र इरानको बलियो समर्थन पाएका सिरियाली राष्ट्रपति अल–असदको सरकारले पछिल्लो समय झण्डै दुई तिहाई क्षेत्रमा नियन्त्रण जमाएको छ । अल–असदको सेनाले विपक्षी समूह र जिहादी समुदायमाथि सन् २०१५ सम्ममा श्रृङ्खलावद्ध विजय हाँसिल गरेपछि सरकारले देशका अधिकांश भागलाई नियन्त्रणमा लिन सफल भएको थियो तर टर्कीले सिरियाली सीमा क्षेत्रमा काटेर टर्की विरोधि सिरियाली समूहमाथि धावा बोलेपछि रूस,टर्की र इरानको मुख्य पहलमा राष्ट्रसङ्घको मध्यस्थतामा सिरियाली सेनाले टर्की क्षेत्रलाई पनि हेर्नेगरी सन् २०१९ मा सहमति भए अनुसार अहिले सिरियाली सरकारको उपस्थिति टर्कीको सीमा क्षेत्रमा पनि पुगेको छ ।

तर सिरियाका कतिपय क्षेत्रहरूमा अझै पनि सरकारको उपस्थिति रहेको छैन । सिरियाको विपक्षी समूहको प्रभाव क्षेत्र मानिने इदलिब प्रान्तमा अहिले पनि सिरियाली जिहादी समूह एचटीएसको नियन्त्रणमा रहेको छ ।

सिरियाको इदलिबमा सरकारले सन् २०१९ को डिसेम्बर १९ पछि निर्णायक सुरक्षा कारबाही भन्दै चलाएको अभियानका कारण यस क्षेत्रबाट अहिलेसम्म विस्थापित हुनेको सङ्ख्या दुई लाख ८४ हजार पुगेको संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संगठनहरूले बताएका छन् ।

सिरियाको उत्तरपूर्वमा रहेको सिरियाको एक क्षेत्रमा टर्कीको सेनाले टर्कीसँग नजिक सम्बन्ध रहेको विपक्षी समूहको सुरक्षार्थ तैनाद छ । कुर्दिस लडाकूसँगको लडाईपछि उक्त क्षेत्र टर्की निकटको सिरियाली समूहका लागि कब्जामा राख्दै आएको छ ।

सिरियाको सुदुरपूर्व, जसलाई पेट्रोलियम पदार्थको उत्पादनका लागि सम्पन्न मानिन्छ, मा अमेरिकी सेनाको अहिले पनि उपस्थिति रहँदै आएको छ । सिरिया युद्धका कारण उक्त मुलुकको अर्थतन्त्रलाई तीन दशक पछाडि धकेलेको अनुमान सिरियाबारे अध्ययन गर्दै आएका राजनीतिक तथा आर्थिक विश्लेषकहरूले बताउने गरेका छन् । सिरियामा अर्थतन्त्रका लागि महत्व राख्ने तेल, कोइला तथा अन्य खानी र विद्युत निर्माका लागि बनाइएका धेरै का भौतिक संरचनाहरूमा आंशिक वा पूर्ण क्षति भएका कारण तीनले आफ्नो उत्पादनलाई सञ्चालन गर्न सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो