सुनिल कुँवर, विचार | नेपालको राजनीतिक इतिहासमा १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा साशनको अन्त्य गरेर प्रजातान्त्रिक क्रान्ति भएको ६ दशक भइसकेको छ | तत्कालिन नेपाल प्रजापरिषद नेपाली काँग्रेसको नेतृत्वमा भएको देशव्यापी सशत्र क्रान्तिपछि विभिन्न ठाउँका राणा बडाहाकिमहरुले आत्मासमर्पण गर्दै आएपछि तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजाबीच त्रिपक्षीय सम्झौता भएको थियो | लामो समय देखि भारत गएर बसेका राजा त्रिभुवनले नेपाल आएर फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना गरे |
यो नै नेपालको इतिहासमा सबैभन्दा पहिलो जनक्रान्तिको उपलब्धि थियो | परिवर्तित राजनीतिक क्रान्ति मात्र नभएर नेपालको सामाजिक,आर्थिक तथा शैक्षिक विकासको कोसेढुंगा बन्न पुग्यो | जनतामा आएको खुसि र अधिकार, धेरै समय टिक्न सकेन, २०१७ सालमा राजाले गरेको शाही 'कू' ले नेपाली राजनीतिक भविष्यलाई अस्थिरता तर्फ धकेल्यो | २००७ सालको क्रान्तिले सिकाएको पाठ र तिन दशकलामो निरंकुश पंचायतले जनताको अधिकार मात्र कुण्ठित गरेंन,अन्तत आफ्नै राजतन्त्रको समाप्ति तर्फ उन्मुख भइरह्यो | निर्दलीय पञ्चायती व्यवस्था हटाउन र बहुदलीय व्यवस्थाको लागि २०४६ सालमा भएको क्रान्तिले प्रजातन्त्रको पुनर्स्थापना गर्यो | पंचायत व्यवस्थाप्रति जनतामा छाएको वितृष्णा,राजाको शोषण,जनाधिकार कुण्ठितले गर्दा प्रजातन्त्रको पक्षमा आवाज बुलन्द भइरह्यो |
बहुदलको स्थापनापश्चात पनी राजनीतिक उथलपुथल रोकिएन | दश बर्षेलामो जनयुद्ध र ३०६२/६३ को क्रान्तिले नेपालमा राजतन्त्रको अन्त्य गरि १७ हजार जनताको बलिदानीले गणतन्त्रको स्थापना भयो | राजनीतिक सक्रमणकालको अन्त्य गरी नेपालको संविधान सभाबाट २०७२ असोज ३ गते तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा संविधान जारी भयो | जनताका हक अधिकार र स्वतन्त्राको सुनिशित्ताकोलागि महत्वपूर्ण दस्तावेज बन्यो | मुलुकले पाएको संविधान पश्चात तत्कालिन नेकपा एमाले र मावोओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई वर्ष पुरा भइसकेको छ | प्रजातन्त्र स्थापना भएको छ दशक भइसकेको नेपालको इतिहासमा सबैभन्दा बलियो सरकार बनेपनि माफिया र दलालको जालोबाट उम्कन सकेको छैन |
आजको दिनसम्म गणतन्त्र स्थापनाले नजनताको आशा पूरा गर्न सकेको छ नदेशलाई सहि मार्ग र अग्रगामि विकासको दिशामा अघि बढाउन सकेको छ | सशत्र क्रान्तिले जनजिविकामा कुनै परिवर्तन आएन,सामन्ती राज्य व्यवस्थाले निम्त्याएको अस्थिरता र संघर्ष हो भन्ने हिजोका ति क्रान्तिकारीले आफ्नो जीवनमा मात्रै परिवर्तन ल्याए | मुलुकलाई भ्रष्टाचारको दलदलमा राखेर सुशासनको गुनगान गाउने नैतिक अधिकार नआजका नेतृत्वमा छ, नब्रह्म लुट सहने, राष्ट्रियताको सवालमा धावा बोल्ने,विदेशी विस्तारवाद सहने जनतालाई | सामाजिक परिवेशमा हावी भएको राजनीतिलाई परास्त गर्न नसक्नु आजको समस्या हो | देशको ७० हजार हेक्टर जमिक छिमेकि मुलुक भारतले हडपी सक्दा समेत एक शब्द बोल्न नसक्ने आजका राष्ट्रवादी छोटे राजाहरुबाट देश र जनताले के विकास र सर्वभौमसत्ता, स्वाधिनताको अपेक्षा गर्न सकिन्छ ? भारतले आफ्नो राजनैतिक नक्सामा औपचारिक रुपमा नेपाली भूमि कालापानी,लिपूलेक,लिम्पियाधुरा समेटी सकेको छ, भने दार्चुलाको व्यास गाउँपालिकामा पर्ने उक्त क्षेत्रमा नेपालभित्र एक किलोमिटर सडक खनिसकेको छ | तराई क्षेत्रको त कुरै न गरौं | हरेक दिन जंगे पिल्लर सारिदै छन् | राष्टिय स्वाधिनता र सर्वोभौमका विषयमा समेत बोल्न सक्दैन् देशका प्रधानमत्री | देशको सिमाना मिचिएको विषयमा भारतसँग बोल्न जरुरी छ | कुटनीतिक पहल गर्नु आवश्यकता छ | तर बिडम्बना जिम्मेवार नेतृत्वले राष्ट्रियताको सवालमा मजाग नै उडाई दिने गरेका छन | यस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेतृत्वको जिम्मेवार र विश्वसनीयता प्रष्ट देखाउँछ |
हिजोको पंचायत व्यवस्था र निरंकुश शासनको संस्कारको निरन्तरता आजका छोटे राजाहरुबाट पनि हट्न सकेन | स्वतन्त्रताकोलागि बुलन्द आवाज उठाएका योद्धा र द्वन्द्व पिडितहरुको समस्या आजपनि जहाँको त्यँही छ | रगतको खोला बगाएर,बन्दुकको नालमा सिरानी राखेर लडेहरुको बिचल्ली मात्र भयो | गर्भमै बुबा गुमाएर टुहुरो जीवन बिताई रहेका छोराछोरीका बुबाले,सिन्दुरको टिका पुछिएर एकल जीवन बिताईरहेका ति महिलाका श्रीमानले परिकल्पना गरेको गणतन्त्र यहि हो ? हिजोका सामन्ती राजाको व्यवहार आजका गणतन्त्रवादीले गर्दछन भने राजा र यी गणतन्त्रका नायकमा के फरक छ ?
आजका नेतृत्वले विलाशिताको जीवन बिताउन र राजकीय शैलीमा बाच्नकालागि जनताका छोराछोरीलाई क्रान्ति,संघर्ष भनेर बन्दुक बोकाएको प्रष्ट हुन्छ | शक्ति र शत्ताको उन्मादले भरिएको आफ्नो चरित्रलाई फेर्नु जरुरी छ | फेरी पनि जनताको शब्द र स्वतन्त्रतालाई कुण्ठित गर्नका लागि प्रजातन्त्रलागि रगत बगाएको होइन | मैले ५ हजार मान्छे मात्रै मारेको हुँ भन्दै गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिने आजका नेतृत्वबाट के अपेक्षा गर्न सकिन्छ ?
जताततै दण्डहीनता मौलाए छ | शक्ति र सत्ताको भरमा बलात्कारी,हत्यारालाई उन्मुक्ति दिने निर्णयले अदालतको विश्वशनीयतामाथि प्रश्न खडा हुन् थालेको छ | अर्जुन लामाको हत्याको आरोप लागेका अग्नि सापकोटालाई सभामुख बनाउनु,तथ्य र प्रमाण हुँदाहुँदै बलात्कारका आरोपित कृष्णबहादुर महरालाई सफाई दिनु,आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरीको चतरा धामका शिद्द्द बाबालाई धरौटीमा छोड्नु,बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव बिष्णु पौडेल,तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपाललाई उन्मुक्ति दिनुले राज्यका संयन्त्र र संविधानिक अंगहरुमाथि आशंका उब्जिएको छ भने जनमानसमा विश्वशनीयता घट्दै गएको छ | शक्ति र पहुँचको भरमा जसले जे गरेपनि हुने,राजनीतिक आडमा ठुलालाई कानुन नलाग्ने सानाले मात्रै भोग्नु पर्ने 'सानालाई ऐन ठुलालाई चैन' बनाउनकै लागि,हो त् प्रजातन्त्रको परिकल्पना गरिएको ?
जिम्मेवार राजनीतिक नेतृत्व र देशलाई कुन गति र दिशामा हाक्ने भन्ने व्यक्तिबाट भाषणमात्रै आउनुले जनतामा चरम वितृष्णा छाएको छ | देशमा बढ्दै गएको बेरोजगारी,कृषि क्षेत्रको समस्या,भोकमरी, शिक्षा,स्वास्थ्य क्षेत्रको विकृति,स्थानीयतहमा मौलाएको भ्रष्टाचारले गर्दा शासकीय शैली र शासन प्रणाली नै संकटमा पर्न सक्छ | जिल्ला सदरमुकाम सम्म जोड्ने सडक संजाल पुगिसकेका छैनन,जनता सिटामोल खान नपाएर ज्यान गुमाई राखेका छन् | यस्तो अवस्थामा सरकारको विकासे नारा र सपना मृगमरिचिका मात्र बन्न पुगेको छ | चिनि उत्पादन गर्ने किसानले भोग्नु परेको पिडा र सरकारको आश्वासनले कान फुटी सकेका छन् | उद्योग मन्त्री लेखराज भट्ट आफैले मन्त्रालयमा बोलाएर सर्लाहीका चिनि किशानसंग गरेको सम्झौता कागजमै सिमित बनेको छ | किसानले अहिले सम्म पैसा पाएका छैनन | प्राकृतिक स्रोत र साधनको चरम दोहन भएको छ | स्थानीय तहमा विकासको नाममा बनजंगल फडानी गर्ने र नदि उत्खनन गर्ने होड नै चलेको छ | व्याप्त रुपमा रहेको सामाजिक समस्या र भ्रष्टाचारलाई सरकारले नै प्रोत्साहन दिईरहेको छ | द्वन्द्व र राजनीतिक अस्थिरताको अन्त्य भइसकेको छ |
एउटा निजि कम्पनीलाई कौडीको भाउमा सम्पूर्ण सरकारी जमीन सयौ बर्षका लागि दिइन्छ | योग्यता र क्षमताको भरमा नभएर केवल राजनीतिक दोसाधमा मात्र आफ्नालाई राख्ने गरिन्छ| अर्बौ कर छली गरिरहेका व्यापारिक कम्पनिलाई कारबाही गर्न कसले रोक्यो सरकारलाई ? बर्षौ-बर्ष ठेकेदारले योजना अलपत्र छोड्दा समेत कारबाही केहि गर्न सक्दैनन, राज्यका उच्च ओहोदामा बसेका निर्लज्ज सत्ताका हस्तीहरुले | भक्तपुरको सडक अलपत्र पार्ने ठेकेदार प्रचण्डका घरपेटी शारदा अधिकारी, पप्पु कन्स्ट्रक्सन जस्ता ठेकेदार कम्पनीलाई किन कारबाही हुँदैन ? जबसम्म जनतामाझ छाएको वितृष्णाको अन्त्य हुँदैन तब सम्म नेपाली वीर शहिदले शान्ति पाउने छैन् | राणा शासन विरुद्ध ज्यानको बाजी थापेका, रगतको भेल बगाएर स्थापना गरेको प्रजातन्त्रले देखाएकोबाटो नेपाली राजनीतिले बिराएकै हो त् ?