प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा उपप्रधानमन्त्रीद्वय बिजयकुमार गच्छदार, कमल थापा, एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेल लगायत नेताहरु र बारका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी लगायतका संविधानविदहरु सहभागीसँग छलफल गरेका छन् ।
ओलीद्वारा सरकार टिकाउने दौडमा भएको उक्त छलफलमा महान्यायाधिवक्ता हरि फुँयाल पनि सहभागी छन् । छलफलमा प्रधानमन्त्री ओलीले आफूले सत्ता साझेदार दलहरुको सुझाव अनुसार नै संसदको सामना गर्ने निर्णय लिएको बताए । साथै उनले संविधान विपरीत जाने आफ्नो कुनै सोच पनि नरहेको जिकिर गरे ।