साउन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै निवास बालुवाटारमा बोलाएका छन ।
संसदमा दार्त भएको अविश्वासको प्रस्ताव, साउन ६ गतको कार्यसूचि र बजेटसम्बन्धी विद्येयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले देउवा र प्रचण्डलाई बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
भेटमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।