३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना देखिएको चार महिनापछि अक्सफोर्डको ल्याबमा मानिसमा भ्याक्सिन परीक्षण

११ बैशाख २०७७, बिहीबार १९:५८

वैशाख १२, काठमाडौँ (एजेन्सी) | कोरोना महामारीको डरका बीच सुखद आशाका समाचार छ । कोरोनालाई जरैदेखि हटाउनको लागि भ्याक्सिन तयार गरिएको छ र बिहिबार अक्सफोर्ड युनीभर्सिटीको ल्यावमा पहिलो पटक यसको मानिसमा परीक्षण गरिएको छ । मतलब अब मानिसमा परीक्षण भएको भ्याक्सिनको प्रभाव सकारात्मक रहेको खण्डमा त्यो नै कोरोना बिरोद्धको खोप हुनसक्नेछ । 

पहिलो चरणमा अक्सफोर्डले भ्याक्सिनको परीक्षण स्वस्थ युवाहरुमा गरेको छ, जसको उमेर १८ देखि ५५ बर्षको छ । यो भ्याक्सिन मानिसको लागि सुरक्षित सावित भएमा थप बृद्ध तथा कालो र एशियाली अल्पसंख्यक जातीय ग्रुपमा परीक्षण गरिने भएको छ । 


जानकारीका अनुसार, विभिन्न चरणको परीक्षण प्रभावकारी भए भ्याक्सिनले काम गरेको अवस्थालाई हेरी त्यसै अनुसार भ्याक्सिन बन्नेछ र आशा गरिए अनुसार भए सेप्टेम्बरसम्ममा १० लाख भ्याक्सिन प्रयोगमा ल्याइनेछ । 

अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर सराह गिलबर्टले भने – 'मेरो टीम अपरिचित विरामीहरुमा काम गर्दै थियो । हामीले यसको नाम दिएका थियौं डिजिज एक्स । ताकि यदी भविष्यमा कुनै महामारी फैलियो भने हामी त्सयस विरुद्ध लड्न सकौं । हामीलाई अनुमान थिएन कि यसको जरूरत यति छिटै पर्छ । यो बिधिलाई अलग-अलग विरामीहरुमा प्रयोग गरिसकिएको छ । हामी अरु विरामीहरुमा १२ क्लिनिकल परीक्षण गरिसकेका छौं । हामीलाई राम्रो रेस्पोन्स प्राप्त भएको छ ।  यसको एकै डोजले मानिसको प्रतिरक्षा राम्रो हुनसक्छ ।' 


अहिलेसम्म मानिएको छ कि कोरोना भाइरसको इन्जेक्शन बनाउनको लागि १२ देखि १८ महिना लाग्न सक्छ । तर ब्रिटेनले बाजी मार्ने नजिक अवस्थामा छ । यसको खोज गर्ने वैज्ञानिकहरुको भरोसा यतिसम्म छ कि परीक्षणसंगै संसारका ७ केन्द्रमा भ्याक्सिनको उत्पादन पनि शुरू भईसकेको छ । भारत पनि त्यस मध्ये एक केन्द्रमा पर्छ । अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर एड्रियन हिलले भने 'यो भ्याक्सिन निर्माण गर्ने जोखिम हामीले लिएका छौं, त्यो पनि थोरै होइन । हामीले संसारको ७ अलग-अलग उत्पादक नेटवर्कको मद्मतबाट भ्याक्सिन बनाईरहेका छौं । हाम्रो तीन पार्टनर यूकेमा छ, दुई यूरोपमा छन्, एक चीनमा र एक भारतमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल