२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना देखिएको चार महिनापछि अक्सफोर्डको ल्याबमा मानिसमा भ्याक्सिन परीक्षण

२०७७, ११ बैशाख बिहीबार १९:५८

वैशाख १२, काठमाडौँ (एजेन्सी) | कोरोना महामारीको डरका बीच सुखद आशाका समाचार छ । कोरोनालाई जरैदेखि हटाउनको लागि भ्याक्सिन तयार गरिएको छ र बिहिबार अक्सफोर्ड युनीभर्सिटीको ल्यावमा पहिलो पटक यसको मानिसमा परीक्षण गरिएको छ । मतलब अब मानिसमा परीक्षण भएको भ्याक्सिनको प्रभाव सकारात्मक रहेको खण्डमा त्यो नै कोरोना बिरोद्धको खोप हुनसक्नेछ । 

पहिलो चरणमा अक्सफोर्डले भ्याक्सिनको परीक्षण स्वस्थ युवाहरुमा गरेको छ, जसको उमेर १८ देखि ५५ बर्षको छ । यो भ्याक्सिन मानिसको लागि सुरक्षित सावित भएमा थप बृद्ध तथा कालो र एशियाली अल्पसंख्यक जातीय ग्रुपमा परीक्षण गरिने भएको छ । 


जानकारीका अनुसार, विभिन्न चरणको परीक्षण प्रभावकारी भए भ्याक्सिनले काम गरेको अवस्थालाई हेरी त्यसै अनुसार भ्याक्सिन बन्नेछ र आशा गरिए अनुसार भए सेप्टेम्बरसम्ममा १० लाख भ्याक्सिन प्रयोगमा ल्याइनेछ । 

अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर सराह गिलबर्टले भने – 'मेरो टीम अपरिचित विरामीहरुमा काम गर्दै थियो । हामीले यसको नाम दिएका थियौं डिजिज एक्स । ताकि यदी भविष्यमा कुनै महामारी फैलियो भने हामी त्सयस विरुद्ध लड्न सकौं । हामीलाई अनुमान थिएन कि यसको जरूरत यति छिटै पर्छ । यो बिधिलाई अलग-अलग विरामीहरुमा प्रयोग गरिसकिएको छ । हामी अरु विरामीहरुमा १२ क्लिनिकल परीक्षण गरिसकेका छौं । हामीलाई राम्रो रेस्पोन्स प्राप्त भएको छ ।  यसको एकै डोजले मानिसको प्रतिरक्षा राम्रो हुनसक्छ ।' 


अहिलेसम्म मानिएको छ कि कोरोना भाइरसको इन्जेक्शन बनाउनको लागि १२ देखि १८ महिना लाग्न सक्छ । तर ब्रिटेनले बाजी मार्ने नजिक अवस्थामा छ । यसको खोज गर्ने वैज्ञानिकहरुको भरोसा यतिसम्म छ कि परीक्षणसंगै संसारका ७ केन्द्रमा भ्याक्सिनको उत्पादन पनि शुरू भईसकेको छ । भारत पनि त्यस मध्ये एक केन्द्रमा पर्छ । अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर एड्रियन हिलले भने 'यो भ्याक्सिन निर्माण गर्ने जोखिम हामीले लिएका छौं, त्यो पनि थोरै होइन । हामीले संसारको ७ अलग-अलग उत्पादक नेटवर्कको मद्मतबाट भ्याक्सिन बनाईरहेका छौं । हाम्रो तीन पार्टनर यूकेमा छ, दुई यूरोपमा छन्, एक चीनमा र एक भारतमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ