Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर)

By साझासवाल

काठमाडौँ | मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।

पशिुपतिनाथ अन्तर्गत पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै शतबिज छरिएको छ ।

रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप सेलाएर शतबीज छरिन्छ। यसो गरेमा दिवङ्गत पितृहरुले शान्ति पाउने धार्मिक विश्वास छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपति आउने गर्छन्।