2026-07-25 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘४ अर्व नगद धरौटीलाई सामुहिक लगानी गरौँ, युवालाई नेपालमै रोजगारी दिउँ’

जेठ ६, काठमाडौं । हालमा बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस  (कोभिड-१९ ) कारण लकडाउनमा  बस्नुपरेको अवस्तामा भोलिका दिनमा सृजना हुन सक्ने बेरोजगारी समस्याको बारेमा सरकार र जनताले सुच्नु पर्ने अवस्ता सिर्जना हुँदैछ ।  आगामी सम्भावित अवस्थाले ल्याउन सक्ने समस्याको बारेमा समयमै सरकारले सोच्नुपर्ने बेला आएको छ अन्यथा यसबाट हुन सक्ने बिकराल समस्यालाई न त सरकार वा न त  जनताले नै समाधान गर्न सक्ने अवस्था नहुन पनि सक्नेछ।  

अब कोरोना पछि बैदेशिक रोजगार को अवसर दुइ, तीन वर्ष ठप्प हुन गई वार्षिक ५ लाख जना जनता  वैदेशिक रोजगारबाट बन्चित भई बेरोजगारको संख्या वृद्धि हुन सक्नेछ।  यती मात्र नभए वैदेशिक रोजगार र विदेशमा रहेका खाडी, मलेशिया, जापान, कोरिया, युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगाएतका विश्वको विभिन्न मुलुकबाट कोरोना सकिए लगतै नेपाल फर्किनेको संख्या २० लाख भन्दा बढी हुन सक्ने अनुमान लगाउन सकिन्छ।

यसरी कोरोना पछिको  वैदेशिक  रोजगारका प्रभावले हुन सक्ने बिकराल नेपाली बेरोजगारहरुको संख्या लाई सरकारले  सहजै नेपालमा  रोजगारको अवसरहरु सिर्जना गर्न सक्छ होला ? भन्ने अवस्थामा विश्वस्त हुन गार्हो छ किनकि पहिले नै बेरोजगारको संख्यालाई वैदेशिक रोजगारले घटाएर राखेको थियो ।  साथै पुराना उद्योग र कल कारखाना बन्द हुँदै घटीरहेको अवस्थामा नयाँ  थप्ने वा बढाउने भन्ने सरकार ले त्यति धेरै सोचेको थियो भन्ने देखिएको थिएन । त्यसमा पनि हामी जस्तो भूपरिवेष्ठित  मुलुक अनि आयातमा निर्भरता भइ जनताहरु धन्न बाचिरहेका छौ ।

 तसर्थ अब हुन सक्ने जटिल परिस्थितिलाई समाधान गर्न तर्फ सरकार , ब्यवसायी र जनता मिलेर केन्द्रित हुनुपर्ने अवस्था देखिन्छ ।  उक्त अभियान अन्तर्गत सरकारले वैदेशिक रोजगार ब्यवसायीको नगद धरौटी लाई ब्यवसायी मार्फत नै सामुहिक लगानी गर्न प्रेरित गर्नु राम्रो हुनेछ, जसमा सरकारले कृषिविद र अर्थविद सहित को बैदेशिक रोजगार ब्यवसायीको समिति बनाई समुह समुहमा लगानी गर्ने वातावरण बनाई बढी भन्दा बढी रोजगार सिर्जना गर्ने र नेपालमा  खाद्य  खाद्यन्न् अभाब हुन सक्ने अवस्थालाई रोक्नु पर्ने देखिन्छ। जस्अन्तर्गत देश को विभिन्न ठाउँ को खाली जग्गामा  ब्यवसायीक कृषि र पशुपालन गर्न लगाई साथै उत्पादन मुलक ब्यवसाय, कल कारखाना तथा उद्योग हरु को छनोट गरि गाउंका युवाहरु लाई पनि सामुहिक ब्यवसाय गर्न प्रेरित गर्नु पर्दछ। हाल संचालनमा रहेका ८ सय ५३ म्यानपावर कम्पनीले ४ अर्व भन्दा बढी रकम नगद धरौटी राखेका छन् ।

समग्र मा भन्नु पर्दा अब को दिनमा नेपाल सरकार ले समय मै ध्यान पुर्याई वैदेशिक रोजगार र वैदेशिक रोजगार ब्यवसायीको योगदानले गर्दा सिक्नु र जान्नु पर्ने कुरा हरु विदेशमा सिकी कोरोना पछिका दिनमा आफुले जानेका सिप र ज्ञान लाई नेपाल मै सदुपयोग गर्दै नेपाल र नेपाली जनता समृद्दी तर्फ लम्किरहेको उदाहरण विश्वसामु देखाउन सकिने छ।

 लेखक वैदेशिक रोजगार ब्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ