साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसल"/>
२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले भने- ‘अविश्वास प्रस्ताव होइन ‘ईश्र्या प्रस्ताव’ हो’

५ श्रावण २०७३, बुधबार ०५:१२

साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसले लुकायो ?'

प्रधानमन्त्री ओलीले गायब बनाइएको सो विधेयकको कार्यसूची बिहीबारको संसद बैठकमा खोजी हुने समेत बताए । बलजफ्ती गरेर अघि नबढ्न ओलीले सबैलार्य आग्रह गरे । त्यस्तै, सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव ल्याएको प्रधानमन्त्रीको भनाइ छ । 

जिफन्ट को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी गरेका हुन् । 

उनले संसद्लाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रश्न भने, ‘संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्छ ?' असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ ।

अविश्वास प्रस्तावलाई विपक्षीको ‘ईश्र्या प्रस्ताव र चिन्ता प्रस्ताव' को संज्ञा दिँदै उनले सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको बताए । 

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु भएको बताए । उनले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गरे प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली आउँदा सहभागीले ‘आइ एम विथ केपी ओली' को प्ले कार्ड प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का