नेपाली कांग्रेस संसदीय दलको कार्यालय सि"/>
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सि"/>
साउन ५, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावका विषयमा अहिले छलफल सुरु भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु बैठकमा वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित गर्ने साझा रणनीतिका विषयमा छलफल हुने भनिएको छ । छलफलमा नेकाँका सभापति एवम् प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता कृष्णबहादुर महराको सहभागिता छ । माओवादी केन्द्रले नेकाँसँग मिलेर असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो। सो प्रस्तावमाथि भोलि सदनमा छलफल सुरु हुँदैछ ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
काँग्रेस र माओवादी केन्द्रबीच छलफल सुरु
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार