२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज निर्जला एकादशी : ८ वर्षदेखि ८० वर्षसम्मका मानिसले के गर्ने, के नगर्ने ? पढ्नुहोस्

२०७७, २० जेष्ठ मंगलवार ०६:२३

ज्यो..पं विष्णुप्रसाद खनाल। जेठ २०, काठमाडौं। एकादशी भनेको चन्द्रमासको एघारौँ दिन हो । यी सामान्यतया वर्षमा चौबीस वटा पर्ने गर्दछन् । अधिक मास परेको वर्षमा छब्बीस वटा हुन्छन् । एकादशीलाई हरिवासर, माधवतिथी पनि भनिन्छ ।

प्रत्येक एकादशीको आफ्नै महत्व र विशेषता रहेका छन् । एकादशी तिथि भगवान् विष्णुको प्रिय दिन हो । एकादशी व्रतले विशुद्धतालाई प्राप्त गरी शरीर अत्यन्त हल्का र चङ्गा रहन्छ । वीर्य, ओज र तेजको अपूर्व वृद्धि भई व्यक्ति देदिप्यमान् बन्दछ । अनुहारमा सात्विक चमक, तेज र सैन्दर्य काफी मात्रामा बढ्न जान्छ । मन स्थिर र एकाग्र रहन्छ । दस‌ै इन्द्रीय प्रफुल्ल र पवित्र रहन्छन् । उपासकमा आत्मगौरवको भावना बढ्छ र आध्यात्मिक शक्तिको विकास हुन्छ । तनाव र चिन्ता हट्दछ । वैज्ञानिक कुरा गर्दा हाम्रो खानपानको गडबडीले हामीलाई सम्पूर्ण रुपमा असर गर्छ । 

भनिन्छ अति भयो भने खति हुन्छ । यहाँ त्यही नियम लागू हुन्छ । यदि हामीले चाहिने भन्दा धेरै क्यालोरी खायौँ मास–मदिरा खायौँ नित्य यौनिकक्रिया गर्यौ भने डिएनएमा भएको टेलामोर जो कि सूचना सुरक्षित राख्न डिएनएको एउटा चक्रमा एक जोडी हुन्छन् । धेरै मात्रामा खेर जान्छन् ।

जवकी सात्विक भोजन गर्नेको सदाचारमा रहनेको यो कोषीय क्षय नगन्य मात्रामा हुनेछ । तागत पनि ज्यादा मिल्ने हुन्छ । व्रतको समयमा स्वास दीर्घ हुने हुँदा स्वतह प्राणायम हुँदा आयु बढ्नेछ । हाम्रो शरीरमा लगभग ७५ प्रतिशत पानी वा तरल पदार्थ हुन्छ । जसले गर्दा कुनै पनि किरण, विकिरण   विद्युतको कुशल सुचालक हो । पृथ्वीबाट सबभन्दा नजिक रहेको ग्रह चन्द्रमा रहेको छ । जसलाई मनको कारक भनेर पनि मानिएको छ । नजिक भएको र अज एकादशीदेखि पूर्णिमा (औँसी)सम्म घुम्ने क्रममा अज नजिक आइपुग्ने हुँदा मानिसलाई घेरै असर गर्छ । भनिन्छ आफ्नो थैलोको मुख राम्रोसँग बाध्यो भने कसैलाई चोर दोष लगाउन पर्दैन । त्यसैले हामीले दैनिकीमा केही परिवर्तन ल्याउँदा जीवन धेरै र स्वास्थ जीउन पाउछौँ भने किन नगर्ने । हामीले प्रत्यक्ष पनि थाहा पाइरहेको कुरा हो विभिन्न आपराधिक क्रियाकलाप प्रायः एकादशीदेखि पूर्णिमासम्म हुने गर्दछन् । समुन्द्रमा छाल पनि बढी मात्रामा यही समयमा आउने गर्दछ ।

आयुर्वेदअनुसार त्रिगुण र सप्तधातुको खराबीबाट रोग उत्पन्न हुने गर्दछ । एकादशीको दिनमा अन्न सेवन गरेमा विकार वा पाप पैदा हुन्छ त्यसैले खानु हुदैन । सबभन्दा राम्रो उपवास निर्जला एकादशी हो । जुन अहिलेको हो । तर अहिलेका मानिसले सो गर्न सक्दैनन् त्यसैले मनतातो पानी समय समयमा खाएर गर्नु नै राम्रो हो । श्रीमद्भगवत गीता अध्याय (१७ र १९) श्लोकले पनि शरीरलाई पीडा दिएर आफूलाई हानी पुर्याउनु हुँदैन भनेको छ । विज्ञानले पनि पूर्ण उपवास वर्जित गरेको छ । किनभने उपवासको क्रममा जुन क्षार उत्पन्न भएको हुन्छ । त्यसलाई बाहिर फाली शारीरिक भित्री उपचार प्रक्रियामा सहयोग गर्नुपर्ने हुन्छ ।

महाभारतमा जनाएअनुसार यदि अधिकमाससहित एक वर्षमा रहेका छव्बिसवटा व्रतमध्ये पच्चीस वटा नगरी यो एउटा गरेपनि सबै व्रत गरेको फल मिल्दछ भनिएको छ । तर श्रद्धा विना र अनुचित कामना राखेर गरेको उपासना चाहीँ पूर्ण हँदैन । (भ.गीता १७, १९ र २८ श्लोक) पानी पिएर गरेको व्रत व्रत गरेको पनि मानिन्छ र नगरेको यानकी तोडेको पनि मानिन्छ । जुन कुरा राजा अम्वरिस र दुर्वासाबीचको कथा प्रसङ्गबाट पनि बुझ्न सकिन्छ । भगवान् सधैँ भक्तको साथमा हुनुहुन्छ भन्ने र पारजा को महत्त्व पनि दर्शाईएको छ । जसअनुसार नक्षेत्राआन्तमा र द्वादशी तिथी अन्त्य नहुँदै पारजा गर्नुपर्ने हुन्छ । वैष्णव अपराधको कुरा पनि दर्शाइएको छ ।

पद्मपुराणका अनुसार एकादशी व्रत आठ वर्षदेखि असी वर्षसम्मका सबैले गर्नुपर्दछ । अशक्त र बिरामीको लागि भने होइन । पातञ्जली योग सुत्रका अनुसार यदि मांसहार गर्ने व्यक्ति छ भने महिना दिनको उपवासले पनि पूर्ण रुपमा पवित्र हुँदैन । एकादशी व्रतले त सात्विकको शुद्धता गर्दछ । अब निर्जला एकादशीको कथाको ज्ञान थाहा पाउनाले पूण्य मिल्दछ । महाभारतकालमा एक दिन महर्षि वेदव्यास पाण्डवहरुलाई एकादशी व्रतको महत्व सम्झाउँदै हुनुहुन्थ्यो । महत्व सम्झिएपछि भीमबाहेक अरु सबैले र द्रौपदीले पनि व्रत गर्ने संकल्प गरे । भीमको पेटमा बृक्क नामक अग्नि थियो जसले गर्दा भोक धेरै लाग्थ्यो । नाग प्रदेशको दस कुण्डको रस पिउनाले जब उसमा दशहजार हात्तीको बल आयो तब उसमा भोक झन् बढेर गयो । जसले गर्दा उनी वर्ष भरीका एकादशी व्रत गर्न असमर्थ भए । महत्व सुनेर व्रत गर्ने मन पनि लाछ दुविधामा परे । उहाँले आफ्नो स्थिति महर्षि वेदव्याससमक्ष राख्नु भयो । 

अनि वेदव्यास सम्झाउँदै भन्नु हुन्छ, यदि तिमी ज्येष्ठ शुक्ल एकादशीको निर्जला व्रत राख्यौँ भने वर्ष भरीका अरुसबै एकादशी उपाशना गरे बराबरको फल मिल्नेछ । त्यसै सल्लाहअनुसार भीमसेनले पनि यो एकादशीको व्रत गर्नुभयो । त्यसै कारण यो एकादशीलाइ भीमसेन एकादशी पनि भनिन्छ । अन्त्यमा हामीले माथिको प्रसङ्गबाट यो कुरा बुझ्यौँ कि जसरी जानेर छोएपनि अञ्जानमा छोए पनि आगोको काम पोल्ने हो, त्यसरी नै जानेर वा नजानेर गरे पनि महिनामा दुईपटक छत्तीस–छत्तीस घण्टा वा चौबीस–चौबीस घण्टा उपवास गर्दा शारीरिक र मानसिक सुगठनमा प्रभावकारी भूमिका खेल्छ । 

सम्पर्क : ९८४१५९८८४८

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि