२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली चक्रवात निसर्ग प्रभाव : नेपालमा भारी वर्षा हुने अनुमान

२०७७, २२ जेष्ठ बिहीबार ०६:०७

जेठ २२, काठमाडौं। अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ । अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’नाम दिइएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो पौने तीन बजेतिर भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा शक्तिशाली चक्रवातको रुपमा ठोक्किए पनि नेपालतर्फ वहने क्रममा यो कमजोर भइसकेको छ । कुनै पनि चक्रवात जमिनमा ठोक्किएपछि कमजोर हुन्छ ।

त्यसैले निसर्ग चक्रवातको प्रभाव भारतमा जस्तो शक्तिशाली नेपालमा हुँदैन । यद्यपि यसको प्रभाव बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको भन्दा बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ । निसर्ग चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने छ । शनिबारसम्म नेपालका अधिकांश स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षासमेत हुने छ  ।

उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने, नदीमा पानीको वहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडि भूभागमा पहिरोको समेत जोखिम हुने पूर्वानुमानसमेत गरिएको छ । निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा देखिइसकेको छ । त्यसैको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेश बाहेक बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु