2026-06-20 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो

जेठ २२, काठमाडौँ | हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ । 

हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम रु एक हजार १०५ देखि न्यूनतम रु २२५ सम्म भाडादर घटाएको कम्पनीले उल्लेख गरेको छ । सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको छ । 

नेपाल आयल निगमले गत अप्रिल १ तारिखदेखि हवाई इन्धनको मूल्यमा रु १५ घटाएको थियो । त्यस्तै बजेटमार्फत सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर बापतको रु १० पनि छुटको घोषणा गरेको थियो । बुद्धको माउन्टेन उडानमा रु ८६० घटेर दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भरतपुर जम्मा ६९५ बनाइएको छ । यो गन्तव्यमा रु २७० घटेको छ ।

त्यस्तै काठमाडौँ–पोखरा रु ३९५ घटेर रु एक हजार ३० बनाइएको छ । काठमाडौँ–विराटनगर साविकको भाडामा रु ६०० घटाई एक हजार ५६० कायम गरिएको छ । काठमाडौँ–धनगढीमा रु एक हजार १०५ घटेर जम्मा रु दुई हजार ८७० भएको छ भने नेपालगञ्ज गन्तब्यमा रु ८१५ घटेर दुई हजार ११५ बनाइएको कम्पनीले जनाएको छ । 

यसैबीच जुन १ तारिखदेखि प्रमुख पर्यटकीय गन्तव्य काठमाडौदेखि पोखरा र चितवन आसपासका गन्तव्यको बजारीकरणको योजनामा जुटेको बुद्ध एयरले बन्दाबन्दी खुल्नासाथ उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको मार्ग निर्देशनअनुसार बुद्धले ‘सुरक्षा निर्देशिका’ बनाएको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी जहाजको विशेष सरसफाइ, र्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउन्टर तथा कार्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने उल्लेख छ । उक्त निर्देशिका अनुसार आफ्ना कर्मचारीलाई आगामी सातादेखि तालिम प्रदान गर्ने बुद्धले विज्ञप्तिमार्फत जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल