2026-06-20 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी रक्त समूह हुनेहरुलाई कोरोना संक्रमणको खतरा उच्च खतरा

जेठ २५, काठमाडौं । एजेन्सी । रक्त समूह एक भएकाहरुलाई कोरोना संक्रमणको खतरा अत्यधिक हुन्छ । उनीहरुमा संक्रमणको स्तर गम्भीर हुनसक्छ । यो दाबी जर्नमीको कील युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेका हुन् । उनका अनुसार अरुको तुलनामा उनीहरु संक्रमित हुने खतरा ६ प्रतिशत बढी हुन्छ ।

अनुसन्धानकर्ताले ए नेगेटिभ रक्त समूह भएका कोरोना पीडितमा डिएनएको एक विशेष हिस्सा यस्तो हुन्छ जुन यसका लागि जिम्मेवार हुनसक्ने तथ्य फेला पारेका छन् । अनुसन्धानको क्रममा यसको पुष्टि भएको हो । यसअघि चीनमा भएको अनुसन्धानमा पनि ए ‘नेगेटिभ’ रक्त समूह भएकाहरुमा कोरोना संक्रमणको खतरा अत्यधिक बताइएको थियो ।

भेन्टिलेटरको आवश्यकता पर्न सक्छः

अनुसन्धानकर्ताका अनुसार ए नेगेटिभ रक्त समूह भएकाहरुलाई अक्सिजनको अत्यधिक आवश्यकता पर्न सक्छ वा उनीहरुलाई भेन्टिलेटरमा लैजानु पर्ने सम्भावना अत्यधिक हुन्छ । यसै कारण युवा र स्वस्थ व्यक्ति पनि कोरोनाद्वारा संक्रमित हुनसक्छन् वा उनीहरुको मृत्यु हुनसक्छ । अमेरिकामा कोरोनाका ४० प्रतिशत बिरामी युवा छन् ।

गत हप्ता ३० प्रतिशत युवा संक्रमित भएः

अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार गत हप्ता अस्पताल भर्ना हुने कोरोनाका ३० प्रतिशत बिरामीको उमेर १८ देखि ४९ वर्ष थियो । रक्त समूह ए नेगेटिभमा कुन उमेर समूहका व्यक्ति सबैभन्दा बढी प्रभावित हुन्छन् यसबारे अनुसन्धानकर्ता पत्ता लगाउने कोसिसमा छन् ।

डिएनए रिपोर्टमा कमन प्याटर्न देखियोः

अनुसन्धानकर्ताका अनुसार इटली र स्पेनका यस्ता कोरोना पीडितका स्याम्पल लिइयो जसलाई सास फेर्न समस्या भइरहेको थियो । दुबै देशका यस्ता १६ सय १० बिरामीको जिनोम सिक्वेन्स परीक्षण गरियो । अनुसन्धानकर्ताका अनुसार उनीहरुको डिएनए रिपोर्टमा एउटा कमन प्याटर्न देखियो जुन ज्यानलाई जोखिम बढाउनका लागि जिम्मेवार हुनसक्छन् ।

यो रिपोर्टको मिलान कोरोनाका यस्ता २२ सय ५ बिरामीसँग गरियो जो गम्भीर रुपमा बिरामी थिएनन् । शोधकर्ताले डिएनएका दुई जिन यस्तो भेटे जसले १६ सय १० जनाको स्थिती गम्भीर बनाएको थियो ।

रक्त समूह माइनस ओमा खतरा कमः

अनुसन्धानकर्ताका अनुसार ओ नेगेटिभ रक्त समूह भएकाहरुलाई संक्रमणले गम्भीर रुप लिने आशंका सबैभन्दा कम छ । ए नेगेटिभ रक्त समूह भएकाहरुमा खतराको कारण प्रतिरोधी क्षमता हुनसक्छ जुन अत्यधिक सक्रिय हुँदा फोक्सो सुन्निनुका साथै अन्य अंगलाई यसरी प्रभावित पार्छ कि यी कोरोनासँग लड्नै सक्दैनन् ।

स्रोत : न्युयोर्क टाइम्स

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल