२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिकाको ‘न्युड फोटो’ २ दर्जन पुरुषलाई पठाई पैसा अशुली गर्ने व्यक्ति यसरी परे पक्राउ

२०७७, ३० जेष्ठ शुक्रबार ०३:२४

जेठ ३०, काठमाडौँ | पैसा कमाउने गलत बाटो रोजेका खोटाङका युवा यतिखेर प्रहरी फन्दामा छन् । काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया एक युवतीलाई मायाँजालमा पारेर उनको 'न्युड फोटो' लिई विदेशमा बसेका २ दर्जनसँग पैसा अशुली गरेका खोटाङका एकराम राई पक्राउ परेका हुन् । 

प्रेमी एकराम राईले प्रेमिकाको न्युड तश्वीर लिएर विदेशमा रहेका नेपालीबाट पैसा अशुली गरेको कुरा उनको प्रेमिकालाई थाहा नभएको प्रहरीसामु बयान दिएका छन् । लकडाउनको समयमा प्रेमिका इलाममा रहेको र उनलाई थाहा नदिई प्रेमिकाकै नाममा फेक आइडी बनाएर प्रेमिकासँग सम्बन्ध राख्ने क्रममा खिचेको तश्विर पठाई पैसा माग्ने गरेको प्रहरीलाई आरोपित राईले बताएका छन् । प्रेमिकालाई कोठामा बोलाई फकाईफुल्याई शारीरिक सम्बन्ध राखेका राईले सोहि क्रममा त्यस्ता तस्बिरहरु खिच्न भ्याएका थिए । सोहि तश्वीरलाई प्रयोग गरि राईले विदेशमा रहेका नेपालीहरुमार्फत पैसा अशुली गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।


यसरी पक्राउ परे राई 

मलेसियामा रहेका एक जना युवालाई प्रेमिकाको फेक आइडीबाट रिक्वेष्ट पठाई राइले अशुली गर्न प्रयास गरेका थिए । सोहि क्रममा म्यासेन्जरमा कुरा हुँदै जाँदा मलेसियामा रहेका युवाले तश्वीर पठाउन आग्रह गर्दा सिधै सामान्य तश्वीर नपठाई न्युड फोटो पठाइन्छ । अनि केहि समयपनि कुनै समस्या देखाएर पैसा मागिन्छ । भिडियो र अडियो च्याट गर्न नमान्ने तर तश्वीर पठाउने भएपछि शंका लागेर ति युवकले पैसा पठाउदैनन् । तब मलेसियामा रहेका युवकलाई ७० हजार नपठाए साइबर क्राइमको मुद्दा लगाइदिने भन्दै डर देखाइन्छ । कुनै नक्कली फेसबुकबाट कसैको तश्वीर प्रयोग गरेर यस्तो काम भएको हुनसक्ने ठानेर ति युवाले तत्कालै घटनाबारे नेपालमा रहेका आफ्नो दाईलाई जानकारी गराउँछन् । 

युवकले दाई घटनाको विवरण लिएर महानगरीय अपराध महाशाखा टेकु पुग्छन् । प्रहरीले फेसबुक आइडीमाथि अनुसन्धान गर्छ । उक्त आइडी कहाँबाट चलेको छ भने थाहा पाएपछि प्रहरीले उक्त गिरोहमा संलग्नलाई पक्राउ गर्न मलेसियामा रहेका युवकको मद्धतमा पहिले पठाउन भनिएको ७० हजार पठाउन आग्रह गर्छन् । उक्त पैसा अर्कै व्यक्तिको नाममा पठाउन आग्रह हुन्छ र मलेसियाबाट ती युवकले पैसा पठाइदिन्छन् ।

पैसा झिक्न गएको मौका छोपी अशुलीमा सलग्न राई अपराध महाशाखाको फन्दामा पर्छन् । राईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रेमिकाको नाममा आइडी खोली २ दर्जन व्यक्तिसँग अशुली गरेको उनले स्वीकार गर्छन् ।

प्रहरीसँगको बयानमा राईले आफूले पैसा कमाउने गलत बाटो रोजेको जानी-जानी उक्त काम गरेको जनाएको छन् । तर आफ्नै प्रेमीले यसरी आफ्नो तश्विरको दुरुपयोग गरेको बिषयमा उनको प्रेमिकालाई थाहा छैन । प्रहरीले राईको प्रेमिकालाई घटनाको विषयमा जानकारी गराईसकेको छ । राईमाथि उनको प्रेमिकाले साइबर क्राइमको मुद्धा चलाउने तयारी गरेकी छन् । 

काठमाडौँमा केटा-केटी समेत मिलेर फेक आइडी बनाई पुरुषहरुलाई 'न्युड फोटो' पठाएर पैसाको बार्गेनिङ गर्नेको गिरोहनै रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार