२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा १९९ कोरोना सङ्क्रमित, १६ निको भए

२०७७, ३२ जेष्ठ आईतवार ०५:५५

जेठ ३२, कास्की। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।

सङ्क्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । 

१६ जना निको भए

प्रदेशमा अहिलेसम्म १६ कोरोना सङ्क्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । शनिबार नवलपरासीस्थित मध्यविन्दु अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कावासोती नगरपालिका–१२ का २६ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । 

त्यसैगरी बागलुङको धवलागिरि अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका–३ का २१ वर्षका दुई पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशक शर्माले जानकारी दिनुभयो । काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार गरिरहेका पोखरा महानगरपालिका–८ का ६० वर्षका एक पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको सङ्क्रमण पुष्टि भई उपचार गराइरहेका गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ का २५ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ । 

स्याङ्जाका एक सङ्क्रमितको भने पोखरामा उपचारको क्रममा गत हप्ता मृत्यु भएको थियो । प्रदेशमा आठ हजार १५० को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकामा पाँच हजार ४३१ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये दुई हजार ५२२ को नतिजा आउन बाँकी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय