2026-06-20 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि के के खुले, के खुलेनन् ? (विवरणसहित)

असार १, काठमाण्डौ। सरकारले लकडाउनलाई केहि खुकुलो बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नको लागि गतवर्ष चैत्र ११ गतेबाट लकडाउन गरिएको थियो । 

पटक पटक थप गरिएको लकडाउनको स्वरूप परिवर्तन गर्दै सरकारले आत्यवाश्यक बाहेक पनि थप केही क्षेत्रहरु खोल्ने निर्णय गरेको हो ।

सरकारको निर्णयसंगै आजदेखि सरकारी र निजी कार्यालयहरु खुलेका छन् । सरकारी निर्णयसँगै स्वास्थ्य सुरक्षा अपनाउँदै उद्योग, कलकारखाना, सरकारी र निजी कार्यलयहरु खुलेका हुन् । तर अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु, सार्वजनिक गाडी, शिक्षण संस्था, सपिङ मल लगायत भने खुलेका छैनन् ।

आजदेखि खुलेका क्षेत्रहरु :

१) स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिकसमेत) 

२) सबै प्रकारका कृषि पशुपंक्षी व्यवसाय (उत्पादनदेखि बिक्री बितरण)

३) उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्ट स्टोर्स ।

४) सबै प्रकारका ढुवानी ।

५) पैदल आगमन ।

६) साइकल र मोटरसाइकल (चालक मात्र रहनेगरी)

७) काठमाण्डौ उपत्याकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन (चालकबाहेक थप २ जना मात्रै सवार हुन पाउने गरी) ।

८) फोहोरमैला व्यवस्थापन ।

९) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा ।

१०) बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा ।

११) नर्सरी र वनजन्य उद्यम ।

१२) विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धितसमेत)

१३) निर्माण कार्य (निजी समेत)

१४) नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री वितरण ।

१५) रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा ।

१६) क्वरेण्टीनका लागि तोकिएका होटल र यातायातका साधन ।

१७) सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु (बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म २ सिफ्टमा सञ्चालन गर्ने) 

१८) सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यलयका श्रमिक तथा कर्मचारी ओसारपोसार गर्न प्रयोग गरिने सवारी साधन (सिटको एक लहरमा एकजना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, स्यानिटाईजरको व्यवस्थापन गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने) 

 यी व्यवस्थाहरु २१ दिनससम्म कार्यन्वयनमा आउने र परिस्थितिको मूल्यांकन गरी थप निर्णय गर्न सकिने सरकारले जनाएको छ । खुल्ने क्षेत्रहरुमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने अथवा स्यानिटाईजरको प्रयोग गर्नुपर्ने छ । जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य प्रयोग गरेर सेवा सञ्चालन गर्न पनि सरकारले आग्रह गरेको छ ।

तत्काल नखुल्ने क्षेत्रहरु :

१) विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायत शैक्षिक संस्थाहरु ।

२) अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु ।

३) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत ।

४) सबै प्रकारका सभा, गोष्टी र सेमिनार ।

५) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु ।

७) सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाघर ।

८) स्पा, सैलुन तथा ब्यूटीपार्लरहरु ।

९) स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब ।

१०) सपिङ मल ।

११) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति ।

१२) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल ।

१३) यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधनसमेत)

१४) काठमाण्डौ उपत्यकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्यको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणाली सञ्चालन हुने नीजि सवारी साधनबाहेक अन्य गाडीहरु नचलाउने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ