असार १ , काठमाडौं । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको दैनिक ब्रिफिङका क्रममा उक्त जानकारी दिईएको हो । २४ घण्टामा संक्रमितको संख्य हालसम्मकै सबैभन्दा बढी हो ।
आज मात्रै नेपालमा थप ६१ जना संक्रमित कोरोना विरुद्धको लडाई जितेर घर फर्किएका छन् । यो संगै कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ जना पुरुष र १ सय ४ जना महिला रहेका छन् ।