२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड १९ सङ्क्रमण भएका महिलाले स्तनपान गराउन सक्ने

२०७७, ८ असार सोमबार १७:०३

असार ८, काठमाडौँ |  कोभिड– १९ को सङ्क्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन सक्नेछन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बच्चालाई स्तनपान गराउँदा कोभिड– १९ नसर्ने भएकाले कोभिड– १९ भएका महिलाले पनि स्तनपान गराउनसक्ने बताउनुभयो । 

“कोभिड भएको महिलालाई स्तनपानमा कुनै समस्या देखिएको छैन, कुनै पनि कारणले बच्चालाई स्तनपान गरायो भने बच्चामा कोभिड– १९ सर्दैन भन्ने अनुसन्धानबाट आएको छ”, उहाँले भन्नुभयो, “त्यही भएर कोभिड भएको महिलाले पनि आफ्नो बच्चालाई आरामले गराउन सक्नेछन् ।”

उहाँले कोभिडसँग डराएर गर्भवती महिला नियमित स्वास्थ्य परीक्षण नगराएको भन्दै कोभिडसँग नडाई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार गर्भवती महिलाले तीन, छ, आठ र नौ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।  

अस्पतालका निर्देशक डा मिश्रले बन्दाबन्दी कारण संस्थागत प्रसूति गराउने महिला घटेको समेत बताउनुभयो । उहाँले गर्भवती महिलालाई रक्तश्राव, पेट दुख्ने, बच्चा नचलेको, नियमित परीक्षण गर्नुपर्ने भन्दै उच्च रक्तचाप भएका बेलामा आखा धमिलो देख्नु, पेट दुखेमा तुरुन्त अस्पताल जान पनि सुझाव दिनुभयो । यसबाहेक १०४ डिग्रीभन्दा बढी ज्वरो आएकामा श्वासप्रश्वासमा समस्या भएमा पनि अस्पताल जानुपर्दछ । 

उहाँले प्रसूति गराउन अनिवार्यरुपमा स्वास्थ्य संस्थामा गर्नसमेत आग्रह गर्नुभयो । डेलीभरि भएपछि पनि पहिलो, तेस्रो, साताँै र २८आँै दिनमा नजिकको स्वास्थ्य संस्थामा गई वा चिकित्सकसँग टोलिफोन गरी आफ्ना समस्या सामाधान गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।  

मन्त्रालयले मातृ तथा नवशिशुलाई कोभिड– १९ सम्बन्धी मापदण्ड तयार पारेकाले त्यहीअनुसार स्थानीय अस्पतालले सुत्केरी महिलालाई सेवा दिइने उहाँले बताउनुभयो । अस्पतालले गर्भवती महिलालाई सेवाविमुख गराउन नपाउने उहाँको भनाइ थियो । महिलालाई नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एशोसिएसनले चिकित्सकको सूची नै जारी गरेर फोनमा नै परामर्श दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । 

प्रसूति अस्पतालले के गर्दैछ ?

उहाँले प्रसूति अस्पतालले कुनै पनि महिला अस्पतालमा आए उनीहरुलाई सेवा दिइरहेको बताउनुभयो । “कोभिड १९ छैन भने उनीहरुलाई नियमित सेवा दिने र कोभिड भए छुट्टै राखेर सेवा दिएका छौँ”, उहाँले भन्नुभयो, “हामीले हेल्पडेस्क स्थापना गरेर पनि सेवा दिइरहेका छौँ ।” 

अस्पतालले बहिरंग सेवा, शल्यक्रिया, परिवार नियोजन सेवा नियमित दिइरहेको छ । अस्पतालका निर्देशक डा मिश्रले पाठेघरको सेवा पनि चाँडै सञ्चालन गर्न गइसकेको जानकारी दिनुभयो । उहाँले एम्बुलेन्स कहीँ पनि सरकारले नरोकेकाले सुत्केरी महिलाले कुनै पनि एम्बुलेन्स प्रयोग गर्नसक्ने बताउनुभयो । काठमाडाँैमा १०२ र बाहिर १०० नम्बर डायल गरेर महिलाले एम्बुलेन्स सेवा पाउने उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय