साउन ८, काठमाडौं | आज १३ औं दिन अनसन बस्दै गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौं | आज १३ औं दिन अनसन बस्दै गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

एमाले सांसदहरुको ब्यबसाय चौपट हुन लागेपछि… लम्बिँदै सरकार र डा. केसीको वार्ता

७ श्रावण २०७३, शुक्रबार २१:५०

साउन ८, काठमाडौं | आज १३ औं दिन अनसन बस्दै गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको छ । अनशनरत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीको अनशन तोडाउन सरकारी वार्ता टोलीले शुक्रबार निकै कोसिस गर्दा पनि केसी आफ्नो मागमा अडिग रहे । 

सरकारी टोली र डा. केसीबीचको वार्ता सफल नहुनुमा सबै भन्दा ठूलो कारण बन्यो मनमोहन प्रतिष्ठान जो एमालेका संसदहरुको लगानीमा छ । वार्ता टोली र केसीबीच वार्ता सहमतिमा पुग्न नसक्नुको मुख्य कारण नै यसमा जोडेर हेरिएको छ । सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा प्रस्तावित मनमोहन प्रतिष्ठानलाई सरकारले किन्ने, अन्य कुनै प्रतिष्ठानअन्तर्गत चलाउने या छुट्टै प्रतिष्ठान बनाउने भन्ने विषय उल्लेख छ । तर यही कुरामा डा.केसीको आपत्ति जारी रहेको छ ।

डा. केसीकै कारण धेरै अघिदेखि खुल्नुपर्ने एमाले संसदहरुको मेडिकल ब्यबसाय अझैसम्म प्रभावित छ । बिभिन्न कसरत गरेर पनि नसकेपछी ब्यबसायी एमाले संसदहरुले मनमोहन मेडिकल कलेजलाई नाम फेरेर प्रतिष्ठान बनाए अनि सरकारलाई बेच्न तयार भए तर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदमा लगेपछि डा. गोविन्द केसीले अनसन बस्ने तयारी गरेपछी उक्त काम प्रभावित हुँदै थियो । यसै क्रममा गोविन्द केसी अहिले अनसनमा छन्  । 

डा.केसीसँग समाधान निकाल्न शुक्रबार दुईपटक वार्ता भएको थियो । शुक्रबार दिउँसो पांच घन्टा बसेको औपचारिक वार्ता निष्कर्षमा पुग्न नसकेपछि राति अनौपचारिक छलफल गरिएको थियो । सो छलफलले पनि कुनै काम गर्न सकेन । त्यसपछि सरकारी बार्ता टोलीले अर्को दिन वार्ता टुंग्याउने बतायो ।  उसले डा. केसीसँग राजनीतिक समिति बनाई समस्या समाधान गर्ने प्रस्ताव राखेको थियो । तर केसीले राजनीतिक समिति बनाएर मात्र अनशन अन्त्य गर्नुको औचित्य नहुने भन्दै शुक्रबारको वार्ता स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार