साउन ८, भक्तपुर । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, भक्तपुर । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा"/>
2026-07-03 06:23 PM
काठमाडौँ - KTM

कांग्रेस–माओवादीको गठबन्धन मुलुकको हितमा छैन: पाण्डे

साउन ८, भक्तपुर । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा अब बन्ने सरकार १०० दिनको हनिमुनसम्मका लागिमात्रै भएको बताएका छन् ।

नेपाल खेलकुद महासंघ भक्तपुरले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक एवं संवैधानिक जटिलता र यसको निकास’ विषयको अन्तरक्रियामा उनले कांग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धन मुलुकको हितमा नभएको विचार व्यक्त गरे ।

अब बन्ने सरकारले आगामी २०७४ भित्र संसदीय चुनाव नगरी सरकार लम्ब्याउन षड्यन्त्र गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुँदै एमालेले नयाँ रणनीतिकासाथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपालको संविधानमा सरकार विघटन गर्ने व्यवस्था भएपनि नयाँ सरकार बनाउने व्यवस्था नभएको जिकिर गरे ।

उनले नयाँ सरकार गठन गर्न संविधान संशोधन गरेर जानसके दीर्घकालीन समाधान हुने बताउँदै अन्यथा यो समस्या अर्को सरकार गठन हुँदा पनि आउने बताए ।

खेलकुद महासंघ भक्तपुरका अध्यक्ष दिलीप केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, एमाले जिल्ला सचिव हरिशरण लामिछाने, राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं महासंघका कार्यबहाक महासचिव राजेन्द्र श्रेष्ठलगायतले देशमा आएको राजनीतिक संकट हटाउन दलहरुबीच सहमति हुनैपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम