दामोदर रेग्मी । साउन ४, काठमाडौँ । विकास समाजको लागि एउटा गतिशील सामयिक आवश्यकीय परिवर्तन हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । विकासलाई साधारणतया आर्थिक वृद्धिको पक्ष संग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ ।यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो । अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्ह्रस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ भने समाज शास्त्रीय अवधारणाले आर्थिक वृद्धि संग संगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ ।
विकास सम्वन्धी अवधारणा मानव सभ्यताको विकासक्रमसंगै कुनै न कुनै रुपमा प्रचलित रहँदै आएको भएतापनि पश्चिमी यूरोपले १८ औं शताब्दी तिर अवलम्वन गरेको पूँजीवादी अवधारणा अन्तरगतको आर्थिक समृद्धि तर्फ उन्मुख हुने रणनीति पछि विकासको अवधारणाले बढी मूर्त रुप पाउन थालेको देखिन्छ । त्यस्तै अर्थशास्त्रका पिता एडम स्मिथको खुला अर्थतन्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतिलाई नै विकासको मूल आधार बनाएको छ । कार्लमाक्र्सले वर्ग संघर्षको प्रतिफल र श्रमिक वर्गको हक हित र उन्नतिको स्वरुपलाईनै वास्तविक विकास हो भनेका छन् ।
राजनैतिक परिपाटीमा स्वस्थ्य प्रतिस्पर्धा, निश्पक्ष निर्वाचन व्दारा जन अभिमतको कदर, सहिष्णु राजनैतिक प्रणाली जस्ता विषयहरु राजनीतिक विकास अन्तरगत पर्दछन् । प्रजातान्त्रिक राजनैतिक प्रणाली, राजनैतिक स्थिरता र सरकारको स्थिरतालाई समग्र विकास प्रक्रियाको आवश्यकीय शर्तको रुपमा लिने गरिन्छ ।
सन् १९७० को दशक भन्दा अगाडी सम्म विकास आर्थिक विषय वस्तु संग बढी सम्वन्धित थियो जसले प्रतिव्यक्ति आय, कूल राष्ट्रिय उत्पादन, आर्थिक वृद्धिले सामाजिक उपादेयतामा पु¥याएको योगदान संग सम्वन्धित रहेको थियो । तर १९८० को दशकको प्रारम्भ संगै विगतको यो अवधारणामा व्यापक परिवर्तन भएको पाइन्छ । यो परिवर्तित अवधारणाले विकास भनेको अर्थतन्त्रको विकास हो तर यसले गरिवी, असमानता र वेरोजगारी पनि हटाउन सक्नु पर्दछ भन्ने मान्यतालाई बढी जोड दिएको छ । यसरी विकासलाई रोजगारी सिर्जनाको संयन्त्रको रुपमा समेत लिने गरिन्छ ।यसर्थ विकास एउटा वहु आयामिक प्रक्रिया हो । यो आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तन सहितको उपलब्धीको समिश्रण हो । यदाकदा विकास र वृद्धि लाई पर्यावाची शब्दको रुपमा समेत हेर्ने गरेको पाइन्छ । सामान्यतया यी दुई शब्द एकै जस्तो देखिने भएतापनि विकास अनन्त रहने र वृद्धि सीमित रहने धारणा अर्थशास्त्रीहरुको रहेको छ । तर विकास सकारात्मक परिवर्तन सहितको वृद्धि भने पक्कै हो । विकास एउटा प्रक्रियागत, योजनागत मानवीय प्रयास हो जसले मानव जीवनको गुणस्तर अभिवृद्धिहरुमा योगदान पुर्याएको हुन्छ ।
१. राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र यसमा दिगोपनाको प्रत्याभूति गर्ने ।
२. मानव जिवनका आधारभूत आवश्यकताहरु खाद्यान्न, आवास, कपडा, स्वास्थ्य शिक्षा, खानेपानी र सुरषाको उपलब्ध र वितरणमा प्रभावकारिता ल्याउने ।
३. जनताको जीवनस्तर उच्च तुल्याउन रोजगारीका अवसरहरुमा वृद्धि, आय, आर्जनका अवसरहरुको उपलब्धता, शिक्षा संस्कृति र मानवीय मूल्यको प्रवर्दनमा जोड दिने ।
४. राष्ट्रको सामाजिक आर्थिक स्थितिलाई सामयिक रुपान्तरण गर्ने ।
५. दिगो विकासको दीर्घकालीन रणनीति तयार गर्ने, अन्तर क्षेत्र समन्वय कायम गर्ने।
१. सकारात्मक परिवर्तन
२. नवप्रवर्तन
३. उद्देश्यमा आधारित
४. निरन्तरता
५. साधन श्रोत लक्ष्य र परिणाम वीचको अन्तर सम्वन्ध
६. रणनीतिक व्यवस्थापनको निरन्तर प्रक्रिया
७. बदलिदो परिस्थिति अनुरुप माग र आकांक्षाको सम्बोधन
८. हस्तक्षेपकारी कदम
९. बहुआयामिक
१०. सकारात्मक क्षितिज तर्फको आशावादिताको प्रत्याभूति
१. जनताको जीवन निर्वाहको न्यूनतम आवश्यकताको प्रत्याभूति
२. स्वतन्त्रतापूर्वक वाच्ने र न्यूनतम मानवीय अधिकार प्रयोग गर्न पाउने अवस्थाको सुनिश्चितता
३. सामयिक परिवर्तन अनुरुप विकासका आवश्यकता र रणनीतिमा समायोजन गर्ने भविष्यपरक दृष्टिकोणको प्रयोग
१९८० को दशकको प्रारम्भसंगै विगतको यो अवधारणामा व्यापक परिवर्तन भएको पाइन्छ । यो परिवर्तित अवधारणाले विकास भनेको अर्थतन्त्रको विकास हो तर यसले गरिवी, असमानता र वेरोजगारी पनि हटाउन सक्नु पर्दछ भन्ने मान्यतालाई बढी जोड दिएको छ । यसरी विकासलाई रोजगारी सिर्जनाको संयन्त्रको रुपमा समेत लिने गरिन्छ ।
१. राजनीतिक विकास: प्रजातान्त्रिक राजनैतिक तथा शासकीय प्रणाली, आवधिक स्वतन्त्र र निश्पक्ष निर्वाचन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार , शक्ति पृथ्कीकरण र सन्तुलन जस्ता विषयहरु राजनैतिक विकास अन्तरगत पर्दछन् । राजनैतिक परिपाटीमा स्वस्थ्य प्रतिस्पर्धा, निश्पक्ष निर्वाचन व्दारा जन अभिमतको कदर, सहिष्णु राजनैतिक प्रणाली जस्ता विषयहरु राजनीतिक विकास अन्तरगत पर्दछन् । प्रजातान्त्रिक राजनैतिक प्रणाली, राजनैतिक स्थिरता र सरकारको स्थिरतालाई समग्र विकास प्रक्रियाको आवश्यकीय शर्तको रुपमा लिने गरिन्छ ।
२. आर्थिक विकास: प्रतिव्यक्ति आयमा वृध्दि, कूल राष्ट्रिय उत्पादनमा वृध्दि, पूर्वाधार विकास, उद्योगधन्दाहरुको विकास जस्ता विषयहरु आर्थिक विकासमा पर्दछन् । अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्ह्रस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ । आर्थिक विकासलाई निम्न मात्रात्मक सूचकहरु वाट मापन गर्न सकिन्छ ।
-प्रतिव्यक्ति आयमा वृध्दि
-कूल राष्ट्यि आयमा वृध्दि
-उत्पादन क्षमतामा वृध्दि
-उद्योगको स्थापना
-पूजीको प्रवाह
-मेशिन, प्रविधि र औजारमा विविधिकरण
-पूर्वाधारको विकास
-प्राकृतिक श्रोत र साधनको समुचित परिचालन
-आर्थिक वृध्दि
-शहरीकरण
-आम्दानी र सम्पत्तिको समान वितरण
३. सामाजिक विकासः आम सरोकारका विषयहरु खास गरी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सांस्कृतिक विकास र सम्बध्र्दन , सीमान्तकृत वर्गको उत्थान, आदिवासी जनजातिहरुको उत्थान , सुसंस्कृत स्वस्थ्य र सभ्य र सामाजिक अन्तरसम्बन्धको विकास जस्ता विषयहरु सामाजिक विकासमा पर्दछन् ।समाज शास्त्रीय अवधारणाले आर्थिक वृद्धि संग संगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ ।
सामाजिक विकासलाई निम्न गुणात्मक सूचकहरुवाट मापन गर्न सकिन्छ।
-शिक्षा, स्वास्थ्य र पोषण
-आत्मनिर्भरता
-राजनैतिक स्वतन्त्रता, स्व निर्णयको अधिकार
-राजनैतिक स्थिरता, शान्ति र सुरक्षा
-रोजगारीको अवसर
-आर्थिक,न्यायिक समानता र मानव अधिकार
-सुशासन
-सामाजिक सदभाव
४. संस्थागत विकासः प्रजातान्त्रिक शासन प्रणाली र सो अनुरुप विभिन्न राजनैतिक र शासकीय संरचनाहरुको विकास, यस्ता संस्थाहरु विधिसम्मत रुपमा चल्नको लागि आवश्यक कानूनी संरचनाहरुको विकास संस्थागत विकास अन्तरगत पर्दछन् । यसै अवधारणा अनुरुप निजी क्षेत्र, नागरिक समाज, सहकारी क्षेत्र जस्ता सस्थाहरुको शासकीय प्रक्रियामा सहयोगी र साझेदारिता रहने गरी आवश्यकीय संस्थागत संयन्त्रहरु विकास गरिएका हुन्छन् ।
५. प्रविधिको विकासः वर्तमान विश्व सूचना प्रविधिको विकासको तीव्रतम गतिमा अगाडी वढिरहेको छ । सूचना प्रविधिको विकासले असंभव मानिएका विषयहरुलाई संभव वनाइदिने, यसको आबध्दता अन्य क्षेत्र संग कायम गर्न सकिने र सेवा प्रवाहमा सरलता जस्ता पक्षमा सहयोग गर्दछ । त्यस्तै प्रविधिले हर कार्य र कार्य प्रणालीलाई सहज बनाइदिएको छ ।
६. पूर्वाधार विकास: पूर्वाधार विकास अन्य विकास प्रयासको लागि आधारभूत आवश्यकता हो । यसर्थ यो आफैमा विकासको अग्रज हो भने थप विकास कार्यको जननी हो । सडक, विद्युतीकरण, सञ्चारका विषयहरु यस अन्तरगत पर्दछन् ।
विकास सवै देशको लागि अपरिहार्य र नैसर्गिक अधिकार भएता पनि यसको प्राप्तिको विषय त्यति सहज भने छैन । विकास को प्रारुप तयार गर्न, रणनीति तर्जुमा गर्न, कार्यक्रम कार्यान्वयन गर्न र विकास कार्यको दिगोपनाको सुनिश्चतताको लागि निम्न पक्षहरुको सवल उपस्थिति को आवश्यकता पर्दछ ।
१. स्थिर राजनीतिक अवस्था
२. तटस्थ, प्रतिवद्ध र प्रभावकारी प्रशासनयन्त्र
३. व्यवहारिक तथा कार्यान्वयनमुलक योजना
४. जनसहभागिता र जनसमर्थन
५. साधन श्रोतको उपलब्धता र औचित्यपूर्ण प्रयोग
६. भ्रष्टाचारको न्यूनीकरण
७. दूरदर्शिता तथा कार्यवद्धता
८. आन्तरिक र वाह्य विकास साझेदारहरुसंगको उचित समन्वय र सहकार्य
विकास सवै देशको लागि अपरिहार्य र नैसर्गिक अधिकार भएता पनि यसको प्राप्तिको विषय त्यति सहज भने छैन । विकास को प्रारुप तयार गर्न, रणनीति तर्जुमा गर्न, कार्यक्रम कार्यान्वयन गर्न र विकास कार्यको दिगोपनाको सुनिश्चतताको लागि विभिन्न पक्षहरुको सवल उपस्थिति को आवश्यकता पर्दछ ।
विकास गतिशील, वहु आयामिक , सामयिक ,आवश्यकीय, सकारात्मक परिवर्तनको प्रक्रिया हो । विकास आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तन सहितको उपलब्धीको सम्मिश्रण पनि हो । विकास सवै देशको लागि अपरिहार्य र नैसर्गिक अधिकार भएता पनि यसको प्राप्तिको विषय त्यति सहज भने छैन किनकी विकास को प्रारुप तयार गर्न, रणनीति तर्जुमा गर्न, कार्यक्रम कार्यान्वयन गर्न र विकास कार्यको दिगोपनाको सुनिश्चतताको लागि विभिन्न अन्तरसम्बन्धित पक्षहरुको सवल उपस्थिति र उचित व्यवस्थापनको आवश्यकता पर्दछ । विकास व्यवस्थापन को अवधारणा परम्परागत विकास प्रयासको अवधारणा भन्दा अलि फरक पनि छ किनकि विकास व्यवस्थापन विकासको रणनीतिक व्यवस्थापन हो जसले गरीवमुखी विकास, दिगो विकास, वातावरण मैत्री विकास प्रक्रियालाई मूल लक्ष्य बनाई विकास साझेदार, साधन श्रोत, आन्तरिक र वाह्य सह कर्ताहरुवीच साझा र समन्वयात्मक प्रयासहरुको सुव्यवस्थापनमा जोड दिइ विकास प्रयासलाई पारदर्शी र समावेशी बनाउने प्रयास गर्दछ । नयाँ सार्वजनिक व्यवस्थापन , व्यवस्थापनवाद , बजार संयन्त्रमा आधारित सार्वजनिक प्रशासन, विश्वव्यापीकरणले निम्त्याएका अवसर र चुनौतीहरुको सन्दर्भमा विकास व्यवस्थापनको परम्परागत मान्यतामा सामयिक परिवर्तनको आवश्यकता बोध भएको हो । विकास प्रयासले आर्थिक सामाजिक उन्नतिको अतिरिक्त उदीयमान अवधारणाहरुको अन्तर सम्वन्धलाई सम्बोधन गर्नुपर्ने हुँदा विकासको रणनीतिक व्यवस्थापनले यी सवै पक्षको वीचमा सामन्जस्यता कायम गर्ने गर्दछ । यसका लागि देश विशेषका विकासका संभावना, तुलनात्मक लाभका क्षेत्रहरु, विकासका उदीयमान सन्दर्भ र साझेदारिता, यसका सवल, दुर्वल, अवसर र हांकका विषयहरु विकासका रणनीतिक आयामका क्षेत्रहरु हुन् ।
(प्रशासन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक दामोदर रेग्मी साझा सबाल डट कमका नियमित लेखक हुन् ।)