Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऋषिपंचमी र यसको महत्त्व

२०७७, ७ भाद्र आईतवार ०५:०९

ज्यों पण्डित विष्णुप्रसाद खनाल । भदौ ७, काठमाडौं । साश्त्रले बताए अनुसार –पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यो ब्रत बसिन्छ । श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रज‍ोधर्म  प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। 

पौराणिक प्रसङ्गअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्‍यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो:-{१} अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), (२) नदी (पानीको फिजमा) (३) पर्वत (चोप आउने वृक्षको चोपमा) (४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)। 

अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ। यस दिन स्वच्छ जल बग्ने नदी वा तलाऊ आदिमा गई दतिउनको डांठले दतिवन गर्नु।त्यसपछि आयु ,बल, यस, कीर्ति बढाऊन मुखको दुर्गन्धि हटाउन म दाँत सफा गर्दछु र माटो शरिरमा दली स्नान गर्दछु भन्नु अनि नुहाउनु। त्यसपछि अमला र तिलको पिनाले कपाल सफा गरी नयाँ बश्त्र लगाउनुपर्छ।अहिले समय असहज भएकोले घर्मै बसी गर्नुभएपनि हुन्छ।अरुन्धती सहित सप्तऋषिहरुको पूजा गर्नु पर्दछ। “कश्यपो अत्रिर्भरद्वाजो विश्वामित्रोथ, गौतम:

ज्यमदग्निर्वशिष्ठश्च साध्वी चैवाप्यरुन्धती।।

कश्यप, अत्रि, भरद्वाज, बिश्वामित्र, गौतम, ज्यमदग्नि, बशिष्ठ सप्तऋषिहरु र अरुन्धती को पूजा गर्नु पर्दछ।

यो ब्रत गर्नाले "ऋतु सम्पर्कजो दोष :क्षयं याति न संशय "

ऋषिपंचमीको ब्रत गर्नाले रजस्वला भएको बेलामा छोएको दोष नाश हुन्छ ,यसमा शंका छैन।

शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएकोहुन सक्छ। उक्त पापबाट मूक्तहुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन चोखो माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । 

३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वाश छ । 

भाद्रपद महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत सम्पादन गरिन्छ। यस व्रतको प्रसङ्गलाई हेमाद्रिले ब्रह्माण्ड पुराणलाई उद्धृत गर्दै विस्तृत विवरण स्थापन गरेको छ। व्यक्तिले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातैजना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपूर आदि लगाउनु पर्छ, पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा पूजा गर्नुपर्दछ र मन्त्रसहित अर्घ्य दिनुपर्दछ।

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम:। जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:। गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥हेमाद्रि (व्रत, भाग १, पृ्ठ ५७१); स्मृतिकौस्तुभ (पृठ २१७); व्रतराज (पृठ २००)

अर्थ: प्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै – मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजीकै स्थापना गरिएको पाइन्छ।

यस व्रतमा केवल शाकादि(सागपात)को प्रयोग गर्ने विधान छ र ब्रह्मचर्यको पालन गर्न अनिवार्य मानिएको छ। यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दु:खबाट मुक्ति हुन्छ, तीन किसिमका दु:ख यी हुन्- आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक।

आध्यात्मिकादि मैत्रेय ज्ञात्वा तापत्रयं बुध:। उत्पन्नज्ञानवैराग्य: प्राप्नोत्यात्यन्तिकं लयम्॥

 विष्णुपुराण ६/५/१

अर्थात् – आध्यात्मिक दु:ख भनेका शारीरिक (रोगादि) एवं मानसिक (चिन्ता, ईर्ष्यादि)हुन्, आधिभौतिक दु:ख भन्नाले पशु, मनुष्य, पिशाचादिद्वारा उत्पन्न हुने दुःखलाई मानिन्छ, आधिदैविक दु:खको उत्पत्ति तुषारापात, हावाबतास, वर्षादिबाट उत्पन्न हुन्छ तथा सौभाग्यको अभिवृद्धि हुन्छ। अझ नारीले यस व्रतलाई सम्पादन गर्दा उसले आनन्द, शारीरिक-सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता-प्राप्ति हुन्छ।

यस व्रतलाई विधिविधान पूर्वक लिन चाहने रजोवती भइ सकेका स्त्रीहरूले गर्ने संकल्प यस्तो छ-

अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।।

मैले जानीनजानी रजस्वला भएका बेलामा छोइछिटो र सम्पर्कजन्य दोषबाट मुक्त हुन ऋषिपञ्चमीको व्रत गर्दछु)।

यति सङ्कल्प गरेर अरून्धतीका साथै सप्तर्षिहरूको पूजा गर्नुपर्दछ।व्रतराजका मतमा यस व्रतमा केवल सागपात, साँमा (श्यामाक), कन्द-मूल वा फलको सेवन गर्नु आवश्यक मानिन्छ। यस दिन हलोबाट उत्पन्न भएका अन्न खानु हुँदैन। हिजोआज पुरुषले पनि यस व्रतलाई पालना गर्दछन्, पुरूषकै आग्रहमा समेत कतिपय स्त्रीले छुवाछुतमा संलग्न हुनु पर्दछ, त्यसैले पुरूषले समेत व्रत गर्नु सान्दर्भिक मानिन्छ। वैदिक मन्त्रपूर्वक ऋषिहरूको पूजा गरिन्छ।

स्त्रीहरूले आफ्नो मासिक धर्मको प्रारम्भ भएको वर्षदेखि मासिक धर्म बन्द नहुञ्जेल यो व्रत लिनु पर्ने उल्लेख छ, यद्यपि व्रत लिन सुरू गरेपछि कम्तीमा सात वर्षसम्म लिनु अनिवार्य छ। त्यसैले जुन स्त्रीले श्रद्धापूर्वक 

ॠषिपञ्चमीको व्रत लिने गर्दछिन्, ती समस्त सांसारिक सुखलाई भोग गरी अन्त्यकालमा वैकुण्ठ पुग्दछिन्। जुन स्त्रीले रजस्वला हुँदा घर नित्यकर्ममा संलग्न हुन्छिन ती नरकगामी हुन्छिन्।

हाम्रो धर्म अनि संस्कृति हाम्रो पहिचान हुन यसैलाई अर्को पिडी सम्म पुर्‍याउनको लागि अाफुले पालना गर्नुपर्छ।मानव गुण नै हो पढेर भन्दा परेर र देखेर छिटो सिक्छन्।हाम्रो धार्मिक कृत्यहरु वैज्ञानिक  रुपमा पनि स्वास्थ्यका हिसाबले हितकर छन् र आजसम्म  आइपुगेका छन्। अब अगाडिको जिम्मा तपाईहाम्रो हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ