२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालय

१५ भाद्र २०७७, सोमबार ०५:१९

भदौ १५, झापा । अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले नेपालमा मात्र नभई पूर्वोत्तर भारतमा समेत नेपाली भाषा, साहित्य तथा पुस्तकालय सेवामा त्रिफला राष्ट्रिय पुस्तकालयले पुर्याउँदै आएको विशिष्ट योगदानको कदरस्वरूप यस वर्षको उत्कृष्ट सम्मान प्रदान गरिएको बताउनुभयो ।

मन्त्रालयले हरेक वर्ष एउटा पुस्तकालयलाई उत्कृष्ट सम्मान प्रदान गर्दै आएको छ । यसवर्ष कोभिड–१९ को विषम परिस्थितिका कारण सहज अवस्था भएपछि समारोहको आयोजना गरी सम्मान पत्र हस्तान्तरण गरिने निरौलाले जानकारी दिनुभयो ।

मेचीनगर–१० धुलाबारीमा पुस्तकालयको तीन तले पक्की भवन छ । पुस्तकालयमा हजारौँ पुराना र नयाँ पुस्तकहरु छन् । ई–लाइबे्ररीको पनि सुविधा छ । विसं २०५३ सालमा स्थानीय प्रेमप्रकाश पोखरेल (फलाहारी)ले यो पुस्तकालयको स्थापना गर्नुभएको हो । उहाँले तीन दशकदेखि नुन, अन्न र चप्पल–जुत्ता परित्याग गर्नुभएको छ । गेरु वस्त्र धारण गर्ने उहाँले लागूपदार्थको दुव्र्यसनविरुद्ध जनचेतना फैलाउन र धार्मिक स्थलहरुको प्रचार गर्न मुलुकका सबै जिल्लाको खाली खुट्टा पैदल यात्रा गर्नुभएको छ ।

पुर्खाले आर्जेको ज्ञान पुस्तकमा हुने र त्यसको अध्ययन र पठनमा आम मानिसलाई प्रोत्साहित गर्न पुस्तकालय खोल्ने सोचअन्तर्गत त्रिफलाको स्थापना गरेको फलाहारीले बताउनुभयो । उहाँले जीवनका उर्वर उमेर र आफ्नो सारा श्रम पुस्तकालयको स्थापना, पुस्तक सङ्कलन र भवन निर्माणका लागि सहयोग जुटाउन खर्चिनुभयो । उहाँकै अध्यक्षतामा गठित सञ्चालक समितिले स्थापनाकालदेखि पुस्तकालयको नेतृत्व गर्दै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान