२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? के के समान ल्याउन पाइन्छ (हेर्नुहोस् सूचीसहित)

३ कार्तिक २०७७, सोमबार ०८:०२

कात्तिक ३, काठमाडौं । विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ या फर्कने तयारीमा हुनुहुन्छ ? वैदेशिक रोजगारीमा गएर होस् वा विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीहरु स्वदेश फर्किँदा आफन्त तथा साथीभाइका लागि भन्दै महँगो ब्रान्डको रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुनचाँदीका गहनालगायतका सामग्री बोकेर आउने गर्दछन् ।  

अझ दसैँतिहार जस्ता ठूला चाडपर्व आएसँगै केहि न केहि समान घर लैजाने चाहना सबैको हुन्छ तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट के के समान नेपाल ल्याउँदा कति रकम भन्सार तिर्नुपर्छ ? के के मा भन्सार छुट हुन्छ भन्ने जानकारी नहुन सक्छ ।  

विदेशबाट सामान लिएर आउने नेपालीलाई सरकारले वस्तु तथा संख्याका आधारमा भन्सार छुटसमेत दिँदै आएको छ भने कतिपय सामानमा भने अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ । 

विदेशबाट कुन सामान ल्याउन पाइने ? कति ल्याउन पाइने ? सामानको भन्सार शुल्क कति लाग्ने ? भन्ने विषयमा जानकारी दिंदैछौं । 

भन्सार लाग्ने/नलाग्ने सामान 

वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बसेर फर्किँदा ३२ इन्चसम्मको टीभी ल्याउनसक्ने सुविधा सरकारले दिएको छ । तर, रोजगारीका लागि नगएका व्यक्ति र एक वर्ष पूरा नभई फर्किएकालाई भने छुट पाउँदैन । ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याएमा भने इन्चअनुसार भन्सार लाग्ने व्यवस्था झिटीगुन्टामा उल्लेख छ ।

त्यस्तै, एकभन्दा बढी टीभी भन्सार तिरेरै पनि ल्याउन नपाइने व्यवस्था छ । यस्ता समानमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । साथै, विदेशमा काम गरेर फर्किएकालाई दुई थानसम्म नयाँ मोबाइल ल्याउँदा भन्सार लाग्दैन । साथमा एउटा बोकेर आउन पाइन्छ । त्योभन्दा बढी ल्याए बजार भाउअनुसार भन्सार लाग्छ ।

यसैगरी, सरकारले ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १/१ थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १/१ वटा ल्याउँदा पनि भन्सारमा छुट दिएको छ । 

यस्तै, १ लिटरसम्म रक्सी मात्र ल्याउने सुविधा सरकारले दिएको छ । त्योभन्दा बढी भन्सार रकम तिरे पनि ल्याउन पाइँदैन भने १ लिटरभन्दा धेरै रक्सी ल्याएमा भन्सार तिर्नुपर्छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, ‘स्टेथेस्कोप’, खेलाडीले खेलकुदसम्बन्धी सामान, संगीतकर्मीले वाद्यवाधनका सामग्रीलगायतका सामान १/१ थान ल्याउन भन्सार तिर्नुपर्ने हुन्छ । 

यस्तै, औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रूपमा अशक्तहरूको सहाराका लागि ल्याइने सामग्रीमा पनि भन्सारमा भने पूर्ण रूपमा छुट दिइएको छ । 

कुनै समानमा भने ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १/१ थान ल्याउन सकिन्छ । मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार लाग्छ । 

यसैगरी निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौनालगायत घरायसी उपयोग तथा व्यक्तिगत प्रयोजनका विभिन्न सामग्री ल्याएमा भन्सारमा छुट दिइएको छ । तर, ठूलो परिमाणमा भने बोकेर ल्याउन पाइँदैन । यदि ती सामान ल्याएमा  किलोका दरले भन्सार तिर्नुपर्छ ।

१५ थान लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिने झिटिगुन्टामा व्यवस्था छ । व्यावसायिक पेसामा लागेका व्यक्तिहरूले आफ्नो दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ ।

यस्तै, सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार छुट दिइएको छ । अर्थ मन्त्रालयका अनुसार यसबाहेक बढीमा १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ । तर, यसमा सरकारले तोकिएको भन्सार शुल्क लिने गरेको छ भने चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने पनि सरकारले तयारी थालेको छ । 

विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किँदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था सरकारले गरेको छ । तर, सरकारले तोकेभन्दा धेरै सामान बोकेर आएको खण्डमा त्यस्ता सामानको भन्सार भने स्ययम् व्यक्तिले झिटीगुन्टामा  तिर्नुपर्ने कानुनी व्यवस्था छ । 

सुनका गहना ल्याउँदा ५० ग्रामसम्मको भन्सार शुल्क लाग्दैन । ५० देखि सय ग्रामसम्मको प्रति १० ग्रामको ५ हजार २ देखि सय ग्रामसम्मको प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ, १ सय ५० देखि २ सय ग्रामसम्मको प्रति १० ग्राम ७ हजार २ सय तथा २ सयदेखि २ सय ५० ग्रामसम्मको प्रति १० ग्राम ९ हजार २ सय रुपैयाँ भन्सार लाग्नेछ छ । 

चाँदीका हकमा १ सय ग्राम चाँदी ल्याएमा भन्सार तिर्नुपर्दैन । योभन्दा धेरै बोकेर आएको खण्डमा झिटिगुन्टामा भएको व्यवस्थाअनुसार भन्सार तिर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य