साउन १६, काठमाडौँ | Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साउन १६, काठमाडौँ |
2026-09-18 09:57 PM
काठमाडौँ - KTM

नेविसंघको महाधिवेशनमा लफडै-लफडा

साउन १६, काठमाडौँ | नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ। पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थी राजनीतिबाटै आएका हुन्। तर, पछिल्लो दश वर्षदेखि भने कांग्रेसको नेता उत्पादन गर्ने यो कारखाना बन्द छ। जसका कारण कांग्रेसमा नयाँ नेता जन्मन सकेका छैनन्। 

नियमित महाधिवेशन हुन नसक्दा नेविसंघ १० वर्षदेखि तदर्थवादमा चलेको छ। ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकता भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन। तर, त्यसयता कांग्रेसको भने दुईवटा महाधिवेशन सम्पन्न भइसकेका छन्। गत फागुनमा सम्पन्न १३ औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले नेविसंघको ११औँ महाधिवेशन चाँडै गराउने घोषणा गरेका थिए। त्यसपछि २३ देखि २५ साउनसम्म महाधिवेशन गर्ने घोषणा पनि भयो। तर, महाधिवेशन आउन अब ८ दिन बाँकी हुँदा नेविसंघभित्र रहेको वर्षौंदेखिको विवाद भने मिल्न सकेको छैन। एउटा पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढेको छ। तर, असन्तुष्ट समूह भने पहिले विवाद समाधान हुनुपर्ने माग लिएर पार्टी केन्द्रीय कार्यालयमै आमरण अनशन बसिरहेको छ।

 यसपटक महाधिवेन हुने आशा

महाधिवेशनको मिति नजिक आइसके पनि विवाद मिलिसकेको छैन। भक्तपुर, सिन्धुपाल्चोक, रुपन्देही, पर्सा, रौतहट, कञ्चनपुर, सिरहा, सोलुखुम्बु, धनुषासहितका ११ जिल्लामा विवाद छ। ती जिल्लामा जिल्ला अधिवेशन नभए पनि महाधिवेशन प्रतिनिधिको चयनमा देखिएको विवाद मिलाउने प्रयास भइरहेको महाधिवेशन निर्देशक समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिए। यसअघिको समितिले प्रभावकारी काम गर्न नसकेपछि पार्टी सभापति देउवाले पाँच दिनअघि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेका थिए। समितिमा किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र गोविन्द भट्टराई सदस्य छन्।

विवाद नमिले के हुन्छ ?

 ११ जिल्ला, केन्द्रीय क्याम्पस कीर्तिपुर तथा उपत्यकाका आरआर, कमर्स, बानेश्वरलगायतका क्याम्पसमा अधिवेशन हुन सकेको छैन। ती क्याम्पसबाट कसरी महाधिवेशन प्रतिनिधि चयन गर्ने भन्ने समस्या छ। तर, निर्देशक समिति सदस्य घिमिरेले चाँडो विवाद नमिले विवादित जिल्ला र क्याम्पसबाट प्रतिनिधित्व नगराई महाधिवेशनको बाटो खुलाइने बताए। पार्टी एकीकरण नहुँदै ०६४ मा कांग्रेस पक्षधरको चितवनमा सम्पन्न महाधिवेशनबाट प्रदीप पौडेल र सोही वर्ष कांग्रेस प्रजातान्त्रिकको नेपालगन्जमा सम्पन्न महाधिवेशनबाट कल्याण गुरुङ सभापतिमा निर्वाचित भएका थिए। पार्टी एकतापछि ०६४ असोजमा पौडेलकै नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो। तर, तत्कालीन पार्टी सभापति सुशील कोइरालाले ०६८ फागुनमा पौडेललाई हटाएर रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति गठन गर्दै ६ महिनामा महाविधेशन गर्न जिम्मा दिएयता महाधिवेशन अनिश्चित बनेको हो। त्यसयता, पटक–पटक महाधिवेशनको मिति घोषणा हुँदै र स्थगित हुँदै आयो। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई