2026-10-03 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा उपाध्यक्ष थापाले अहिलेको विषम राजनीतिक परिवेशमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न थालिए पार्टी पङ्क्तिमा गुटउपगुटको अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्दै आसन्न महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमका बीच हुन गइरहेको आसन्न महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै निरन्तरता पाउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । “देश र पार्टीका लागि अहिले अध्यक्ष ओलीकै नेतृत्व, विचार र क्षमता आवश्यक छ । कम्युनिष्ट आन्दोलनलाई मूलधारमा स्थापित गर्न अध्यक्ष ओलीको भूमिका रहेको छ । नेपाली कम्युनिष्ट पार्टीमा लागेकाहरु पनि एमालेकै मूलधारमा आउनुपर्छ । त्यसो हुन सकेमा आन्दोलन थप प्रभावकारी हुन्छ,” उपाध्यक्ष थापाको भनाइ थियो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने