2026-06-28 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गोरखामा पशुपन्छीको बीमा निःशुल्क

कात्तिक २८, गोरखा । गोरखा जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरु भएको छ ।  भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि निःशुल्क पशु बीमा कार्यक्रम शुरु गरिएको केन्द्रका प्रमुख डा इन्द्रबहादुर भट्टले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ४२ लाख बजेटमार्फत कार्यक्रम शुरु भएको उहाँले बताउनुभयो । “यसअघि जिल्लाभित्रका पशुपालक कृषकहरुले पशुपन्छी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो”, प्रमुख डा भट्टले भन्नुभयो, “अब यो कार्यक्रम लागू भएसँगै कृषकहरुले किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।” निःशुल्क पशुपन्छी बिमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले तिरिदिने उहाँले बताउनुभयो ।

बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने प्रमुख डा भट्टले जानकारी दिनुभयो । “किसानले बिमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पुर्याएर रकम भुक्तानी गरिदिन्छौँ ।”

कार्यक्रम शुरु भएलगत्तै १२ जना कृषकहरुले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उहाँले जानकारी दिनुभयो । त्यसबापत किसानलाई रु एक लाख ८२ हजार २७९ भुक्तानी भइसकेको छ । अहिलेसम्म गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका किसानले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उहाँको भनाइ छ । 

अहिलेसम्म निःशुल्क बीमा गर्नेहरुमा कुखुरापालक किसान बढी रहेको प्रमुख डा भट्टले बताउनुभयो । निःशुल्क पशुपन्छी बीमा कार्यक्रमका लागि प्रदेश सरकारबाट रु ४२ लाख बजेट प्राप्त भएको उहाँले जानकारी दिनुभयो । “अहिलेसम्म कति जना किसानका पशुपन्छी निःशुल्क बीमा गरिदिने भन्ने छैन”, प्रमुख डा भट्टले भन्नुभयो । उहाँले अहिलेसम्ममा किसानले करिब रु आठ लाखबराबरको निशुल्क बीमा गराइसकेको जानकारी दिनुभयो । गोरखामा पोटेन्सियल जनरल इन्स्युरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनीले पशुपन्छीको बीमा गराउँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी