2026-06-19 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैङ्कहरुले ल्याए नयाँ ब्याज दर, कुनको कति ?

पुस १, काठमाडौँ | चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् ।

गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।

एभरेस्ट बैङ्कले साधारण बचतमा २ देखि ४ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले २८ प्रकारका साधारण बचत योजना ल्याएको छ । त्यस्तै मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ५.५ प्रतिशत तोकेको छ । त्यस्तै छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत र एक वर्षदेखि १० वर्षे अवधिका लागि ७ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैङ्कले सार्वजनिक गरेका तीनदेखि १० वर्षसम्मका कर्जा योजनाका लागि १०.३२ प्रतिशतदेखि १३.५७ प्रतिसम्मसम्मको ब्याज दर तोकेको छ । ती कर्जामा बेस रेट प्लस दुईदेखि बेस रेट प्लस ५ प्रतिशतसम्म पर्नेछ ।

नेपाल एसबीआई बैङ्कले अमेरिकी डलरसहित २७ प्रकारका बचत योजनामा १ देखि ३ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६.५ प्रतिशत र संस्थागत र विदेशी नियोगतर्फको ४ देखि ६ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । लगानीतर्फ बैङ्कले १२.५ प्रतिशतदेखि १४.५ प्रतिशतसम्मको ब्याज तय गरेको छ ।

एनआईसी एसियाले साधारण बचतमा १.५ प्रतिशत र मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याज दर तोकेको छ । यसअघि ंबैङ्कले मुद्दतिमा ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । नबिल बैङ्कले पनि विभिन्न अवधिको मुद्दती निक्षेपमा ४ देखि ८.१० प्रतिशतसम्म ब्याज दर तोकेको छ । बैङ्कले विभिन्न कर्जामा लिने ब्याज दर भने १०.३७ देखि ११.३७ प्रतिशतसम्मको तोकेको छ ।

१७ प्रकारका बचत योजना ल्याएको सनराइज बैङ्कले साधारण बचतमा २ देखि ३.५ प्रतिशसम्मको ब्याज दर तोकेको छ । विदेशी मुद्रा बचतमा पनि २ प्रतिशत ब्याज दर तय गरेको छ । बैङ्कले मुद्दतीमा भने ७ देखि ९.१० प्रतिशतसम्मको ब्याज दर सार्वजनिक गरेको छ । विभिन्न शीर्षकको कर्जामा १० देखि १३.५ प्रतिशतसम्मको ब्याज दर बैङ्कले तोकेको छ ।

माछापुछ्रे बैङ्कले साधारण बचतमा २.५ देखि ४.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ७.२५ देखि ८.५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले कर्जाको ब्याज दर भने सार्वजनिक गरेको छैन । मेगा बैङ्कले साधारणतर्फ २.५ देखि ४.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीतर्फ ६.५ देखि ७.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।

विकास बैङ्कको पनि तोकियो

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले पनि नयाँ ब्याज दर तोकेको छ । विभिन्न २१ प्रकारका बचत योजना ल्याएको बैङ्कले ४ देखि ५.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले मुद्दती निक्षेपमा भने ७ देखि ९.७५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । लामो अवधिको व्यक्तिगत निक्षेपमा भने १३ देखि १४.५ प्रतिशतसम्मको ब्याज दर घोषणा गरेको छ । कर्जामा पनि बैङ्कले ४ देखि ५.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।

महालक्ष्मी विकास बैङ्कले साधारण बचतमा ४ प्रतिशतसम्मको ब्याज दर कायम हुने जनाएको छ । मुद्दती निक्षेपमा भने समयावधि अनुसार ६.५ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म रहेको जनाएको छ । यसअघि बैङ्कले मुद्दतीमा ९ प्रतिशतसम्म दिँदै आएको थियो । बैङ्कले विभिन्न कर्जामा घर तथा गाडी कर्जामा भने १०.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छ ।

ज्योति विकास बैङ्कले साधारण बचतमा ४ देखि ५.५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ६.५ देखि ८.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । कर्जातर्फ भने बैङ्कले ११ देखि १३ प्रतिशतसम्मको कर्जा योजना सार्वजनिक गरेको छ । बैङ्कहरूसँगै विभिन्न सहकारी तथा फाइनान्स संस्थाले पनि नयाँ ब्याज दर तय गरेका छन् । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ