2026-06-19 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा जोरबिजोर प्रणाली अन्त्य

पुस ३, काठमाडौँ । काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । जिल्ला सुरक्षा समिति, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएको हो । 

विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग, कलकारखानाबाट जोर बिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो आएको र सार्वजनिक सवारी कम हुँदा यात्रुको चाप बढ्न गई भीडभाड हुँदा झन जोखिम बढेकाले यात्रुको सुविधालाई मध्यनजर गरी उक्त निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसको भीडभाड कम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार काठमाडौँ उपत्यकामा गत असोज १ गतेदेखि जारी गरिएको निशेधाज्ञाबमोजिम उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो ।

सङ्क्रमण समयावधिभर यातायात सञ्चालन निर्देशिका २०७७ पालनामा भने कडाई गरिने भएको छ । मापदण्ड पालना नगरी सवारीसाधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रजिअ पराजुलीले बताउनुभयो ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले भौतिक दूरी कायम गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क लगाएर हिँडडुल गर्न, राम्ररी साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणमा अनुरोध समेत गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ