७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको हरित पहल कति सफल होला ?

४ पुष २०७७, शनिबार ०८:४१

सोमनाथ लामिछाने । पुस ४,काठमाडौं । जलवायु परिवर्तनको मुद्दा लामो समयदेखि घनीभूत चर्चाको विषय बनिरहेको छ । खासगरी औद्योगिक शक्ति सम्पन्न मुलुकहरु जलवायु केन्द्रित विकासका पक्षमा उभिन थालेका छन् । यदि यो विषयलाई समयमै सम्बोधन गर्न सकिएन भने यसको असर र प्रभावबाट विश्वको अस्तित्वमाथि नै संकट उत्पन्न हुने आंकलन बैज्ञानिक समुदायले लगातार उठाएपछि विश्व समुदायबीच यो विषय छलफलको एजेन्डा बनेको हो । उत्तरी र दक्षिणी ध्रुवका विशाल हिमखण्डहरु पग्लन थालेको, समुद्र सतह माथि उठ्दै गएको, असामान्य मौसमी उतारचढाब देखिएको, तापमानमा लगातार वृद्धि हुँदै गएको, ओजोन सतहमा क्षयीकरण भएको, अनपेक्षित आगलागी, डढेलो जस्ता घटनाक्रमले विश्व समुदायलाई चिन्तित बनाइरहेकै छ । 

यी घटनाको प्रमुख कारक औद्योगिक प्रदूषणलाई मान्न सकिन्छ । ठूला उद्योग व्यवसाय र जैविक इन्धनबाट चल्ने सवारी संख्याको चाप बढी भएका मुलुकहरु मुख्य प्रदूषक हुन् । साना, कमजोर र अविकसित राष्ट्रबाट उत्सर्जन हुने प्रदूषणको मात्रा स्वाभाविक रुपमा कम हुन्छ । अहिले विश्वको सबैभन्दा बढी ऊर्जा खपत गर्ने मुलुकहरुमा औंलामा गन्न सकिने विकसित २० औद्योगित राष्ट्र नै हुन्। 

जलवायु परिवर्तनको यस पेचिलो मुद्दाका प्रमुख राष्ट्रहरुमा संयुक्तराज्य अमेरिका, चीन, भारत, जापान तथा युरोपेली मुलुकहरु नै हुन् । अझ चीन र अमेरिकाबीचको बहुआयामिक सम्बन्धले वातावरणका क्षेत्रमा असर पारिरहेको हुन्छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले चीनका सन्दर्भमा कस्तो नीति अबलम्बन गर्नुहुन्छ भन्ने दृष्टिबाट पनि जलवायु परिवर्तनको विषयमा भन्न सकिने छ । हुनतः जो बाइडेनले चुनाव अघि र चुनाव पछि पनि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसक्नु भएको छ । तर अमेरिकाभित्रै रिपब्लीकन पार्टीले बाइडेनको प्रस्तावलाई कति सकारात्मक रुपमा लिनेछन् भन्ने कुराले पनि महत्व राख्नेछ । विशाल औद्योगिक संरचना भएको चीनले यसअघि नै पेरिस सम्झौतालाई स्वीकार गर्ने बताइसकेको छ । विश्वका दुई ठूला कार्बन उत्सर्जक राष्ट्रहरु चीन र अमेरिकाले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न सहकार्य नगरे त्यसले दुष्परिमाण मात्र सिर्जना गर्नेछ । 

अर्कोतिर चीन–अमेरिकाको भूराजनीतिक प्रतिस्पर्धा जारी रहे त्यसले जलवायु परिवर्तनका साझा चासोका मुद्दालाई ओझेलमा पार्न सक्ने क्लेयरमेन्ट क्याक्किना कलेज अमेरिकाका प्रोफेसर मिन्छिन पेई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “विश्वकै सर्वाधिक बढी कार्बनडाइअक्साइड उत्सर्जक राष्ट्र हुनुबाहेक चीन विश्वमै सबैभन्दा बढी कोइला खपत गर्ने राष्ट्र पनि हो । चीनले हाल विश्वमा प्रयोग भइरहेको कोइलामध्ये झण्डै ५२ प्रतिशत हिस्सा ओगटेको छ । चीनको मध्यम वर्ग अहिले कोइलाको साटो हरित र स्वच्छ ऊर्जाको माग गर्न थालेका छन् । चीनमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ ।”

चीनले जलवायु परिवर्तनको मुद्दालाई ध्यान दिएर नयाँ रणनीतिहरु पनि अघि सारेको देखिन्छ । हालै संयुक्त राष्ट्रसंघको अगुवाईमा भएको जलवायु आकाँक्षा शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जनमा कमी ल्याउने र सन् २०६० अगाबै कार्बन तटस्थ राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले सन् २०३० भित्रै जलवायु लक्ष्य पूरा गर्ने महत्वाकाँक्षी योजना अगाडि सार्नु भएको थियो । यसमा कार्बनडाइअक्साइड उत्सर्जनलाई प्रति इकाई कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को ६५ प्रतिशतले कमी ल्याउने, प्राथमिक ऊर्जा उपभोगमा नवीकरणीय ऊर्जा एक चौचाई बनाउने तथा वायु र सौर्य ऊर्जा क्षमताको कूल क्षमता १ अर्ब २० करोड किलोवाट (सन् २०१९ मा कूल जडित क्षमताको तीन गुणा) बनाउने उल्लेख छ । यसले चीनको अन्तर्राष्ट्रिय छवि राम्रो बनाउनेछ भने अमेरिकामाथि यसले दबाब सिर्जना गर्नेछ । 

चीनले दोस्रो रणनीति त अझै सार्वजनिक गरेकै छैन । चीनले सहयोगात्मक, विवादरहीत अन्तर्राष्ट्रिय संवाद र कर कटौतीको प्रस्ताव राख्न सक्नेछ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ सौर्य प्यानलमाथि लगाएको ३० प्रतिशत कर र स्वच्छ–प्रविधि हस्तान्तरणमाथि अमेरिकाले लगाएको प्रतिबन्धको विषय चीनका लागि टाउको दुखाई हुँदैछ । यी यथार्थपरक आग्रहका अलाबा चीनको वर्तमान नेतृत्वले मानव अधिकारको विषय उठाएर चीन विरुद्ध पश्चिमा मुलुकको आवाजलाई मत्थर बनाउने प्रयास जारी राख्नेछ । 

चीनको यस दुई नीतिले बाइडेनमाथि दबाब सिर्जना गर्नेछ । तर बाइडेनमाथि रिपब्लीकन पार्टीले सिर्जना गर्ने दबाब झेल्न सक्नु भएन भने कर कटौती वा प्रविधि हस्तान्तरण जस्ता विषयमा सामान्य प्रगति पनि नहुन सक्ने खतरा छ । यसको साटो बाइडेनमाथि चिनियाँ मानव अधिकार र भूराजनीतिक विषय नै प्रमुख रुपमा देखा पर्नेछ । यस्तो परिस्थितिमा अमेरिका नै दोषी देखिनेछ, र विश्व समुदायमा अमेरिकाले आफ्नो छवि धुमिल्याउने र चीनको स्थिति अझ सुदृढ हुनेछ । तर यी दुबै अवस्थामा जलवायुको परिदृश्य भने यथार्थमै अनर्थकारी हुनेछ । प्रोफेसर मिन्छिन पेई भन्नुहुन्छ, “बाइडेन प्रशासनले यो वस्तुतथ्यलाई समयमै मनन् गरेर अघि बढ्नुको विकल्प छैन, र सकेसम्म हरसम्भव प्रयास गर्नु नै बुद्धिमानी हुनेछ ।”

हालैमात्र, युरोपेली युनियनले सन् २०३० भित्र हरितगृह ग्यास उत्सर्जनलाई ५५ प्रतिशतले कटौती गर्ने ऐतिहासिक निर्णय गरेको छ भने जापानले पनि त्यस्तै नीति सार्वजनिक गर्न लागेको छ । धेरै देशले हरित ऊर्जामा जोड दिइरहे पनि यस ऊर्जाको उत्पादन र प्रयोगलाई जनस्तरमा ल्याउन धेरै काम गर्नुपर्ने चुनौती छ । खासगरी औद्योगिक र प्रविधि सम्पन्न मुलुकहरुले यी ऊर्जाको प्रयोगलाई बढावा दिन विशेष रुपमा ध्यान दिनु उपयुक्त हुनेछ । सन् २०१५ डिसेम्बर १२ मा पेरिसमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताले पूर्व औद्योगिक समयकै आधारमा  विश्व तापमानमा २ डिग्री सेल्सियसले कमी ल्याउने उल्लेख छ । कानुनी रुपमै बाध्यकारी मानिएको यस सम्झौतामा १९६ राष्ट्रले हस्ताक्षर गरेका थिए । (अन्तर्राष्ट्रिय समाचारमा आधारित) रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार