2026-06-19 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

पुस ६, ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो । 

पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा रु तीन लाख आठ हजार ५०० राजस्व जम्मा भएको हो । उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन् । बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् । अघिल्लो आवमा रु छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ । 

यस्तै पछिल्लो छ महिनाको अवधिमा सात वटा दुर्घटना भएका छन् । ट्र्याक्टर तीन, जीप तीन र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई पुरुषको ज्यान गएको सात जना घाइते भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ